• ७ असार २०८१, शुक्रबार

कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा स्थानीय निर्वाचनको समीक्षा हुने

blog

काठमाडौं, असार २७ गते । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सोमबार दिउँसो १ बजे बस्दैछ ।  

ललितपुरको सानेपास्थित बीपी स्मृति भवन केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनको समीक्षा हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

केन्द्रीय कार्य समितिको बैठकमा मूलतः स्थानीय निर्वाचन सम्बन्धमा छलफल हुन्छ । यसबाहेक भ्रातृ तथा शुभेच्छुक सङ्गठनको विधान तय भएको छ, उहाँले भन्नुभयो । बैठकले सो विधान छलफलपछि अनुमोदन गरिने उहाँले बताउनुभयो ।