• १४ असार २०८१, शुक्रबार

हामी नसुध्रिए नेपालमा श्रीलंकाभन्दा ठूलो संकट आइपर्छ : अध्यक्ष ओली

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार २७ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले हामी नसुध्रिए नेपालको अवस्था श्रीलंकाभन्दा ठूलो संकटमा फस्नसक्ने बताउनुभएको छ । सोमबार च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित सञ्चार माध्यमका सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो । 

सरकारले मुलुकलाई श्रीलंकामाजस्तै संकटतर्फ लैजान केन्द्रित भएको आरोप समेत उहाँले लगाउनुभयो । आगामी संघीय संसद र प्रदेश सभाको चुनावमा आफ्नो पार्टीले देशको वास्तविक समस्या र  समाधान हुनेखालको एजेण्डा लिएर जनतामाझ जाने पनि अध्यक्ष ओलीले स्पष्ट पार्नुभयो । देश र जनताप्रति आलोचित वर्तमान सरकारलाई अव जनताले धेरै बोक्न नसक्ने उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले आफ्नो पार्टीले चाहेको भए सत्तारुढ गठबन्धन उहिलेनै टुटिसकेको हुन्थ्यो भन्नुभयो । 

गठबन्धनलाई नक्कली विहेको संज्ञा पनि अध्यक्ष ओलीले दिनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “एमालेकानिम्ति गठबन्धनको हेराफेरि सरकारको हेराफेरि महत्वपूर्ण होइन, देशको सुशासन महत्वपूर्ण हो । लोकतान्त्रिक अभ्यासतर्फ देशलाई फर्काउने कुरा मुख्य हो ।”