• १३ साउन २०८१, आइतबार

कृषकका लागि गाउँमै बाली उपचार शिविर

blog

शिविरमा सहभागि कृषहरु । तस्विरः नारद कोहार

नारद कोहार
तौलिहवा, पुस २१ गते ।
 जिल्लाको कपिलवस्तु नगरपालिकाको वडा नंं ९ केबलपुरमा एक दिने बाली उपचार शिविर सम्पन्न भएको छ । किसानले लगाएको विभिन्न किसिमका तरकारी बाली फलफूलको फल झर्ने, बोटका मुन्टा सुक्ने लगायतको समस्याले हैरान भएका बेला गाउँमै कृषि प्राविधिक पुगेपछि यहाँका किसानलाई राहत भएको हो । उक्त शिविर कृषि ज्ञान केन्द्र कपिलवस्तुको आयोजनामा भएको हो ।

शिविरमा कृषि ज्ञान केन्द्र कपिलवस्तुका बाली संरक्षण अधिकृत सत्यराम हरिजनले बालीमा लाग्ने रोग, समाधानको उपाय, विषादी प्रयोग गर्ने तरिका र त्यसबाट हुने फाइदा बेफाइदा लगायत कृषिसँग सम्बन्धित विविध जानकारीहरू कृषकहरूलाई जानकारी गराइएको बताउनुभयो । पछिल्लो समय बालीमा लाग्ने रोगको सङ्क्रमणबाट बचाउनका लागि प्रयोग गरिने विषादीको दुरुपयोग भएको र यसलाई न्यूनीकरण गर्नु पर्ने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख शहसराम चौधरीका अनुसार कृषिलाई आधुनिकीकरण, व्यावसायिकीकरण गर्न शिविरले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा जैविक, घरेलु र रासायनिक विषादी समेत वितरण गरिएको थियो । शिविरबाट साठी बढी कृषकहरू लभांवित भएका छन् ।