पोखराले कोल्टो फेर्ने योजनाका साथ काम गर्छौँ : प्रमुख आचार्य
राजनीतिसँगै व्यावसायिक र सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहनुभएका धनराज आचार्यको काँधमा अब पाँच वर्ष गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखराको नेतृत्व रहनेछ । निर्वाचित भएपछिका उहाँका कार्ययोजनालगायतमा केन्द्रित रहेर राष्ट्रिय समाचार समितिले गरेको कुराकानी....
जहाज दुर्घटनाले मर्माहत बनाएको छ : एमाले
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले तारा एयरको नाइन एन एईटी कलसाइन जहाज दुर्घटनामा परी २२ जनाको दुःखद मृत्युले पार्टी मर्माहत भएको जनाएको छ । पार्टी कार्यालय सचिव डा. भिष्म अधिकारीद्वारा सोमबार जारी विज्ञप्तीमा सो घटना दुःखदायी भएको बताएको हो ।
सत्ता साझेदार पाँचदलीय गठबन्धनको बैठक जारी
सत्ता साझेदार पाँचदलीय गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अपराह्नबाट बैठक सुरु भएको जानकारी राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले दिनुभयो ।
फोहोर व्यवस्थापनका लागि नगरप्रमुखको घरदैलो अभियान
मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख विष्णुकुमार भामले नगरको फोहोर व्यवस्थापनका लागि अभियान सुरु गर्नुभएको छ । नगरप्रमुख भामले घरदैलो अभियान चलाएर जथाभावी फोहोर नफाल्न आग्रह गर्नुभएको हो । उहाँले सरसफाईलाई व्यवस्थापन गर्नका लागि गमगढी बजारको घरदैलोमा पुग्नु भएको हो ।
त्रियुगामा कांग्रेसका बस्नेतको जित निश्चित
त्रियुगा नगरपालिकाको प्रमुखमा कांग्रेसकका उम्मेदवार वसन्त बस्नेतको जित निश्चित भएको छ ।
हराइरहेको विमानको खोज उद्धार जारी छ : मन्त्री आले
काठमाडौं, जेठ १५ गते। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आइतबार बिहानदेखि हराइरहेको तारा एयरको ट्विनअटर विमानको खोज तथा उद्धार कार्य युद्धस्तरमा भइरहेको जानकारी गराउनुभएको छ।राष्ट्रियसभाको आइतबारको बैठकमा सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको रुलिङपछि उहाँले तारा एयरको पोखराबाट जोमसोमका लागि आज बिहान ९ः५५ बजे उडेको ट्विनअटर विमान १०ः११ मिनेटपछि सम्पर्कबाहिर गएको जानकारी गराउनुभयो।यात्रु र चालक दल गरी २२ जना रहेको विमान हराइरहेको सम्भावित क्षेत्रमा खोजबिन कार्यलाई तीव्रता दिए पनि मौसम प्रतिकूलका कारण कठिनाइ देखिएको बताउँदै मन्त्री आलेले उद्धारका लागि पोखरा र जोमसोममा तीन हेलिकोप्टर तयारी अवस्थामा राखिएको बताउनुभयो। अहिले मौसम प्रतिकूल रहेकाले भोलि बिहान ६ बजेअगाडि नै खोज तथा उद्धारका लागि सबै संयन्त्र परिचालन गरिने जानकारी दिनुभयो। नेपाली सेना, नेपाल प्रहरी, हिमालय उद्धार सङ्घका जवानहरु अहिले सम्भावित स्थानमा स्थलमार्गमार्फत खोज तथा उद्धारमा खटिएको पनि मन्त्री आलेले जानकारी गराउनुभयो।
बजेट भाषणको ब्रिफकेस बोकेर अर्थमन्त्री शर्मा संसद् भवनमा
आइतबार दिउँसो ४ बजे आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुतिका लागि अर्थमन्त्री जनार्दन शर्मा संघीय संसद् भवनमा प्रवेश गर्नुभएको छ।
नीति तथा कार्यक्रममा गृहमन्त्री खाणको क्रियाशीलता र प्राथमिकता
गृहमन्त्री बालकृष्ण खाणको पहलमा नेपाल सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले १० जेठमा संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस गरेको नीति तथा कार्यक्रममा विभिन्न दीर्घकालिन योजना समावेश भएका छन् ।
पाँच वर्षको सम्पूर्ण तलब/भत्ता सामाजिक कार्यमा
जिल्लाको बागचौर नगरपालिकाको निवर्तमान नगरप्रमुख लोकमान बुढाथोकीले आफूले सेवा, सुविधा (तलब/भत्ता) बापत प्राप्त हुने सम्पूर्ण रकम व्यक्तिगत रूपमा नलिएर सामाजिक कार्यमा खर्च गर्नुभएको छ ।