• १४ असार २०८१, शुक्रबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : केन्द्रीय सदस्यले धारणा राख्दै

blog

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सभागी कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेता । तस्बिर : केशब गुरुङ

काठमाडौं, असार २८ गते। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय, ललितपुरमा जारी छ। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा सुरु भएको हो।

सोमबारको बैठकमा पार्टीका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन, महामन्त्री गगनकुमार थापाले बैठकको प्रस्ताव र पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचन केन्द्रीय प्रसार–प्रसार समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

बैठकमा मङ्गलबार धारणा राख्ने क्रम जारी छ। यसअघि बैठकमा केन्द्रीय सदस्य डा. शेखर कोइराला, प्रदीप पौडेल, देवेन्द्रराज कँडेल, डा. डिला सङ्ग्रौला, कृष्णकिशोर घिमिरे, नारायणबहादुर कार्की, तारामान गुरुङ, दिनेशकुमार यादव, नैनसिंह महर, गुरु बराल, दिनेश कोइरालाले धारणा राख्नुभएको छ।

त्यसैगरी सोमबारको बैठकमा आमन्त्रित प्रदेश सभापति उद्धव थापा, कृष्णप्रसाद यादव, इन्द्रबहादुर बानियाँ, शुक्रराज शर्मा, अमरसिंह पुन, ललितजङ्ग शाही र वीरबहादुर बलायरले धारणा राख्नुभएको थियो।

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा अहिले केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु भएको हो बैठक मङ्गलबार दिउँसो १ बजेपछि सुरु भएको हो।