• १६ भदौ २०८१, आइतबार

सिसी क्यामेराबाट वडाकाे निगरानी

blog

जडान गरिएका सिसी क्यामेराबाट देखिएका दृष्य । तस्बिर : मिनराज खड्का (सन्तोष)

गजेन्द्र गुरुङ

खजुरा, माघ ५ गते । बाँकेको ग्रामीण क्षेत्रमा पर्ने राप्तीसोनारी गाउँपालिकाको ४ नम्बर वडास्थित बैजापुर गाउँमा सिसी क्यामेरा जडान गरी सुरक्षा निगरानी गर्न सुरु गरिएको छ । राप्तीसोनारी गाउँपालिका ४ कार्यालयले दुई लाख रुपियाँ लगानीमा सिसी क्यामेराबाट सुरक्षा निगरानी गर्न सुरु गरेको वडाअध्यक्ष मीनराज खड्का (सन्तोष)ले जानकारी दिनुभयो । 

वडा नं. ४ को बैजापुर चोक, चोकबाट दक्षिणतर्फ नरैनापुर गाउँपालिका जाने बाटो, उत्तरतर्फ ३ नम्बर वडा कार्यालय जाने बाटो, पश्चिमतर्फ ५ नम्बर वडा कार्यालय जाने बाटो र वडा कार्यालयको बाहिरी फेरामा सिसी क्यामेरा जडान गरी सुरक्षा निगरानी सुरु गरिएको वडाध्यक्ष खड्काले बताउनुभयो ।

उक्त सडकमा हुने सवारी दुर्घटना न्यूनीकरण तथा नियन्त्रण गर्न, चोरी तस्करी रोक्न, अपराधिक गतिविधिलाई नियन्त्रण गरी वडाभित्र शान्ति सुरक्षा कायम गर्न सिसी क्यामेराबाट सहयोग पुग्ने उद्देश्यले क्यामेराबाट सुरक्षा निगरानी सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

जडान गरिएका क्यामेरा उच्च प्रविधियुक्त रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार वडा कार्यालयले तत्कालका लागि अहिले पाँच वटा क्यामेरा जडान गरेको छ । वडाध्यक्ष खड्काले भित्री तथा बाहिरी क्षेत्रका क्यामेरालाई वडा कार्यालयले र बाहिरी क्षेत्रका क्यामेरालाई इलाका प्रहरी कार्यालय धामपुर बैजापुरले निगरानी गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।