• ७ असार २०८१, शुक्रबार

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै : निर्वाचन केन्द्रित छलफल हुने

blog

गोरखापत्र अनलाइन
ललितपुर, असार २७ गते ।
सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बस्ने बैठकमा हालै सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा र भ्रातृ संस्थाको तयार भएको विधानलाई पारित गर्ने कार्य सूची रहेको जानकारी मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनुभयो ।

बैठकमा यसबाहेक राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रम, देशको समसामयिक अवस्थाका विषयमा पनि विचार विमर्श हुनेछ ।