• १३ साउन २०८१, आइतबार

पशु बाँझोपन निदान गर्न चेकजाँच

blog

शिवराज नगरपालिकामा पशु बाँझोपनको उपचार गर्दै प्राविधिक टोली । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, माघ ३ गते । पशु बाँझोपनको समस्या समाधान गर्न कपिलवस्तुका पशु प्राविधिकले गोठमा पुगेर उपचार सुरु गरेका छन् । 

बुद्धभूमि र शिवराज नगरपालिकाका गाई भैँसीमा बाँझोपनको समस्या देखिएपछि प्राविधिक टोली ल्याइ उपचार गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलवस्तुले दुई पालिकाका पशु फर्ममा पुगेर चेकजाँच र औषधी उपचारको अभियान सुरु गरेको पशु सेवा विज्ञ केन्द्र कपिलवस्तुका प्रमुख डा. प्रवेज आलमले बताउनुभयो ।

पशु प्रजनन विज्ञ डा. लक्ष्मण घिमिरेको नेतृत्व रहेको टोलीले गाई भैँसीमा बाँझोपनको समस्या देखिएका कारण अध्ययन गरी उपचारका थप विधि पत्ता लगाउने जनाएको छ । यहाँका पशुमा पोषक तत्त्वको अभाव, आहारामा समस्या, भिटामिनको अपुग तथा जुका र अन्य परिजिवीका कारण बाँझोपन देखिएको डा. घिमिरेले बताउनुभयो । 

समस्या देखिएका सबै पशु चौपायाको चेकजाँच भएको शिवराज नगरपालिका पशु विकास शाखा प्रमुख धनिश्वर खनालले बताउनुभयो । गोठमा पुगेर निःशुल्क चेकजाँच र औषधी उपचार पाउँदा कृषक हर्षित भएका छन् । ती पशुहरूको पालिकाले एक वर्षसम्म निगरानी गर्ने पालिकाले जनाएको छ ।