उद्यमसँग जोडिँदै कैदीबन्दी
गुल्मी कारागारमा रहेका कैदीबन्दीको सिपलाई प्रयोग गरी उद्यमसँग जोड्न थालिएको छ । यस कारागारमा रहेका कैदीबन्दी तथा थुनुवासँग भएको सिपलाई प्रयोग गरी उनीहरूलाई उद्यमसँग जोड्न थालिएको हो ।
भारतीय पर्यटकका लागि रकमको सीमा बढाउन माग
लुम्बिनी प्रदेशका पर्यटन व्यवसायीले भारतीय पर्यटक आउँदा साथमा ल्याउने रकमको दायरा बढाउन माग गरेका छन् । सरकारी नियम अनुसार एक जना भारतीय पर्यटकले २५ हजार भारतीय रुपियाँ (भारु) मात्र ल्याउन पाउँछन् । जसले गर्दा भारतीय पर्यटकले चाहेर पनि यहाँ धेरै रकम खर्च गर्न पाइरहेका छैनन् ।
सीमावर्ती क्षेत्रमा समस्यै समस्या
बाँके जिल्ला नरैनापुर गाउँपालिका निवासी दुर्गाप्रसाद पाण्डेयको खेतीयोग्य जग्गा नेपाल–भारतको सीमावर्ती क्षेत्रमा बनेको लक्ष्मणपुर बाँधका कारण राप्ती नदीमा परिणत भयो । उहाँको हातमा लालपुर्जा छ, मालपोत कर पनि तिर्नुहुन्छ तर जग्गामा नदी बग्छ । बाँधका कारण लामो समयदेखि डुबानको समस्या भोग्दै आउनुभएका पाण्डेयले बाँके जिल्लाका नरैनापुर, राप्तीसोनारी र डुडुवा गाउँपालिकाका धेरैको समस्या आफूको जस्तै रहेको बताउनुभयो ।
नेपालगन्जका ईर् रिक्सा चालकद्वारा प्रदर्शन
नेपालगन्ज उपमहानगरपालिकाले इलेक्ट्रिक रिक्सामाथि डोजर चलाएर नष्ट गरेको विषयलाई लिएर इलेक्ट्रिक रिक्सा चालक र व्यवसायीहरुले प्रदर्शन गरेका छन् ।
कोहलपुर हात्ती पाइले रोगको उच्च जोखिममा
बाँकेको कोहलपुर नगरपालिका हात्तीपाइले रोगको उच्च जोखिममा रहेको पाइएको छ। यसअघि सिकलसेल रोगको जोखिममा रहेको पाइएको सो नगरपालिका भित्र धेरै जनामा हात्ती पाइले रोगका जीवाणु भेटिएपछि हात्तीपाइले रोगको उच्च जोखिममा रहेको पाइएको हो।
उद्यमसँग जोडिँदै कैदीबन्दी
गुल्मी कारागारमा रहेका कैदीबन्दीको सीपलाई प्रयोग गरी उद्यमसँग जोड्न थालिएको छ । यस कारागारमा रहेका कैदीबन्दी तथा थुनुवाहरूसँग भएको सीपलाई प्रयोग गरी उनीहरूलाई उद्यमसँग जोड्न थालिएको हो ।
पानी परीक्षण प्रयोगशाला स्थापना
स्थानीयलाई घर-घरमा शुद्ध पानी पुर्याउन पानी परीक्षण प्रयोगशालाको व्यवस्था गरिएको छ । पाल्पाको बगनासकाली गाउँपालिकाभित्र सफा, स्वच्छ खानेपानी उपभोग गर्न पानीका मूल, स्थानीयले प्रयोग गर्दै आइरहेका मुहानको पानी परीक्षण गरिने भएको छ ।
अवैध इलेक्ट्रिक रिक्सा नष्ट
कागजपत्र नभएका इलेक्ट्रिक रिक्सालाई नेपालगन्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिएर नष्ट गर्न शुरु गरेको छ । केही समय अघिबाट इलेक्ट्रिक रिक्सा व्यवस्थापन अभियान चलाएको उपमहानगरले कागजपत्र नभएका ईरिक्सालाई अवैध बताउँदै डोजर चलाएर नष्ट गर्न शुरु गरेको हो ।
तराईमा माघीको रौनक सुरु
रुपन्देहीको थारु गाउँमा माघीको रौनक सुरु भएको छ । थारु समुदायको महत्त्वपूर्ण पर्व माघीको अवसरमा जिल्लाका विभिन्न स्थानमा माघी महोत्सव तथा मेला आयोजना गर्ने तयारी भएको छ ।
विपद् व्यवस्थापन सामग्री हस्तान्तरण
विभिन्न प्रकारका विपद्को समयमा अतिआवश्यक मानिने २५ प्रकारका विभिन्न सामग्रीहरू नेपालगन्ज उपमहानगरपालिकाले वडा प्रहरी कार्यालय नेपालगन्जलाई हस्तान्तरण गरेको छ ।
प्रदेश योजनाको काम अन्तिम चरणमा
बाँकेको खजुरा गाउँपालिका-३ डी गाउँस्थित आदर्श माध्यमिक विद्यालयको दुई कोठे भवन तथा पर्खाल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
सीमानाका सौन्दर्यीकरण अभियान
नेपालगन्जस्थित नेपाल–भारत सीमा जमुनाहा नाकास्थित नेपाल–भारत प्रवेशद्वारको सौन्दर्यीकरणसहित सीमानाका सौन्दर्यीकरण अभियानको शुभारम्भ गरिएको छ । सशस्त्र प्रहरी बल नेपालले सिमा
