‘नेपाल श्रीलङ्का जस्तो आर्थिक सङ्कटतर्फ गएको छैन’
नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले नेपाल श्रीलङ्काको जस्तो आर्थिक सङ्कटतर्फ नगएको बताउनुभएको छ।
प्रधानमन्त्री देउवासँग अध्यक्ष दाहालसहित चितवनको टोलीद्वारा भेटवार्ता
प्रधानमन्त्री शेरबहादुर देउवासँग चितवन क्षेत्र नं. ३ का सांसदसमेत रहनुभएका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोलीले काठमाडौंमा भेटवार्ता गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : केन्द्रीय सदस्यले धारणा राख्दै
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय, ललितपुरमा जारी छ। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा सुरु भएको हो।
गणपूरक सङ्ख्या नपुगेपछि प्रदेश सभा बैठक स्थगित
गणपूरक सङ्ख्या नपुगेपछि आज मध्याह्न १२ बजे बोलाइएको सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ । ५१ जना प्रदेश सभा सदस्य रहेकोमा जम्मा नौ जना प्रदेश सभा सदस्य मात्रै उपस्थिति भएको थियो ।
संविधान, संसद् र लोकतन्त्र जोगाउन सरकार सफल
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको एक वर्षको अवधिमा जनजीविकाका विविध सवाल र विकास निर्माणका आशातीत सफलतासँगै संविधान, संसद् र लोकतन्त्र जोगाउन मुख्य सफलता हासिल भएको छ ।
एमाले अध्यक्ष ओली र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखबीच भेटवार्ता
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच भेट भएको छ ।
भ्रातृ तथा शुभेच्छुक संस्था थप निर्माण गर्ने प्रस्ताव
सत्तारुढ नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा थप भ्रातृ तथा शुभेच्छुक सङ्गठन निर्माण गर्ने प्रस्ताव गरिएको छ ।
हामी नसुध्रिए नेपालमा श्रीलंकाभन्दा ठूलो संकट आइपर्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले हामी नसुध्रिए नेपालको अवस्था श्रीलंकाभन्दा ठूलो संकटमा फस्नसक्ने बताउनुभएको छ । सोमबार च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित सञ्चार माध्यमका सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो ।
कांग्रेसले ७० प्रतिशत युवालाई टिकट दिनुपर्छ : नेता महर
नेपाली कांग्रेसका नेता नैनसिंह महरले आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले ७० प्रतिशत युवालाई उम्मेदवारका रूपमा अघि सार्न पार्टीका लागि हितकर हुने बताउनु भएको छ ।