‘हाम्रो चन्द्रकोट’ पुस्तक विमोचन
गुल्मीको चन्द्रकोट गाउँपालिकाले ‘हाम्रो चन्द्रकोट’ नामक पुस्तक विमोचन गरेको छ । गाउँपालिकाद्वारा आयोजित एक औपचारिक कार्यक्रमबिच जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्री, गाउँपालिका अध्यक्ष युवराज खत्री, उपाध्यक्ष विष्णुप्रसाद भण्डारीलगायतले सो पाठ्यपुस्तक विमोचन गर्नुभएको हो ।
लाखौँ खर्चेर बनाइएको पार्क प्रयोगविहीन
गुल्मीमा ६० लाखको लगानीमा निर्माण भएको थ्रिडी पार्क प्रयोगविहीन बनेको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति गुल्मीको अगाडि रहेको पार्क प्रयोगविहीन बनेको हो ।
कृषकका लागि गाउँमै बाली उपचार शिविर
जिल्लाको कपिलवस्तु नगरपालिकाको वडा नंं ९ केबलपुरमा एक दिने बाली उपचार शिविर सम्पन्न भएको छ । किसानले लगाएको विभिन्न किसिमका तरकारी बाली फलफूलको फल झर्ने, बोटका मुन्टा सुक्ने लगायतको समस्याले हैरान भएका बेला गाउँमै कृषि प्राविधिक पुगेपछि यहाँका किसानलाई राहत भएको हो ।
सहकारीको लगानी कृषि पर्यटनमा केन्द्रित गर्न सुझाव
लुम्बिनी प्रदेशका सांसद खेम सारुले मुलुकको अर्थतन्त्रलाई पुनर्निर्माण गरी त्यसलाई सन्तुलित बनाउने भूमिका सहकारीले पनि गर्न सक्ने हुनाले कृषि पर्यटनमा लगानी बुझाउन सुझाव दिनुभएको छ ।
रामग्राम स्तूपलाई पण्डितपुरसँग जोड्न सडक स्तरोन्नति गरिँदै
पश्चिम नवलपरासीमा रहेको पर्यटकीय स्थल रामग्राम स्तूपलाई पण्डितपुरसँग जोड्ने उद्देश्यले सडक विस्तारको काम सुरु भएको छ । पर्यटकीय मार्गका रुपमा विकास गर्ने गरी पश्चिम नवलपरासीको सदरमुकाम परासीबाट उत्तर घिनाहा जोड्ने दुई लेनको सडक स्तरोन्नति सुरु भएको हो ।
कर्मचारी अभावमा भूमि आयोगको काम प्रभावित
कर्मचारी अभावमा जिल्लास्थित भूमि आयोगको काम सुस्त बनेको छ । आयोगका लागि आवश्यक कर्मचारी नहुँदा भूमिहीन सुकुम्बासीको समस्या समाधानमा अवरोध सिर्जना भएको आयोगका पदाधिकारीहरूले गुनासो गरेका छन् ।
जलआश्रित पन्छीको गणना सुरु
सिमसार क्षेत्र तथा तालतलैयामा आश्रित स्थानीय र आगन्तुक चराहरुको गणना सुरु गरिएको छ । नेपालमा विभिन्न स्थानमा रहेका ती चराको अवस्था पत्ता लगाउने, गणना गर्ने काम शनिबारबाट सञ्चालनमा आएको छ ।
सहकारीको बचत दुरुपयोग गर्ने कानुनको कठघरामा आउँछन् : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले सहकारीको बचत दुरुपयोग गर्ने कानुनको कठघरामा आउने बताउनुभएको छ । शुक्रबार अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था को रजत महोत्सवमा बोल्दै मन्त्री डा. महतले भन्नुभयो, ‘बचतकर्ताको विश्वास दुरुपयोग गर्नेहरू एकक्षणका लागि कानुनको दायराबाट भाग्ला, तर सधैँ भाग्न सक्दैन ।
बचतकर्तामाथि घात गर्ने कानुनको दायरामा आउने छन् : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाश शरण महतले सहकारीबाट बचतकर्ताको रकम हिनामिना गर्ने कानुनको दायरामा आउने बताउनुभएको छ।
बाँकेका दुई पालिका सिकलसेल रोगको उच्च जोखिममा
बाँके जिल्लाका थारु समुदायको बाहुल्यता भएका दुई वटा पालिका सिकलसेल रोगको उच्च जोखिममा रहेको पाइएको छ ।
जितगढी किल्ला स्वाभिमान र पहिचानको स्थल : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले जितगढी ऐतिहासिक स्वाभिमान र पहिचानको महत्त्वपूर्ण स्थल रहेको बताउनुभएको छ । उहाँले किल्लाको संरक्षण तथा पर्यटन प्रवर्धनका लागि बुटवल उपमहानगरले योजना बनाएको भन्दै प्रशंसा गर्नुभयो ।
हात्तीपाइले रोग निवारणका लागि सर्भे
हात्तीपाइले रोग निवारणका लागि बाँकेमा इपिडिमियोलोजिकल मोनिटरिङ सर्भे सुरु गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र र स्वास्थ्य कार्यालय बाँकेको संयुक्त आयोजनामा बाँकेमा कोहलपुर नगरपालिकाबाट सर्भेको काम सुरु भएको राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकलपर्सन दुर्गा गौतमले जानकारी दिनुभयो ।