माग गरेको एक दशकपछि पुल
पक्की पुलको माग गरेको एक दशकपछि पुल निर्माणको काम सुरु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका–१, कचल र वडा नं. २ दोभान जोड्ने कुर्मान खोलामा स्थानीय बासिन्दाले पुल बनाउन माग
ग्रामीण भेगका सामुदायिक विद्यालय प्रविधिमैत्री
संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालय कमजोर छन् भन्ने आम नागरिकको बुझाइ छ । आफ्ना सन्तानलाई गुणस्तरीय शिक्षा दिन संस्थागत विद्यालयमा नै पढाउनुपर्छ भन्ने धारणा यतिबेला सामुदायिक विद्यालयले मेटाइदिएको छ ।
ज्येष्ठ नागरिकलाई सम्मान
गुल्मीको मदाने गाउँपालिका वडा नम्बर-१ अग्लुङ्गले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। यस वडाभित्र रहनुभएका ८४ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप तातो कपडा वितरण गरिएको हो।
रोल्पाका ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा
जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ । कार्यालयले ८० वर्ष माथिका ज्येष्ठ नागरिक र अपाङ्गता-असक्त (क र ख वर्गका) नागरिकसँग स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको छ ।
मुस्लिम इत्तेहाद सङ्गठन बाँकेको अध्यक्षमा बेहना
नेपाल मुस्लिम इत्तेहाद सङ्गठन बाँकेको ५औँ जिल्ला अधिवेशनबाट मोहम्मद शफिक बेहनाको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरिएको छ।
गुल्मीमा ३० वर्षीय युवा मृत फेला
गुल्मीमा ३० वर्षीय युवा मृत अवस्थामा फेला परेका छन् । चनद्रकोट गाउँपालिका–१ का ३० वर्षीय प्रकाश खत्री मङ्गलबार मृत अवस्थामा फेला परेको गुल्मी जिल्लाका प्रहरी उपरीक्षक नविनकिशोर प्रधानले जानकारी दिनुभयो ।
कर्णालीमा मोटरबोट
राजापुर नगरपालिकाले कर्णाली नदीमा मोटरबोट सञ्चालनमा ल्याएको छ ।
संस्कृति संरक्षणतर्फ नयाँ पुस्ता आकर्षित
पछिल्लो समय थारु जातिको कला र संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ । जिल्लामा हुने विभिन्न सांस्कृतिक कार्यक्रमसँगै मेला, महोत्सवहमा थारु जातिको मौलिक संस्कृतिको रुपमा रहेका नृत्यतर्फ नयाँ पुस्ताको अग्रसरता बढ्दै गएको हो ।
२१ मिटर सडक क्षेत्रफलका संरचना हटाउन १५ दिने म्याद
नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्जको गणेशमान चोकदेखि कारकाँदो चोकसम्म २१ मिटर क्षेत्रफल सडक खाली गर्न सर्वसाधारणलाई १५ दिनको म्याद दिएको छ ।
छ सय २३ ई–रिक्सालाई कारबाही
ई–रिक्सा व्यवस्थापनमा कडाइ गरिरहेको नेपालगन्ज उप–महानगरपालिकाले नियमविपरीत चलेका ३२ ई–रिक्सालाई नियन्त्रणमा लिएको छ ।
पुरातात्त्विक सम्पदा मासिने खतरा
कपिलवस्तु नगरपालिकाले पुरातात्त्विक स्थलमा छाडा चौपाया व्यवस्थापन गर्दा पुरातात्त्विक महत्त्वका सम्पदा मासिने खतरा उत्पन्न भएको छ । नगरपालिकाले दोहोनीकोटमा एक महिनादेखि छाडा चौपाया व्यवस्थापन गर्दै आएको छ । राजा शुद्धोधनको राजप्रासाद तथा भगवान् गौतम बुद्धको क्रीडास्थल तिलौराकोटसँग सम्बन्धित भएको उक्त क्षेत्रमा करिब दुई हजार गाई गोरु राखिएको छ ।
गाउँमै बाली उपचार शिविर
कृषि ज्ञान केन्द्र कपिलवस्तुको आयोजनामा कपिलवस्त–९, केवलपुरमा एकदिने बाली उपचार शिविर सम्पन्न भएको छ । किसानले लगाएका विभिन्न किसिमका तरकारी बाली फल झर्ने, बोटका मुन्टा सुक्नेलगायतका समस्याले हैरान भएका बेला गाउँमै कृषि प्राविधिक पुगेपछि यहाँका किसानलाई राहत भएको हो ।