रायमाझी बिरामी भएको पत्र सङ्घीय संसद् सचिवालयमा
भुटानी शरणार्थी प्रकरणमा मुछिएका प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी सङ्घीय संसद् सचिवालयको सम्पर्कमा आउनुभएको छ।
सङ्कुचनलाई देखाएर बजेट घटाए अर्थतन्त्र थप सङ्कुचनतर्फ धकेलिन्छ : पूर्वअर्थमन्त्री शर्मा
पूर्वअर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको सङ्कुचनलाई देखाएर बजेट घटाए अर्थतन्त्र थप सङ्कुचनतर्फ धकेलिने बताउनुभएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण कुनै भेटघाटले प्रभावित नहोस् : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई कुनैपनि राजनीतिक भेटघाटले प्रभाव पार्नु नहुने बताउनुभएको छ ।
संघ र प्रदेशका मन्त्रालय संख्या घटाऔँ : सांसद गुरुङ
नेकपा (एमाले) का सांसद पृथ्वीसुब्बा गुरुङले सङ्घ र प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउनुपर्ने बताउनुभएको छ ।
नक्कली शरणार्थी प्रकरण : सरकारलाई सभामुखको ध्यानाकर्षण
सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणका सम्बन्धमा संसदमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
नागरिकता विधेयक तत्काल संसदमा पेस गर्न सरकारसँग माग
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद एवम् पूर्वमन्त्री रघुजी पन्तले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले छलफल गरिरहेकोमा असन्तुष्टि व्यक्त गर्नु भएको छ ।
भ्रष्टाचारका कारण नै देशको अर्थतन्त्र अस्तव्यस्त : सांसद विनोद चौधरी
नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको बताउनुभएको छ । बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै सांसद चौधरीले यस्तो बताउनुभएको हो ।
प्रतिनिधि सभाको दोस्रो बैठक (प्रत्यक्ष प्रसारण)
प्रतिनिधि सभाको दोस्रो बैठक सुरु भएको छ । १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधि सभा बैठक बुधबार फेरि सुरु भएको हो ।
प्रतिनिधि सभा बैठकमा राप्रपाको अवरोध
प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अवरोध गरेको छ । बुधबार सकेको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्न नदिइएको भन्दै राप्रपाले संसद बैठक सञ्चालनमा अवरोध गरेको हो ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रशारण)
आर्थिक समस्या समाधान गर्ने गरी बजेट तर्जुमा गर्न सांसदको सुझाव
प्रतिनिधि सभाका सांसदले वर्तमानमा देखिएको आर्थिक समस्या समाधान गर्ने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिनुपर्नेमा जोड दिनुभएको छ।
बजेटमा कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : अध्यक्ष यादव
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी वर्षको बजेटमा सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभएको छ।
विनियोजन विधेयकले अर्थतन्त्रको समस्या समाधान गर्न सक्दैन : सांसद विष्ट
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद एवम् पूर्वमन्त्री गोकर्ण विष्टले सरकारले आगामी आर्थिक वर्षका लागि पेस गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पर्याप्त नभएको टिप्पणी गर्नुभएको छ।
मौद्रिक नीति खुकुलो हुने अर्थमन्त्री महतको अपेक्षा
अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैङ्कले चाँडै मौद्रिक नीति खुकुलो बनाउने अपेक्षा आफूले राखेको बताउनुभएको छ।
भ्रष्टाचारविरुद्ध फाइल मात्रै होइन, ‘फायर’ खोल्नुपर्छ : सांसद शर्मा
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सरकारले भ्रष्टाचारविरुद्ध फाइल मात्रै नभई 'फायर' खोल्नुपर्ने बताउनुभएको छ ।
फजुल खर्च कटौती र अनावश्यक संरचना पुनरवलोकन गर्न सांसदको सुझाव
राष्ट्रिय सभाका सांसदहरूले आगामी बजेटमा फजुल खर्च कटौती र अनावश्यक संरचनाको पुनरावलोकन गर्न सुझाव दिनुभएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणका संलग्न सबैलाई कारबाही गर्न माग
प्रतिनिधि सभाका सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणका संलग्न सबैलाई कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।
कर्मचारीले तीन प्रतिशतसम्म साइनिङ मनी लिन्छन् : सांसद दाहाल
राष्ट्रिय सभा सांसद देवेन्द्र दाहालले भ्रष्टाचार नेता, ठेकेदार र कर्मचारीहरूको मिलेमतोमा हुने गरेको बताउनुभएको छ ।
नेपाललाई अन्तर्राष्ट्रिय खेलको हबको रूपमा विकास गरियोस् : सांसद देवकोटा
राष्ट्रिय सभा सांसद खिमलाल देवकोटाले नेपालको इज्जत र सम्मान बढाउने क्रिकेट खेलाडीहरूलाई सरकारले झारो टार्ने काम नगर्न आग्रह गर्नुभएको छ ।
क्यान्टनमेण्ट काण्डबारे छानबिन गर्न माग
राष्ट्रिय सभा सदस्य दीपा गुरुङले क्यान्टनमेण्ट काण्डबारे छानबिन गर्न माग गर्नुभयो । सदस्य गुरुङले लामो समयबाट भ्रष्टाचारको काण्डैकाण्ड देशमा छाएको उल्लेख गर्नुभयो । उहाँले क्यान्टनमेण्टको काण्डलाई न्यायसङ्गत रूपमा छानबिन गर्न आग्रह गर्नुभयो ।
भुटानी शरणार्थी प्रकरणको सत्यतथ्य सरकारले बाहिर ल्याउनुपर्छ : सांसद देवकोटा
राष्ट्रिय सभाका सांसद अनिता देवकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई जघन्य र मानव तस्करी अपराधका रूपमा गम्भीर ढङ्गले छानबिन गर्नुपर्ने बताउनुभएको छ ।
ढाकाकुमार श्रेष्ठको मुद्दामा कारण देखाऊ र अल्पकालीन अन्तरिम आदेश
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कारबाही गरेको सांसद ढाकाकुमार श्रेष्ठको मुद्दामा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
आ.व. २०८०/८१ मा बजेटको सिलिङ नघटाऔँ : सांसद पौडेल
नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले आगामी आ.व.२०८०/८१ मा बजेटको सिलिङ नघटाउन सरकारलाई आग्रह गर्नुभएको छ ।
प्रतिनिधि सभा बैठक स्थगन
प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ । सभामा अर्थमन्त्री डा. प्रकाशशरण महत नभएको भन्दै प्रतिपक्ष दलका सांसदहरूले विरोध जनाएपछि बैठक १५ मिनेटका लागि स्थगन गरिएको हो ।