राष्ट्रिय सभाको बैठक स्थगित
राष्ट्रिय सभाको बैठक आगामी भदौ ५ गतेसम्मका लागि स्थगित भएको छ । यही साउन ३१ गते बस्ने तय भएको उक्त बैठक विशेष कारणवश स्थगित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभा बैठक भदौ ३ गतेसम्मका लागि स्थगित
प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित भएको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा एमाले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको माग गरेर बैठक अवरोध गरेको हो ।
रास्वपाले संसद् अवरुद्ध भएको दिनको सेवासुविधा नलिने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले संसद् अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने घोषणा गरेका छन् ।
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिकै एमालेका सांसदले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिनुभएको थियो । सांसद साहले होहल्लाको बीचमा पनि सुन तस्करी प्रकरणका विषयमा उच्चस्तरीय छानबिन समिति गठन माग गर्नुभयो ।
राष्ट्रिय सभामा एमालेको अवरोध
प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले राष्ट्रिय सभा बैठक अवरोध गरेको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा एमालेले अवरोध कायम राखेको हो ।
संसद अवरुद्ध हुँदा जनताको आवाज बन्द भयो : सांसद बेल्वासे
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की सांसद गङ्गाकुमारी बेल्वासेले संसद् अवरुद्ध हुँदा जनताको आवाज बन्द भएको बताउनुभएको छ ।
राष्ट्रियसभा बैठक जारी
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । शुक्रबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा जानकारी गर्नुहुने कार्यसूची रहेको छ ।
सत्तापक्ष र प्रमुख प्रतिपक्ष आफ्नै अडानमा : संसद् बैठक प्रभावित
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय किलोभन्दा बढी सुन अवैधरुपमा भित्रिएको घटनामाथि उच्चस्तरीय छानबिन समिति वा नियमित सरकारी निकायबाट छानबिन गर्ने भन्ने सवालमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष आफ्नै अडानमा रहँदा सङ्घीय संसद्को दुवै सदनका बैठक प्रभावित हुँदै आएका छन् ।
सुन प्रकरणमा उच्च तहको संलग्नता छ : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एक क्विन्टल सुन प्रकरणमा उच्च तहको संलग्नता भएको शङ्का रहेको बताउनुभएको छ।
राष्ट्रिय सभा बैठक : ‘संसद्लाई अनिर्णयको बन्दी बनाइनुहुन्न’
अवरुद्ध सदन खुलाउन सत्तारुढ दलका सांसदले अनुरोध गर्दा पनि प्रतिपक्षी दलका सांसदले आफ्ना माग सम्बोधन नभएसम्म सदन खुल्न नसक्ने अडान लिएका छन् ।
प्रतिनिधि सभा बैठक शुक्रबारसम्मका लागि स्थगित
प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले अवरोध गरेको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा पनि सुन तस्करी प्रकरणमा छानबिन समितिको माग गर्दै एमालेले बैठक अवरोध गरेको हो ।
संविधानको सार्थक कार्यान्वयन नेपाली कांग्रेसले मात्रै गर्न सक्छः महामन्त्री थापा
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानको सार्थक कार्यान्वयन आफ्नो पार्टीले मात्रै गर्न सक्ने दाबी गर्नुभएको छ।
सुन तस्करीको अनुसन्धानलाई निष्कर्षमा पुर्याउन सकारात्मक वातावरण बनाऔँ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्याएर दोषीलाई कुनै पनि हालतमा कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदले उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै सरकारले यस घटनाको निष्पक्ष अनुसन्धान गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताउनुभयो।
प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश नगरी बुधबार १ बजेसम्मका लागि स्थगित भएको छ।
छानबिन समिति बनाउने विषयमा भोटिङ गर्न योगेश भट्टराईको प्रस्ताव
नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले सुन तस्करी प्रकरणमा छानबिन समिति बनाउने विषयमा संसदमा भोटिङ गर्न प्रस्ताव राख्नुभएको छ ।
प्रतिनिधि सभा : उच्चस्तरीय छानबिन समिति गठनको माग कायमै
प्रतिनिधि सभाको आजको बैठकमा पनि सुन तस्करीको घटनाबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग दोहोर्याइएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ ।
प्रतिनिधि सभा बैठक भोलिसम्मका लागि स्थगित
प्रतिनिधि सभा बैठक मङ्गलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयले सूचना टाँसेर प्रतिनिधि सभा बैठक साउन २३ गते दिउँसो ३ बजे बस्ने जानकारी दिएको छ ।
संसद् सुचारु गराउने विषयमा शीर्ष नेताको बैठक पुनः सुरु
संसद् बैठक सुचारु गराउने मुख्य एजेण्डासहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक पुनः सुरु भएको छ । सोमबार अपराह्न ४ बजे नयाँ बानेश्वरस्थित सभामुखको कार्यकक्षमा बैठक सुरु भएको हो ।
४ बजेका लागि सर्यो प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठकको समय परिवर्तन भएको छ । सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अपराह्न ४ बजेका लागि सरेको हो ।
आजै पुनः बस्ने गरी सकियो शीर्ष नेताको बैठक
संसद् अवरोध खुलाउन सभामुख देवराज घिमिरेको कार्यकक्षमा बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठक सकिएको छ ।
राष्ट्रिय सभा बैठक स्थगित
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट सुन तस्करी भएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै आज (सोमबार) पनि राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ ।
संसद् अवरोध खुलाउन शीर्ष नेताको बैठक
संसद् अवरोध खुलाउन सभामुख देवराज घिमिरेको कार्यकक्षमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । सभामुख घिमिरेले संसद्को अवरोध हटाउनेबारे छलफल गर्न शीर्ष नेताको बैठक बोलाउनुभएको हो ।
सुन तस्करीबारे प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ संसदमा सुन्नुपर्छ : महामन्त्री शर्मा
नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सुन तस्करी प्रकरणको सम्बन्धमा प्रधानमन्त्री र गृहमन्त्रीले संसद बैठकमा जवाफ दिनुपर्ने बताउनुभएको छ ।