तस्करी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सांसदको माग
सांसदहरूले तस्करी, भ्रष्टाचार र अनियमिताबारे प्रभावकारी छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन माग गर्नुभएको छ ।
राष्ट्रिय अभिलेखालयमा आवश्यक जनशक्ति तत्काल व्यवस्था गर्नुपर्छः सांसद शर्मा
राष्ट्रिय सभाका सांसद मायाप्रसाद शर्माले राष्ट्रिय अभिलेखालयका लागि आवश्यक जनशक्ति र प्रविधिको तत्काल व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ ।
राष्ट्रिय सभा उपाध्यक्षले बुझाउनुभयो सम्पत्ति विवरण
राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले सङ्घीय संसद् सचिवालयमा सम्पत्ति विवरण बुझाउनुभएको छ । उपाध्यक्ष अर्यालले आज (सोमबार) सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा आर्थिक वर्ष २०७९/८० को सम्पत्ति विवरण बुझाउनु भएको हो ।
संसदीय समितिमा १० वटा विधेयक विचाराधीन
संसदीय समितिमा सभापति चयन हुन नसक्दा समितिको काम प्रभावित भइरहेको छ । संसदीय समिति गठन भएको लामो समय बितिसक्दा पनि समिति सभापति चयन हुन नसक्दा समितिले गर्ने काम, कारबाहीहरू प्रभावित बनेका हुन् ।
मिटरब्याज सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित
आजको प्रतिनिधि सभाको बैठकबाट मुलुकीसंहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० संशोधनसहित सर्वसम्मतिले पारित भएको हो।
संवादमार्फत सहकारीपीडितको माग सम्बोधन गर्न माग
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वार्ता र संवादका माध्यमबाट सहकारीपीडितको माग सम्बोधन गर्न माग गर्नुभएको छ।
प्रतिनिधिसभामा राष्ट्रियसभाको सन्देश प्रस्तुत
प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न तीन विधेयकका सन्दर्भमा राष्ट्रियसभाबाट प्राप्त सन्देश प्रस्तुत गरिएको छ ।
प्रतिनिधि सभा बैठक : लम्पीस्किन प्रभावित किसानलाई राहत दिन सांसदको माग
नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले लम्पि स्किन रोगको रोकथामका लागि सरकारले उदासिनता देखाएको बताउनुभएको छ ।
सरकारलाई सभामुखको निर्देशन
सभामुख देवराज घिमिरेले लम्पिस्किन रोग नियन्त्रणका लागि सरकारले गरेको कामका बारेमा संसद्लाई जानकारी गराउन निर्देशन दिनुभएको छ ।
राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रिय सभाबाट पारित
अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रियसभाको आजको बैठकमा ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई मूलरूपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । उक्त प्रस्ताव बहुमतले स्वीकृत गरेको हो ।
राष्ट्रिय सभाबाट आर्थिक विधेयक, २०८० पारित
राष्ट्रियसभाको आजको बैठकले आर्थिक विधेयक, २०८० पारित गरेको छ ।
करको ८० प्रतिशत रकम क्यान्सर अस्पतालमा खर्च गर्नुपर्छ : सांसद दाहाल
राष्ट्रिय सभा सांसद देवेन्द्र दाहालले सुर्तीजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत क्यान्सर अस्पतालमा खर्च गर्नुपर्ने बताउनुभएको छ ।
नेपाली सेनाको सङ्ख्या घटाउने सरकारको कुनै सोच छैन : उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले हाल कायम रहेको नेपाली सेनाको सङ्ख्या घटाउने सन्दर्भमा नेपाल सरकारको कुनै पनि सोच नभएको स्पष्ट पार्नुभएको छ।
न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाइनेछ : मन्त्री गुरुङ
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाउने बताउनुभएको छ ।
एक वर्षभित्र साहसिक खेलकुद प्रतियोगिताको आयोजना गरिनेछ : खेलकुदमन्त्री लिम्बू
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आगामी एक वर्षभित्र अन्तर्राष्ट्रियस्तरको साहसिक खेलको आयोजना गर्ने बताउनुभएको छ ।
आर्थिक अराजकता नियन्त्रणमा पूर्ण प्रतिबद्ध छु : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले ठुलो समस्याका रूपमा रहेको बेरुजु कम गर्नका लागि अर्थ मन्त्रालय जागरूक भएर लागेको बताउनुभएको छ ।
सङ्घीय संसद्का दुवै सदनबाट बजेट पारित
सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको छ ।
पशुमा लम्पिस्किन रोगको सङ्क्रमण क्रमशः घट्दै : मन्त्री भुसाल
कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा. वेदुराम भुसालले पशुमा लाग्ने लम्पिस्किन रोग क्रमशः घट्ने क्रममा रहेको बताउनुभएको छ ।
साउनदेखि कर्मचारी समायोजन कडाइका साथ लागू गर्छौं : मन्त्री मोदी
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा ऐन छिट्टै आउने बताउनुभएको छ ।
थप नौसय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य छ : मन्त्री बस्नेत
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा थप ९०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारको रहेको बताउनुभएको छ ।
जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता हो : मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ ।
असारे विकास प्रवृत्ति अन्त्य गर्न सरकार प्रतिबद्ध छ : मन्त्री ज्वाला
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले असारे र डोजरे विकास प्रवृत्तिको अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री ज्वालाले सो कुरा बताउनुभएको हो ।
बीआरआई कार्यान्वयनमा छलफल भइरहेको छ : परराष्ट्रमन्त्री
सरकारले सन् २०१७ मा चीनसँग भएको बेल्ट एण्ड रोड परियोजना (बीआरआई) को कार्यान्वयनबारे छलफल भइरहेको जानकारी गराएको छ ।
‘सुर्तीजन्य पदार्थबाट उठ्ने करको रकम स्वास्थ्य मन्त्रालयले प्राप्त गर्नुपर्छ ’
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सुर्तीजन्य पदार्थमा लाग्ने करबापत प्राप्त हुने सबै रकम स्वास्थ्य मन्त्रालयले प्राप्त गर्नुपर्ने बताउनुभएको छ ।