जनताको जीवनस्तरमा सुधार ल्याउनै पर्छ : सांसद श्रेष्ठ
प्रतिनिधिसभाका सदस्य भैरवसुन्दर श्रेष्ठलाई मुलुकमा सुशासन कामय, विकास र पूर्वाधारमा ध्यान दिएर जनताको जीवनस्तरमा सुधार गर्न नसकेको महसुस भएको छ । जनता अनेक खालका पीडामा छट्पटाइरहेको अवस्थामा सत्ता सञ्चालन गर्नुपर्नेको ध्यान पीडितको मागतर्फ पुग्न नसकेको उहाँको अनुभव छ ।
संसद्को प्रभावकारिता कर्मचारीको क्षमता र सक्रियतामा निहित : सभामुख
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को प्रभावकारिता धेरै हदसम्म कर्मचारीको क्षमता र सक्रियतामा निहित हुने बताउनुभएको छ ।
संविधान खराब भन्ने नकारात्मक भाष्य निर्माण नगरौँ : सांसद पन्थ
“कुनै विषयमा सरकार कमजोर हुनेबित्तिकै संविधान र व्यवस्था नै ठिक छैन भन्ने प्रवृत्ति देखिएको छ । ‘सडक भत्कियो भने पनि संविधान खराब भन्ने’, देश नै खत्तम छ भन्ने भाष्य निर्माण हुँदैछ, नकारात्मक भाष्य निर्माण गर्न हुँदैन”, राष्ट्रियसभाका युवा सांसद प्रकाश पन्थले रासससँगको संवादमा भन्नुभयो ।
संसदमा कानुन बनाउनेतिर कसैलाई चिन्तै छैन : नेता मिश्र
नेपाली कांग्रेसका नेता एवम् राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले सरकारले आवश्यकताअनुसार बिजनेस दिन नसकेको र संसदमा पनि कानुन बनाउनेतिर कसैलाई चिन्ता नभएका कारण सङ्घीय संसद्ले अपेक्षाअनुसार कानुन बनाउन नसकेको बताउनुभएको छ ।
युवालाई उत्साहित तुल्याउन प्रतिनिधि सभा र राष्ट्रिय सभाबिच मैत्रीपूर्ण फुटसल : सभामुख
संसद् सेवा दिवसको अवसरमा आज मैत्रीपूर्ण फुटसल भएको छ । मङ्गलबार काठमाडौँमा प्रतिनिधि सभा सभामुख र राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा मैत्रीपूर्ण फुटसल भएको हो ।
संसदका महासचिव गौतमद्वारा पदबाट राजीनामा
सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा दिनुभएको छ ।
कानुन निर्माणमै केहीको पहुँच र प्रभाव देखिन्छ : नेता लुवार
ठकुरी समुदायको बाहुल्य रहेको कालीकोटको रास्कोटमा तत्कालीन पञ्चायती व्यवस्थामा निर्वाचित प्रधानपञ्च नरपति लुवार अहिले समाजका विभिन्न क्षेत्रमा ख्यातिप्राप्त प्रबुद्ध समूहको प्रतिनिधित्व रहने राष्ट्रियसभा सदस्य हुनुहुन्छ ।
कानुन निर्माणमा सदन होइन, सरकार असफल : सांसद रायमाझी
राष्ट्रियसभाका सदस्य रमेशजङ्ग रायमाझीले सरकारले संसदीय समितिको निर्णय कार्यान्वयन गर्न अटेर गर्दै आएको गुनासो गर्नुभएको छ ।
संसद्ले संवैधानिक आयोगसँग सहकार्य गर्दै आएको छ: सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले नेपालको संसद्ले मानवअधिकार आयोगसहितका संवैधानिक आयोग तथा जागरुक नागरिक समाजसँग मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा सहकार्य र समन्वय गर्दै आएको बताउनुभएको छ ।
सांसदलाई प्रशिक्षण दिएर संसद्मा पठाउनुपर्छ : पाण्डे
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले सबै राजनीतिक दलले आफ्ना सांसदलाई प्रशिक्षण दिएर संसद्मा पठाउनुपर्ने बताउनुभएको छ ।
समितिले एनसेल शेयर खरिद प्रकरणबारे प्रधानमन्त्रीसँग जानकारी लिने
राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाएर एनसेलको शेयर खरिद बिक्री प्रकरणको सम्बन्धमा जानकारी लिने भएको छ ।
जनताका समस्या र चाहनाको सूची तयार गरौँ : नेत्री गुरुङ
नेकपा (एमाले)की नेत्री दीपा गुरुङ राष्ट्रियसभा सदस्यको जिम्मेवारीमा रहँदा मुुुलुकको राजनीतिक तथा अन्य अवस्थालाई नजिकबाट अवलोकन र मूल्याङ्कन गर्न पाइएको अनुभव सुनाउनुहुन्छ ।
एनसेलको शेयर खरिदबिक्री प्रकरणको अनुसन्धान गर्नैपर्छ : सभामुख
सभामुख देवराज घिमिरेले एनसेलको शेयर खरिदबिक्री प्रकरण रहस्यमय बनेको बताउनुभएको छ ।
