• १२ असोज २०८१, शनिबार

बूढीगङ्गा मतगणनाः ८ वडाको गणना सम्पन्न, एमालेको अग्रता कायमै

blog

बाजुरा, असार २६ गते । बाजुराको बूढीगङ्गा नगरपालिकाको मतगणना आठ वटा वडाको सम्पन्न भएको छ । वडा नम्बर १,२,३,४,७ ८,९ र १० को मतगणना हुँदा प्रमुख र उपप्रमुखमा एमालेको अग्रता रहेको छ । 

पछिल्लो मतपरिणाम अनुसार प्रमुखमा ७८० मतको अन्तर रहेको छ ।  प्रमुखमा नेकपा (एमाले)का रामबहादुर बानियाँको तीन हजार ८८१ र नेपाली कांग्रेसका रङ्गबहादुर खातीको तीन हजार १०१ मत छ । 

त्यसैगरी उपप्रमुखमा पनि नेकपा (एमाले)की माया कुँवरको ३ हजार ७५३ र  कांग्रेसकी  रीता शाहीको तीन हजार १५३ मत रहेको छ । बूढीगङ्गाको १, २, ३, ४, ७, ८, ९ र १० नं वडाको मत गणना सम्पन्न हुँदा पाँच वडाको अध्यक्ष पदमा एमाले विजयी भएको छ । भने तीन वडामा नेपाली काँगे्रस विजयी भएको छ ।

वडा नं  १ रणबहादुर थापा  वडा नं १० मा दलबहादुर साउँद वडा नं २ मा पदम भण्डारी वडा नं ३ खडक अधिकारी वडा नं ९ को मीनबहादुर सिह एमालेबाट विजयी भएका छन् । वडा नं ४ मा नेपाली काँग्रेसका मीन शाह वडा नं ७ मा भुवनसिंह केसी वडा ८ मा नेपाली काँग्रेसका रमेश रावल वडा अध्यक्षमा विजयी भएका छन् । 

अहिले सम्म सात हजार ४१७  मत गणना भएको निर्वाचन अधिकृत लक्ष्मण कठायतले बताउनुभयो ।




Author

शेरबहादुर सार्की