लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको तयारी पूरा
महिला उद्यमीहरूलाई प्रोत्साहन गर्न हरेक वर्ष नेपालगन्जमा हुने गरेको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको तयारी पूरा भएको छ । आयोजक महिला उद्यमी सङ्घ नेपाल बाँकेले मंगलबार पत्रकार सम्मेलन गर्दै आठौँ लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको तयारी पूरा भएको जानकारी गराएको हो ।
सोनाहा जातिको पुर्ख्यौली पेसा सङ्कटमा
बर्दियास्थित कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा सुन चालेर र माछा मारेर जीविका चलाउँदै आएका सोनाहा जातिको पुर्ख्यौली पेसा सङ्कटमा छ ।
किसानले गरे मकै र धानको बीउको मूल्य निर्धारण
गुल्मीमा मकै र धानको बीउको मूल्य निर्धारण गरिएको छ । जिल्ला खाद्यान्नबाली बीउ उत्पादक सञ्जालको आज सदरमुकाम तम्घासमा बसेको बैठकले चालु आर्थिक वर्षका लागि खरिद र बिक्री बीउको मूल्य निर्धारण गरेको हो ।
बुटवलमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला हुने
बुटवलमा फागुनको दोस्रो साता राष्ट्रिय प्राङ्गारिक कृषि मेला हुने भएको छ । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजनामा फागुनको १० देखि १४ गतेसम्म बुटवल मण्डपमा १२औँ संस्करणको ‘राष्ट्रिय प्राङ्गारिक कृषि मेला २०८० हुन लागेको हो ।
पेसा परिवर्तन गर्न बाध्य बाँकेका खुना जाति
बाँकेको राप्तिसोनारी-१ बैरियाका खुना जातिका व्यक्ति गत वर्षदेखि नदीमा गोही छाडेदेखि माछा मार्न जान डराउँछन् । हिजोआज नदीमा गोही देखिन थालेपछि उहाँहरूको नदीमा माछा मार्न जानेक्रम घटेको छ ।
लुम्बिनीमा एमालेबाट केसी र घर्तीको उम्मेदवारी
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा नेकपा (एमाले) बाट तुलसा केसी र झेविन्द्रबहादुर घर्ती क्षेत्रीले उम्मेदवारी दर्ता गराउनुभएको ।
जनमतबाट बालगोबिन्द चौधरीको उम्मेदवारी दर्ता
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनमत पार्टीका बालगोबिन्द चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
गोरखापत्रकर्मी खान र शर्मा अन्तर्राष्ट्रिय शान्ति पुरस्कारबाट सम्मानित
गोरखापत्र दैनिकका नेपालगन्ज समाचारदाता सिराज खान र बाँके समाचारदाता गोविन्द शर्मा लगायत बाँकेका चार जना पत्रकारलाई भारतको बिहार राज्यको वैशालीमा अन्तर्राष्ट्रिय शान्ति पुरस्कारबाट सम्मान गरिएको छ ।
रानीबासमा प्रहरी चौकी स्थापना
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको वडा नम्बर–४, रानीबासमा प्रहरी चौकी स्थापना भएको छ । यहाँ रहेको बलेचौर प्राथमिक विद्यालय भवनमा प्रहरी चौकी रुरु स्थापना भएको हो ।
तथ्य र प्रमाणबाटै उजुरीको टुङ्गो लगाइन्छ: प्रमुख आयुक्त राई
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले आयोगमा परेका उजुरीहरूको टुङ्गो तथ्य र प्रमाणकै आधारमा लगाउने बताउनुभयो । कुनै दबाब र प्रभाव विना आयोगले यथार्थ आधारहरू पुष्टि गरेर उजुरीलाई तथ्य र प्रमाणका आधारमा छानबिन गरी टुङ्गो लगाउने बताउनुभयो ।
मकै र धानको बीउको मूल्य निर्धारण
गुल्मीमा मकै र धानको बीउको मूल्य निर्धारण गरिएको छ । कृषि ज्ञान केन्द्र गुल्मीको समन्वयमा जिल्लास्तर खाद्यान्न बाली बीउ उत्पादक कृषक सञ्जालको बैठकबाट मूल्य निर्धारण गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।
रुकुम पूर्वमा महको उत्पादन दोब्बरले बढ्यो
रुकुम पूर्वमा यस वर्ष महको उत्पादन दोब्बरले वृद्धि भएको छ । गत वर्ष विभिन्न कारणले मह उत्पादन घटेको थियो । जिल्लाको सिस्ने गाउँपालिकाको वडा नम्बर २ र ३ मा मौरीपालन हुँदै आएको छ ।
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक बढाउन 'रोड म्याप' तयार