कानुन निर्माणमा प्रतिनिधिसभा र राष्ट्रियसभाबीच जिम्मेवारी बाँडफाँट हुनुपर्ने
छ वर्षअघि निकै उत्साहका साथ राष्ट्रियसभा सदस्यको जिम्मेवारी सम्हालिरहँदा सांसद डा. विमला राई पौड्याललाई कानुन निर्माण र जनताका आवाज सम्बोधनमा केही गर्न सकिन्छ भन्ने लागेको थियो ।
कोशी प्रदेश सभा बैठक
कोशी प्रदेश सभाको आज बसेको बैठकमा ‘कोशी प्रदेश राजस्व सङ्कलनसम्बन्धी विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफल समाप्त भएको छ ।
‘आजीवन राजनीति गर्याे, पैसा खर्च गर्नेले निर्वाचन जित्छ, यो अवस्था बदल्नुपर्छ’
सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको कार्यकाल सकेर २० जना सांसद आगामी फागुन २० गतेदेखि बाहिरिँदै हुनुहुन्छ । सभामा रिक्त हुने पदका लागि आगामी माघ ११ गतेका लागि निर्वाचन हुने भएको छ । राष्ट्रियसभालाई प्रबुद्ध व्यक्तिको सभाका रूपमा हेर्ने गरिएको छ ।
संवाद’ कानुन निर्माणमा केन्द्रीकृत मानसिकता नै बाधक छ : नेत्री पोखरेल
राष्ट्रिय सभा सदस्य विना पोखरेल कतिपय राजनीतिक नेतृत्वको केन्द्रीकृत मानसिकताले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनका लागि तत्कालै आवश्यक पर्ने कानुन निर्माणमा अवरोध सिर्जना गरिरहेको तर्क गर्नुहुन्छ ।
नेतृत्वको निष्ठा डगमगाउँदा गलत सन्देश प्रवाह भइरहेको छ : सांसद राई
सांसदसँग रासस संवादमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद राईले छवर्षे अवधिको संसदीय अनुभव सुनाउँदै नेतृत्वमा अठोटको अभावले जनतामा राजनीतिप्रति नै विश्वास गुम्दै गएको टिप्पणी गर्नुभयो ।
संसदमाथि सरकार हाबी भयो : नेता देवकोटा
ष्ट्रिय सभाका सांसद डा. खिमलाल देवकोटाले व्यवस्थापिकामाथि कार्यपालिका हाबी हुँदा सङ्घीय संसद्ले अपेक्षित नतिजा दिन नसकेको धारणा राख्नुभएको छ । राज्यका अङ्गबिचको नियन्त्रण र सन्तुलन गुम्दा सरकार संसद्प्रति जिम्मेवार तथा जबाफदेही हुन नसकेको उहाँको विश्लेषण छ ।
राष्ट्रिय सभा निर्वाचन : दल दर्ता मङ्सिर २४ देखि २९ सम्म
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका सार्वजनिक गरेको छ । आगामी माघ ११ गते हुने निर्वाचनका लागि यही मङ्सिर अन्तिम साता दल दर्ता गर्ने तालिका छ ।
‘राष्ट्रियसभा प्रतिनिधिसभाको छाया होइन’ : महरा
राष्ट्रियसभा सदस्य महेशकुमार महरा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको असली अभ्यास र प्रतिनिधित्व राष्ट्रियसभाले गरिरहेको ठान्नुहुन्छ । अपाङ्गता भएका व्यक्तिको कोटाबाट माथिल्लो सदनमा छ वर्षअघि निर्वाचित उहाँले प्रतिनिधिसभाको छायाका रुपमा नभई अभिभावकको भूमिकामा राष्ट्रियसभा रहेको अनुभव सुनाउनुभयो ।
‘सांसदले योजनाको फाइल बोकेर माग्दै हिँड्ने परिपाटी अन्त्य गर्नुपर्छ’
राष्ट्रियसभाका सांसद दिलकुमारी रावल थापा ‘पार्वती’लाई सांसदले योजनाका फाइल बोकेर मन्त्रालयपिच्छे बजेट माग्न धाउने परिपाटीको अन्त्य गर्नुपर्छ भन्ने लागेको छ
निर्वाचन व्यवस्थापन विधेयक छिटो पारित गर्न माग
निर्वाचन व्यवस्थापन विधेयक २०८० छिटो पारित गर्न सरोकारवाला पक्षले माग गर्नुभएको छ । अवको एक वर्षमा सो विधेयक संसदबाट पारित भइ कानुन नबनेमा आगामी निर्वाचन नयाँ व्यवस्थाअनुसार गर्न सम्भव नहुने उहाँहरुको बुझाइ छ ।
राष्ट्रिय सभा विधानतः : बलियो, व्यवहारमा कमजोर : नेत्री चपाईं
नेपालको संविधानले राष्ट्रियसभालाई स्थायी प्रकृतिको व्यवस्थापकीय अङ्गका रूपमा परिकल्पना गरेको छ । जहाँ अल्पसङ्ख्यक, सीमान्तकृत, लोपोन्मुख समुदायको पनि राष्ट्रको शासन व्यवस्थामा सहभागिता गराई समावेशी र लोकतान्त्रिक शासन व्यवस्थाको अपरिहार्यता स्पष्ट्याइएको छ ।