मन्त्रीद्वारा नेपालगन्ज नाका र भन्सार अनुगमन
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले नेपालगन्ज जमुनाहा नाका र भन्सार कार्यालयको अनुगमन गर्नुभएको छ ।
कपिलवस्तुका वनमा बाघ रहेको औपचारिक पुष्टि
कपिलवस्तुमा बाघ भएको औपचारिक पुष्टि भएको छ । बाघ र अन्य स्तनधारी वन्यजन्तुको अवस्था थाहा पाउन राखिएको क्यामरा ट्यापिङ प्रविधिबाट बाघको तस्बिर खिचिएको छ ।
दुर्घटना बढेपछि ‘टाइम कार्ड’ लागु
केही दिनअघि तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सख्त घाइते भएका पश्चिम दाङका एक किशोरको उपचारको क्रममा ज्यान गयो । उनको ज्यान जानुका कारण तीव्र गति भएको पुष्टि प्रहरीले ग¥यो । गत सोमबार विद्यालयबाट घर फर्कंदै गरेका आठ वर्षीय बालक सागर चौधरीलाई यात्रुवाहक बसले तुलसीपुर उपमहानगरपालिका–१८, दुधरासमा ठक्कर दिँदा घटनास्थलमै मृत्यु भयो ।
बर्सिन घाँसखेतीले किसानलाई सहज
घोराही उपमहानगरपालिका-६ का किसान भीमबहादुर डाँगीले दुई दुहुँना भैँसी, दुई पाडापाडी र छ बाख्रा पाल्नुभएको छ । उहाँले घर नजिकैको एक बिघा खेतमा बर्सिन घाँसखेती गर्नुभएको छ । उहाँलाई भैँसी र बाख्रा पाल्न सजिलो भएको छ ।
‘नेपाल धार्मिक सद्भाव र एकतामा लागि विश्वमै उदाहरणीय छ’
मुलुकमा धार्मिक साम्प्रदायिकताविरोधी आवाज उठिरहेको बेला रुपन्देहीबाट धार्मिक सद्भावको सन्देश दिइएको छ।
मापदण्ड विपरीत सञ्चालनमा रहेको पानी उद्योगलाई ५० हजार जरिवाना
नेपालगन्जमा सञ्चालनमा रहेका पानी उद्योगमा अनुगमन गर्दा मापदण्ड विपरीत पाइएपछि कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।
राष्ट्रपतिको उपस्थितिमा जितगढी किल्ला हस्तान्तरण हुँदै
राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार बुटवल आउनुहुने भएको छ । शुक्रबार बुटवलमा हुने जितगढी किल्ला हस्तान्तरण कार्यक्रम र मुक्तिनाथधामको भवन उद्घाटनका लागि राष्ट्रपति पौडेल बुटवल आउन लाग्नुभएको हो ।
विद्यार्थीलाई नमुना युवा संसद्को अभ्यास
सङ्घीय संसद्को झल्को दिनेगरी यहाँको सिद्धबाबा माध्यमिक विद्यालयमा विद्यार्थीलाई नमुना युवा संसद् अभ्यास गराइएको छ । यसरी सङ्घीय संसद्को झल्को दिनेगरी सिद्धबाबा माध्यमिक विद्यालयमा विद्यार्थीलाई नमुना युवा संसद्को अभ्यास गराइएको हो ।
अर्घाखाँची समाज जापानको पाँचौँ अधिवेशन सम्पन्न
अर्घाखाँची समाज जापानको पाँचौँ अधिवेशन टोकियोमा सम्पन्न भएको छ । सम्पन्न कार्यक्रमको उद्घाटन समाजका अध्यक्ष दीपक थापाको अध्यक्षता महासचिव नारायण भुसालले सञ्चालन गर्नुभएको थियो ।
क्यानडा र हङकङ चेम्बरसँग लुम्बिनी चेम्बरको सहकार्य
हङकङस्थित नेपाल हङकङ चेम्बर अफ कमर्स, हिन्दू चेम्बर अफ कमर्स, क्यानडा तथा नेपाल–क्यानडा चेम्बर अफ कमर्सका बीच साझेदारी गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको चेम्बर लुम्बिनीका अध्यक्ष टङ्कप्रसाद पोेखरेलले जानकारी दिनुभयो ।
घोषणामै सीमित ‘ढाका राजधानी’
तानसेनलाई ढाका कपडाको राजधानी घोषणा गरिएको दुई वर्षमा पनि उत्पादनलाई प्रोत्साहन गर्ने खालका केही कार्यव्रmम ल्याइएको छैन । २०७८ साल चैत १२ गते तानसेनलाई ढाकाको राजधानी घोषणा गरिएको थियो । ढाकाको राजधानी घोषणा गरेपछि ढाकाका कपडा उत्पादनमा वृद्धि हुने र ढाकाका कपडाको उपयोगबारे नीति बन्ने अपेक्षा व्यवसायीको थियो । ढाकालाई ब्रान्डिङ गर्न ‘राजधानी’ घोषणा गरिए पनि स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारबाट कुनै सहयोग नपाएको उद्योगीले बताएका छन् । तानसेनस्थित पौड्याल ढाका उद्योगका सञ्चालक मनोज पौडेलका अनुसार सो घोषणापछि ढाका कपडा व्यवसायीले प्रशिक्षण, प्राविधिक सहयोग, तालिम केन्द्रको व्यवस्थालगायत सहयोगको अपेक्षा गरिएको थियो ।
कैदीबन्दीलाई मनोसामाजिक परामर्श
जिल्ला कारागार बाँकेमा रहेका कैदी बन्दीहरूको मनोबल उच्च राख्न उत्प्रेरणा तथा मनोसामाजिक परामर्श दिइएको छ ।