बाघ संरक्षणका लागि स्थापना गरिएको देशकै कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जले स्वदेशी तथा विदेशी पर्यटक बढाउने ‘रोड म्याप’ तयार पारेर अघि बढाएको छ ।
बुटवलमा सार्वजनिक क्षेत्रका घर-टहरा हटाउने अभियान सुरु
बुटवल उपमहानगरपालिकाले बुटवलका विभिन्न स्थानका सार्वजनिक स्थलमा निर्माण भएका घरटहरा हटाउने अभियान सुरु गरेको छ ।
गुल्मीका ११ पालिकामा आफ्नै पाठ्यक्रम
गुल्मीका ११ वटा स्थानीय तहले आफ्नै पाठ्यक्रम निर्माण गरेका छन् । नेपालको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले व्यवस्था गरेअनुसार ११ वटा तहले स्थानीय पाठ्यक्रम निर्माण गरेका हुन् ।
ज्येष्ठ नागरिक तथा बालबालिकालाई आगो ताप्ने व्यवस्था
जिल्ला प्रशासन कार्यालयले विपन्न, ज्येष्ठ नागरिक र बालबालिकालाई आगो ताप्ने व्यवस्था मिलाएको छ। शीतलहरको असर क्रमशः बढ्दै गएर उच्च ठन्डी जोखिम देखिन थालेपछि जिल्ला प्रशासन कार्यालयले आगो ताप्ने व्यवस्था मिलाएको हो ।
दलित आन्दोलनलाई एकीकृत गर्न सहकारी
दलितभित्रको एकता जुटाउन सहकारीको स्थापना गरिएको भन्दै सामाजिक तथा आर्थिक रुपमा पछाडी पारिएको दलित समुदायलाई सङ्गठित गर्ने उद्देश्य रहेको उहाँले बताउनुभयो ।
कालीगण्डकी कोरिडोरको निर्माणमा ढिलाइ
कालीगण्डकी कोरिडोरको निर्माण कार्यमा ढिलाइ भएको छ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर गुल्मी खण्डको हर्मिचौर बलेवा सडक खण्डमा ४५ किलोमिटर सडक निर्माण कार्य सुस्त गतिमा भएको हो ।
राजमार्ग छेउका होटेल, रेस्टुरेन्टले अझै अस्वस्थकर खाना खुवाउँदै
राजमार्ग छेउका होटेल, रेस्टुरेन्टले अझै अस्वस्थकर खाना खुवाउँदै आएको पाइएको छ । यी होटेल तथा रेष्टुरेन्टहरुले उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने गरेको पाइएपछि प्रशासनले नियमित जस्तै अनुगमन गर्न सुरु गरेपछि केही सुधार आएको पाइएको छ ।
नमुना सडक सात वर्षसम्म बनेन
नमुना भनिएको रुपन्देहीको बेलबास–बेथरी सडक निर्माणको काम सुरु भएको सात वर्ष भइसक्दा पनि सडकले पूर्णता पाउन सकेको छैन । बुटवल उपमहानगरपालिकाको बेलबासदेखि मायादेवी गाउँपालिकाको बेथरीसम्म २२ किलोमिटर लम्बाइको सडक अलपत्र छ । २०७३ सालमा एक अर्ब ६७ करोड रुपियाँको लागतमा निर्माण थालिएको सडकलाई तीन खण्डमा विभाजन गरेर काम सुरु गरिएको थियो । बेलबासबाट यही बाटो हुँदै लुम्बिनी पुग्न सकिन्छ ।
‘समन्वय नहुँदा काम गर्न समस्या’
रुपन्देहीका पालिका प्रमुख तथा उपप्रमुखले पालिकाबिच समन्वय हुन नसकेको गुनासो गरेका छन् । रुपन्देहीका पालिकाको ११ औँ घुम्ती बैठकका अवसरमा कञ्चन गाउँपालिकामा आयोजित बैठकमै पालिकाका प्रमुख तथा उपप्रमुखले घुम्ती बैठकमा सहमति गर्ने तर त्यसलाई कार्यान्वयन गर्ने सवालमा पन्छिने प्रवृत्ति बढेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । रुपन्देहीका १६ वटा पालिकाको घुम्ती बैठक हरेक महिना बस्ने गर्छ । घुम्ती बैठकमा विकास निर्माणलगायत काम गर्दा आइपर्ने समस्या र विभिन्न गतिविधिका विषयमा छलफल गर्ने गरिएको छ ।
निशुल्क स्तन क्यान्सर परीक्षण
गुल्मीको तम्घासमा सञ्चालन भएको निःशुल्क स्तन क्यान्सर परीक्षण तथा स्वास्थ्य सचेतना शिविरबाट २५१ जनाले सेवा लिनुभएको छ । डिल्ली माया मेमोरियल ब्रेस्ट क्यान्सर फाउन्डेसन काठमाण्डौको विशेषज्ञ सहयोगमा रोटरी क्लब अफ रेसुङ्गा गुल्मीद्वारा आयोजित शिविरमा महिला र पुरुषहरुले ब्रेस्ट क्यान्सरको परीक्षण गराउनुभयो ।
नीति फेरेर मात्र देशमा परिवर्तन हुन्छ : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले असल नीतिबाट मात्र देशमा परिवर्तन हुने बताउनुभएको छ ।
शैक्षिक सहयोगले बाँकेका १६९ बालबालिकाको पढाइ निरन्तर
कतार च्यारिटी नेपालको शैक्षिक सहयोगका कारण बाँकेका १६९ जना अनाथ बालबालिकाको पढाइले निरन्तरता पाएको छ ।