कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै : निर्वाचन केन्द्रित छलफल हुने
सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।
कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा स्थानीय निर्वाचनको समीक्षा हुने
सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सोमबार दिउँसो १ बजे बस्दैछ ।
नागरिकता विधेयकबारे गृहमन्त्री खाणद्वारा माओवादी अध्यक्ष दाहालसँग छलफल
नेपाल सरकारले संघीय संसद्मा पेस गरेको ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे गृहमन्त्री बालकृष्ण खाणले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्नुभएको छ ।
चुनाव अघि माओवादीसँग एकता हुन्न: नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चुनाव अघि माओवादी लगायत कुनै पनि पार्टीसंग पार्टी एकता नहुने बताउनु भएको छ ।
सङ्घीय संसदमा ६३ विधेयक विचाराधीन, १४ नयाँ दर्ता
सङ्घीय संसद्को चालु अधिवेशनसम्म आम चासोका रुपमा रहेका दुवै सदनमा गरी कूल ६३ विधेयक विचाराधीन अवस्थामा रहेका छन्।
नागरिकता विधेयकबारे गृहमन्त्री खाण र कानुनमन्त्री शर्माद्वारा एमाले नेता नेम्वाङसँग छलफल
काठमाडौं, असार २६ गते। नेपाल सरकारले संघीय संसदमा पेस गरेको ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङसँग कुराकानी गर्नुभएको छ।आइतबार साँझ नेम्वाङ निवास बालुवाटारमा भएको भेटमा सरकारले संसदमा पेस गरेको नागरिकता विधेयकबारे छलफल भएको गृहमन्त्री खाणले जानकारी दिनुभयो। गृहमन्त्री खाणले छलफल सकारात्मक भएको जानकारी दिनुभयो। नेता नेम्वाङले गृहमन्त्री खाण र कानुनमन्त्री शर्माले संसदमा पेस भएको नागरिकता विधेयक पास गर्न सहयोग गर्न आग्रह गरेको जानकारी दिनुभयो। ‘‘‘तपाईहरूले पहिला ल्याएको नागरिकतासम्बन्धी अध्यादेशमा समावेश गरेका विषयवस्तु समावेश गरेर विधेयक संघीय संसदमा पेस गरेका छौँ। पास गर्नलाई छलफल गरौँ, भन्नुभयो,’’ भेटमा भएको कुराकानीबारे नेम्वाङले भन्नुभयो, ‘‘मैले ठीक छ, हाउसमा विधेयक आएपछि छलफल त हुने नै भयो। हामी नागरिकता विधेयकमा सकारात्मक छौ। विधेयकमा के के विषय समेटिएका छन्, त्यो हेर्छौ भनेँ।’’सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गते प्रतिनिधि सभामा दर्ता गरेको थियो। राज्य व्यवस्था समितिले २०७७ असार नौ गते प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस गरेको थियो। सरकारले त्यो प्रतिवेदन असार २४ गते फिर्ता लिएर त्यसै दिन अर्को विधेयक संसद् सचिवालयमा पेस गरेको छ।विधेयेकले अहिले देखिएको नागरिकता समस्यालाई सम्बोधन गर्नेछ। विधेयक पास भएमा नागरिकता नपाएका लाखौँ युवाले नागरिकता पाउनेछन्। ती युवालाई नागरिकता प्रदान गर्न विधेयकले सहयोग पुर्याउने अपेक्षा सरकारको छ। नेपालको संविधान २०७२ ले गैर आवासीय नेपाली नागरिकलाई पनि राजनीतिक र प्रशासनीकबाहेकका सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारको उपभोग गर्न पाउनेगरी नागरिकता प्रदान गर्ने व्यवस्था गरेको छ। यो विधेयकमा सरकारले गैरवाआसीय नेपालीलाई नेपाली नागरिकता दिने भन्ने संवैधानिक प्रावधानलाई सम्बोधन गर्नेछ।
प्रधानमन्त्री देउवासँग चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको शिष्टाचार भेट
प्रधानमन्त्री शेरबहादुर देउवासँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले शिष्टाचार भेट गर्नुभएको छ।
कांग्रेस पदाधिकारी बैठकमा भ्रातृ तथा शुभेच्छुक सङ्गठनको विधानबारे छलफल
काठमाडौं, असार २६ गते। सत्तारुढ दल नेपाली कांग्रेसको आइतबारको पदाधिकारी बैठकमा भ्रातृ एवम् शुभेच्छुक सङ्घ, सङ्गठनको विधानबारे छलफल भएको छ। ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको बैठकमा भ्रातृ एवम् शुभेच्छुक संगठनको विधान केन्द्रीय समितिमा पेश गर्नेगरी टुङ्गो लगाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकमा भ्रातृ, शुभेच्छुक सङ्घ, संस्थाको विधान टुङ्गो लगाइयो, यो केन्द्रीय समितिको बैठकमा पेश हुनेछ।”कांग्रेसको केन्द्रीय समितिको बैठक सोमबार दिउँसो १ बजे बस्दैछ।
स्रष्टाहरूलाई सम्मान गर्नु राष्ट्रिय दायित्व हाे : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न विधाका स्रष्टाहरूलाई सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताउनुभएको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आयोजना गरेको विभिन्न विधाका श्रष्टाहरुलाई पुरस्कार वितरण समारोहमा बोल्दै उहाँले सो धारणा राख्नुभएको हो ।