गाउँको विकासले दङ्ग छन् पश्चिम दाङका जनता
पश्चिम दाङलाई जिल्लाको विकट क्षेत्रका रूपमा लिइन्छ । त्यसलाई दाङको ‘कर्णाली’ भनेर चिनाइन्छ । विकासको दृष्टिकोणले पछि परेको त्यो ठाउँमा अहिले भने धमाधम विकास निर्माणको काम भइरहेको छ ।
राप्तीसोनारीले सार्वजनिक गर्यो ‘लिजा’
बाँकेको राप्तीसोनारी गाउँपालिकाले स्थानीय संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) सार्वजनिक गरेको छ । राप्तीसोनारी लिजा सार्वजनिक गर्ने बाँकेकै पहिलो पालिका बनेको छ ।
बाँके बैजनाथ महोत्सव हुँदै
बाँकेको बैजनाथमा महोत्सव हुने भएको छ । ‘कृषि, पर्यटन, उद्योग र उत्पादन संस्कृतिको पहिचान, विकास र समृद्धि बैजनाथको अभियान’ भन्ने मूल नाराका साथ ‘प्रथम बैजनाथ तथा छैटौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवम् पर्यटन महोत्सव–२०८०’ को तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।
स्थानीय प्रशासनकै अघिल्तिर तुरियामा तस्करी
सुनवल नगरपालिकास्थित तुरियाखोलाबाट ढुङ्गा, गिट्टी, बालुवा चोरी तस्करी भइरहेको छ । चुरे क्षेत्रको तुरियाखोला तिरमा पर्ने सुनवलको बेलारी, सोमैटोला, चारघरेलगायतका ठाउँबाट बिहान तीन बजेदेखि राति ११ बजेसम्म तस्करी हुने गरेको छ ।
सुन चाल्ने सोनाहाकै मुस्किल छ दैनिक गुजारा
बर्दियाका सोनाहा जाति पुर्खौंदेखि कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा बालुवा चालेर सुन खोज्दै आएका छन् । तथापि उनीहरू नै बिहान बेलुकाको छाक टार्न समस्यामा छन् । नेपालभर करिब दुई ह
पशु बाँझोपन निदान गर्न चेकजाँच
पशु बाँझोपनको समस्या समाधान गर्न कपिलवस्तुका पशु प्राविधिकले गोठमा पुगेर उपचार सुरु गरेका छन् ।
धूमधामका साथ मनाइयो माघी
बाँकेका हरेक थारु बस्तीमा धूमधामका साथ माघी मनाइएको छ । गरिब, मध्यम, धनी जस्तोसुकै वर्ग भए पनि तराईका थारुहरू माघी पर्वलाई भव्य रूपमा मनाउँछन् ।
महिलालाई नौमती बाजा हस्तान्तरण
जनजातिमध्ये मगर समुदाय बाहुल्यता रहेको यहाँ सांस्कृतिक विविधतामा एकता कायम राख्नका लागि नौमती बाजा हस्तान्तरण गरिएको हो ।
लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनीमा १५ लाखको कारोबार
लुम्बिनी प्रदेशका महिला उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको बजारीकरणका लागि नेपालगन्जमा सञ्चालन गरिएको लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनीमा १५ लाख रुपियाँको कारोबार भएको छ ।
सञ्चारकर्मी ठाकुरसिंह थारुकाे पार्टी महासचिव यात्रा....
