चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख काठमाडौंमा
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियानचाओ नेतृत्वको टोली आज (आइतबार) बिहान काठमाडौं आइपुग्नु भएको छ ।
अध्यक्ष नेपालद्वारा इदको शुभकामना
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विभिन्न समुदायका चाडपर्व र धर्म–संस्कृतिले राष्ट्रिय एकतालाई बलियो बनाएको बताउनुभएको छ ।
बूढीगङ्गा मतगणनाः ८ वडाको गणना सम्पन्न, एमालेको अग्रता कायमै
बाजुराको बूढीगङ्गा नगरपालिकाको मतगणना आठ वटा वडाको सम्पन्न भएको छ । वडा नम्बर १,२,३,४,७ ८,९ र १० को मतगणना हुँदा प्रमुख र उपप्रमुखमा एमालेको अग्रता रहेको छ ।
पहिचान झल्कने गरी प्रदेशको नामाकरण गर्न माग
काठमाडौं, असार २५ गते। स्थानीय पहिचानका आधारमा प्रदेश नम्बर १ को नामाकारण गर्नुपर्नेमा सरोकार भएका सङ्घसंस्थाले आग्रह गरेका छन्। प्रदेश नम्बर १ को प्रदेशसभाले यसै अधिवेशनबाट प्रदेशको नामाकरण गर्ने तयारी गरेको सन्दर्भमा सरोकारवालाले त्यस्तो आग्रह गरेका हुन्।नाकारणका लागि घनिभूत छलफलमा रहेका राजनीतिक दलले पहिचानका विषयमा कुनै चासो नराखेको र सुन्नै नचाहेको उनीहरूको भनाइ छ। विशेषगरी नेपाली कांग्रेस र नेकपा (एमाले) कोशी, सगरमाथालगायत नामाकरण गर्नुपर्ने पक्षमा देखिएका छन् भने नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र लिम्बूवान पक्षधर पार्टीहरू भने पहिचानकै आधारमा हुनुपर्ने तर्क गरिरहेका छन्।लिम्बूवान किराँत संयुक्त सङ्घर्ष समितिका तर्फबाट आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सरोकारवाला सबै पक्षले पहिचानलाई ख्याल गरेर प्रदेशको नामाकारण गर्नुपर्नेमा जोड दिएका हुन्। एमालेसम्बद्ध लोकतान्त्रिक लिम्बू सङ्घका अध्यक्ष त्रिवेणी चोङवाङले प्रदेश नम्बर १ को नाम पहिचानमा आधारित हुनुपर्ने बताउनुभयो।नेपाली कांग्रेसका नेता उत्तमसिंह थाङदेनले पनि सो कुराको समर्थन गर्नुभयो। उहाँले पहिचानको पक्षमा स्पष्ट भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै त्यसमा अहसमति राख्नुपर्ने कुनै कारण नभएको बताउनुभयो।लिम्बूवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले प्रदेशको नामाकरण गणितीय हिसाबले राख्न नहुने बताउनुभयो। नेकपा (माओवादी केन्द्र) सम्बद्ध लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मुक्सामहाङ मेन्याङबोले प्रदेश नं १ को नामाकरण निकै जटिल रहेको बताउनुभयो। प्रदेससभाको गणितले सहजै नामाकरण गर्न सकिने भए पनि समग्र लिम्बूवान किराँतवासीको भावनालाई कुल्चेर अगाडि बढ्न सहज नभएको उहाँको भनाइ छ।किराँत याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले प्रदेश नम्बर १ को नाम लिम्बूवान किराँत नै हुनुपर्ने मत राख्नुभयो। नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष गेल्जे लामा शेर्पाले पहिचानको आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने धारणा राख्नुभयो।
राष्ट्रपतिद्वारा आबेको हत्याप्रति खेद प्रकट
राष्ट्रपति विद्यादेवी भण्डारीले जापानका पूर्वप्रधानमन्त्रीको हत्या भएकामा खेद प्रकट गर्नुभएको छ।
दूरदृष्टि राखेर अगाडि बढे अर्थतन्त्र सबल हुन्छ : सञ्चारमन्त्री कार्की
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्र संकटमा फसेको श्रीलंकाको बाटोतर्फ गइरहेको छ भन्ने भनाइमा कुनै सत्यता नरहेको बताउनुभएको छ।
मङ्सिरभित्र सङ्घ र प्रदेशको निर्वाचन हुन्छ : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी मङ्सिर महिनाभित्रै प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुने बताउनुभएको छ ।
माओवादी स्थायी कमिटी बैठक : अन्तर्घातको छानबिन गर्न तीन सदस्यीय समिति गठन
नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।
प्रदेश एकको नाम टुङ्गो लगाउन कसरत
प्रदेश नंं १ को नामकरणका बारेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक सम्पन्न भएको छ ।