‘नेम्वाङको निधनसँगै संसदीय सूचनाको प्रमुख स्रोत गुमेको छ’
संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको निधनसँगै संसद् र संसदीय मामिलासम्बन्धी विधामा काम गर्ने सञ्चारकर्मीको सूचनाको प्रमुख स्रोत गुमेको छ ।
यो वा त्यो बहानामा संसद् अवरुद्ध गर्ने परम्परा राम्रो होइन : सांसद कुँवर
गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूले संसद्मा निर्वाह गर्नुभएको भूमिका आलोचनामुक्त छैन । संसद् सुरु भएको लामो समयसम्म पनि दुई विधेयकमात्रै पारित भएका छन् ।
राष्ट्रियसभा बैठक स्थगित
भदौ २४ गते बस्ने भनिएको राष्ट्रियसभा बैठक स्थगित भएको छ ।
तत्कालका लागि मुलुकमा वैदेशिक रोजगारको विकल्प छैन : श्रममन्त्री
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा तत्कालका लागि वैदेशिक रोजगारको विकल्प नभएको बताउनुभएको छ ।
अर्थतन्त्रमा सुधार ल्याउन सकारात्मक बहस गर्न आवश्यक : अर्थमन्त्री
अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा सुधार ल्याउनका लागि संसदबाट नै सकारात्मक बहस गर्न आवश्यक रहेको बताउनुभएको छ । बिहीबार बसेको प्रतिनिधिसभामा सांसदहरूसँगको प्रश्नोत्तरको जवाफमा अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्रीको चीन भ्रमणको कार्यसूची सदनलाई जानकारी गराउन माग
प्रतिनिधि सभा बैठकमा नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणको प्राथमिकता र कार्यसूचीबारे सदनलाई जानकारी दिन माग गर्नुभएको छ ।
महेन्द्र यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालको घटनाबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कांग्रेस सहमहामन्त्री एवम् संविधान सभा सदस्य महेन्द्र यादवमाथि भएको साङ्घातिक आक्रमणबारे संसद्लाई जानकारी गराउन सरकारलाई रुलिङ गर्नुभएको छ ।
अराजकतालाई निषेध गर्न सबै दल एकताबद्ध हुनुपर्छ : देवेन्द्र पौडेल
सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) सांसद एवं पूर्व मन्त्री देवेन्द्र पौडेलले मुलुकमा बढ्दो अराजकतालाई निषेध गर्नका लागि सबै राजनीतिक दल एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभएको छ।
प्रतिनिधि सभा बैठक : विश्वविद्यालयमा तालाबन्दी संस्कृति अन्त्य गर्न माग
प्रतिनिधि सभा बैठकमा सांसदहरूले नेपाल संस्कृत विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयका पदाधिकारीका कार्यकक्षमा तालाबन्दीको क्रम जारी रहँदा प्राज्ञिक मर्यादा र स्वायत्ततामा खलल पुगेको टिप्पणी गर्नुभएको छ ।
कांग्रेस सहमहामन्त्रीमाथिको आक्रमण घटनालाई थामथुम पार्ने प्रयास : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको साङ्घातिक आक्रमणको घटनालाई थामथुम पार्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाउनुभएको छ ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
नयाँबानेश्वरस्थित संसद भवनमा सुरु भएको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुने छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शक्तिशाली बनाउनुपर्छ : उपमहासचिव गुरुङ
नेकपा (एमाले) का उपमहासचिव एवम् सांसद पृथ्वीसुब्बा गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अझ शक्तिशाली बनाउन सरकारसँग माग गर्नुभएको छ ।
गिरिबन्धु टी स्टेट प्रकरणबारे सरकारले छानबिन गर्नुपर्छ : सांसद खतिवडा
सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गिरिबन्धु टी स्टेट प्रकरणबारे तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।
संविधान कार्यान्वयन र कानुन निर्माणमा जिम्मेवार बनौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान बमोजिम बन्न बाँकी रहेका कानुनहरूको निर्माण कार्यलाई सरकारले प्राथमिकतासहित अगाडि बढाइरहेको बताउनुभएको छ ।
बन्न बाँकी कानुन तदारुकतासाथ निर्माण गरौँः सांसद आलेमगर
नेकपा(माओवादी केन्द्र)का सांसद सुरेशकुमार आलेमगरले संविधान अनुसार बन्न बाँकी १८१ वटा कानुनहरु तदारुकताका साथ निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ ।
कोरोनाकालका बीमितलाई भुक्तानी दिन रुलिङ होस् : सचेतक बर्तौला
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले कोरोनाकालका बीमितहरुको रकम तत्काल उपलब्ध गराउन सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनुभएको छ ।
वर्षातका कारण जनधन गुमाएकालाई सरकारले राहतको व्यवस्था गर्नुपर्छ : सांसद शर्मा
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवम् सांसद जनार्दन शर्माले रुकुम पश्चिम, जाजरकोट र सल्यानको केही भागमा हावाहुरीसहित ठूलो धनजनको क्षति भएको उल्लेख गर्नुहुँदै तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।
समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
बैठकको आकस्मिक समयमा सांसद जनार्दन शर्माले हावाहुरीले पश्चिम नेपालमा मकैबाली नष्ट भएकाले उचित क्षतिपूर्तिको माग गर्नुभयो ।
प्रतिनिधिसभा बैठक सुरु (प्रत्यक्ष प्रसारण)
प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको बैठकमा प्रतिनिधिसभा सदस्यहरुले धारणा राखिरहनुभएको छ ।
ऊर्जा मन्त्रालय आफ्नो कार्यक्षेत्रभित्र हुनुपर्ने कृषि समितिको माग
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले आफ्नो कार्यक्षेत्रभित्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय रहने व्यवस्थाका लागि सभामुखसँग अनुरोध गर्ने निर्णय गरेको छ।
समितिको कामलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न सभामुखको निर्देशन
सभामुख देवराज घिमिरेले संसदीय समितिहरुका कामलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न सभापतिहरुलाई निर्देशन दिनुभएको छ ।
सभामुख घिमिरे र संसदीय समितिका सभापतिबीच छलफल सुरु
सभामुख देवराज घिमिरे र संसदीय समितिका सभापतिहरुबीच छलफल सुरु भएको छ । बुधबार सिंहदरबारमा सभामुख घिमिरे र नवनिर्वाचित संसदीय समितिका सभापतिहरुसँग छलफल सुरु भएको हो ।
गणपूरक सङ्ख्या नपुगेपछि संसद् बैठक स्थगित
गणपूरक सङ्ख्या नपुगेपछि आजका लागि कार्यसूचीमा राखिएका विषयहरू हटाउँदै सङ्घीय संसद् प्रतिनिधि सभा बैठक सकिएको छ ।
सदनमा प्रधानमन्त्री प्रचण्डको जवाफका १६ सवाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले चालेका सुधारात्मक कदमबाट अर्थतन्त्र बिस्तारै लयमा फर्किन सुरु गरेको बताउनुभएको छ।