ठाकुरसिंह थारु अहिले ४९ वर्ष पुग्नुभयो । साबिकको मैना पोखर गाविस वडा नं. ३, बढैया (हाल बढैया ताल गाउँपालिका वडा नं. ५ मा वि.सं. २०३१ साल भदौ १४ गते बुवा भिखु थारु र आमा सीता रानी थारुको कोखबाट उहाँको जन्म भएको थियो ।
घुम्ती सडकमा खाल्टैखाल्टा
जिल्लाको मुख्य राजमार्गकै घुम्तीमा ठुला खाडल परेपछि दुर्घटनाको जोखिम बढेको छ । मदन भण्डारी राजमार्गमा पर्ने तम्घास–सिमलटारी सडकको तम्घास–छल्दीपनाह खण्डका अधिकांश घुम्तीमा खाडल परेपछि गु
किसानले पाएनन् दुध विक्रीको डेढ करोड बढी भुक्तानी
पाल्पाका किसानले छ महिनादेखि दुधको भुक्तानी पाउन सकेका छैनन् । दुध तथा दुग्धजन्य पदार्थको खपत नहुँदा जिल्लाका पाँच सय बढी किसानले भुक्तानी पाउन नसकेका हुन् ।
‘सामुदायिक क्याम्पस प्रदेश सरकारको जिम्मामा हुनु पर्छ’
लुम्बिनी प्रदेशको श्रीङ्श्वर बहुमुखी क्याम्पस गुल्मीमा अहिले जम्मा २५० जना मात्रै विद्यार्थी अध्ययनरत छन् । उक्त क्याम्पसमा प्रध्यापनरत प्रध्यापक नौ जना छन् । यस्तै दाङको सिद्ध पृथ्वी क्याम्पस श्रीगाउँमा ६३ जना मात्रै विद्यार्थी छन् । उक्त क्याम्पसमा अध्यापनरत् प्राध्यापकको सङ्ख्या सात जना रहेका छन् । यी दुई वटा कलेज उदाहरण मात्रै हुन् ।
लुम्बिनी प्रादेशिक अस्पतालमा 'फार्मेसी वाटिका'
लुम्बिनी प्रादेशिक अस्पतालमा 'फार्मेसी वाटिका' बन्ने भएको छ । नेपाल फार्मेसी सङ्घ रुपन्देहीले वाटिका बनाउन लागेको हो ।
नेपाल र भारतको सम्बन्ध अतुलनीय छ : मन्त्री आचार्य
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले नेपाल र भारतबिचको सम्बन्ध अतुलनीय रहेको बताउनुभएको छ ।
होमस्टे (घरबास) बनाउदै खजुरा गाउँपालिका
बाँकेको खजुरा गाउँपालिकाले आफ्नै लगानीमा घिया गाउँमा होमस्टे (घरबास) सहित पर्यटकीय स्थल बनाउने भएको छ । गाउँपालिकाको लगानीमा वडा ८ स्थित घिया गाउँको मुक्त कमैया बस्तीमा होमस्टे बनाइने भएको हो ।
थारु समुदायले नयाँ वर्षको रुपमा मनाउँदै माघ
पुसको अन्तिम साताबाट माघको तयारीमा जुटेका थारु समुदाय आज पनि माघकै रमझममा जुटेका छन् ।
ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई निशुल्क लठ्ठी सहयोग
पाल्पाका ज्येष्ठ नागरिक र फरक क्षमता भएकाहरूलाई निशुल्क लठ्ठी प्रदान गरिएको छ ।
वाल्मीकि आश्रम जोड्ने पुल सञ्चालनमा ढिलाइ
प्रसिद्ध धार्मिकस्थल वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुल निर्माण भए पनि अझै सञ्चालनमा आउन सकेको छैन । वाल्मीकि आश्रम भारतीय बाटो हुँदै जानुपर्ने बाध्यता हटाउन नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको थियो ।
रोकिएन सीमापारिबाट हुने तस्करी
सीमापारि भारतबाट हुँदै आएको चोरी तस्करी नियन्त्रण गर्न सम्बद्ध निकाय असफल भएका छन् । सीमाबाट हुने चोरी तस्करी निरन्तर जारी रहेको गुनासो स्थानीयको छ । नाकामा खटिएको सशस्त्र प्रहरीले दैनिकजसो ठुलो परिमाणमा अवैध रूपमा राजस्व छलेर भित्र्याइएका सामान नियन्त्रणमा लिँदै आए पनि चोरी तस्करी भने रोकिएको छैन ।
२० हजार बढी सवारी साधन कारबाहीमा
कपिलवस्तुमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ट्राफिक नियमको उल्लङ्घन गर्ने २० हजार ८९९ सवारी साधनलाई कारबाही गरिएको छ ।
सरकार असफल भइसक्यो : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सरकार असफल भइसकेकाले नेपाली जनताले असक्षम घोषणा गर्न मात्र बाँकी रहेको बताउनु भएको छ ।
ज्येष्ठ नागरिकलाई खिचडी र न्यानो कपडा
बाँकेको नेपालगन्जमा रहेका आश्रमका ज्येष्ठ नागरिक तथा बालबालिकालाई माघी (माघे संक्रान्ति) को अवसरमा खिचडी खुवाइनुका साथै न्यानो कपडा वितरण गरिएको छ ।
पार्टी पुनः निर्माणको काममा अघि बढेको छ : अध्यक्ष प्रचण्ड
प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी पुनः निर्माणको काममा अघि बढेको बताउनुभएको छ ।