‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’
सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको विमान दुर्घटनामा निधन भएकोप्रति मर्माहत र भावविह्वल भएको जनाएको छ ।
भीरकोटले बाढी पहिरो प्रभावितलाई राहत दिने
मानवीय क्षतिलाई एक लाख, घर पूर्ण क्षतिलाई ५० हजार, गोठ पूर्ण क्षतिलाई ३० हजार, शाैचालय पूर्ण क्षतिलाई निर्माण सामग्री पाँच हजार, लैनो भैसी मरेको २५ हजार, थारो भैँसी मरेको भए १० हजार र बाख्रो मरेको भए पाचँ हजारका दरले तत्काललाई राहत दिने निर्णय गरेको हो ।
वनमन्त्री शाहीसँग भारतीय राजदूतको शिष्टाचार भेट
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज शिष्टाचार भेट गर्नुभएको छ ।
बगर खेतीले फेरिँदै भूमिहीन किसानको जीवन
सामुदायिक सुधार केन्द्र (सीआइसी) धनुषाले मिथिला नगरपालिका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा उहाँलाई जग्गा र कृषि यन्त्र उपलब्ध गराएको छ ।
मौद्रिक नीति : वस्तु आयात गर्दा उपलब्ध हुने सटही सुविधामा वद्धि
ड्राफ्ट-टिटीको माध्यमबाट वस्तु आयात गर्दा उपलब्ध हुने सटही सुविधामा वृद्धि भएको छ ।
१६ वर्ष विदेश बसेका दिलचन ड्रागन फ्रुट खेतीमा रमाउँदै
रुकुम पूर्वका दिलचन बुढाले १६ वर्ष विदेशमा काम गर्नुभयो । विदेशबाट फर्केपछि हाल उहाँ घोराही उपमहानगरपालिका-१८ अकबरेमा ड्रागन फ्रुट खेती गर्दै आउनुभएको छ । बुढासहित छ जना ड्रागनफ्रुट खेतीमा संलग्न हुनुहुन्छ ।
बेलहिया नाकाबाट सवा तीन अर्बले निर्यात बढ्यो
रुपन्देहीको बेलहिया नाका हुँदै बाह्य मुलुकमा निर्यात बढेको छ । भैरहवा भन्सार कार्यालयका अनुसार तीन वर्ष यता भारत लगायत तेस्रो मुलुकमा लगातार निर्यात वृद्धि भएको हो ।
घरघरै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण
गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले अशक्त र ज्येष्ठ नागरिकलाई घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ।
महोत्तरीमा सवारी दुर्घटनामा कमी
बर्दीबासस्थित जिल्ला ट्राफिक कार्यालयका अनुसार आव ०८०-८१ महोत्तरीमा ५०४ वटा सवारी दुर्घटना हुँदा ६८ जनाको मृत्यु हुनुका साथै गम्भिर र सामान्य गरि ७६२ जना घाइते भएका थिए ।
आठपहरिया जातिको सङ्ग्रहालय निर्माण
धनकुटा जिल्लामा मात्र बसोबास रहेको अल्पसङ्ख्यक आठपहरिया जातिको संस्कृति जगेर्ना गर्ने उद्देश्यले धनकुटामा आठपहरिया जातिकोे सङ्ग्रहालय निर्माण गरिने भएको छ ।
आगलागीबाट तीन घर जलेर नष्ट
महालक्ष्मी नगरपालिका –५ स्थित शिवरात्रिमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ । घर जल्दा करिब १ करोड दुईलाख २७ हजार बराबरको क्षति भएको बताइएको छ ।
तातोपानी कुण्डले कमायो एक वर्षमा ९२ लाख
म्याग्दीको बेनी नगरपालिका ४ स्थित प्राकृतिक उपचार स्थलका रुपमा परिचित सिंगा तातोपानी कुण्डले एकवर्षको अवधिमा करिब ९२ लाख रुपियाँ आम्दानी गरेको छ ।
हमासका नेताको इजरायली हिरासतमा मृत्यु
वेस्ट ब्याङ्कमा रहेका हमासका एक नेताको इजरायली हिरासतमा मृत्यु भएको प्यालेस्टिनी अधिकारीले शुक्रबार बताएका छन् ।
गाउँमुनिको पहिरोमा बस्ती मिसिने जोखिम
रुकुमपश्चिमको मुसीकोट नगरपालिका-१ छिङको दलित बस्ती पहिरोको उच्च जोखिममा छ ।
खोलामा बेपत्ता कार्की मृत फेला
गुल्मीमा गत शनिबार खोलाले बगाएर बेपत्ता बनाएका युवा मृत फेला पर्नुभएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा –२ निवासी ३१ वर्षका बोमबहादुर कार्की निस्ती खोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता हुनुभएको थियो ।
मालिका गाउँपालिकामा ‘एक घर , एक धारा’
म्याग्दीको मालिका गाउँपालिका–७ बिमको डाडागाउँमा निजी धारासहितको खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । नेपाल पानीको लागि स्वास्थ्य (नेवा) संस्था, मालिका गाउँपालिका र उपभोक्ताको रु ३२ लाख ९७ हजार सात सय ३२ को लागतमा आयोजना निर्माण सम्पन्न भएको हो ।
लोकगायक एलपी जोशीको निधन
पूर्वका चर्चित लोकगायक एलपी जोशीको बिहीबार राति निधन भएको छ । बिहीवार राति ८.३० बजे दमकस्थित लाइफलाइन अस्पतालमा ८८ बर्षको उमेरमा गायक जोशीको उपचारका क्रममा निधन भएको हो ।
रुकुमपूर्व खण्डको मध्यपहाडी लोकमार्ग र विद्युत् सेवा अवरुद्ध
रुकुमपूर्व खण्डको मध्य पहाडी लोकमार्ग र केन्द्रीय विद्युत् सेवा अवरुद्ध भएको छ । लगातार बर्सातको कारणले मध्य पहाडी लोक मार्ग खण्डको सिस्ने गाउँपालिका–६ स्थित रानीकोटको भिरमा पहिरो गएपछि दुई दिन देखि सडक र विद्युत् अवरुद्ध भएको हो ।
मिसेस नेपालमा अवसर
रिवन इन्टरटेनमेन्टले मिसेस नेपाल वल्र्डका लागि आवेदन खुला गरेको छ । विवाहित महिलाबिच सौन्दर्य प्रतियोगितामार्फत व्यक्तित्व विकास गर्ने उद्देश्यले मिसेस नेपाल वल्र्ड गरिँदै आएको छ ।
बालबालिकाको कोरस ‘चिसो बतास’
प्रशान्त तामाङ निर्देशित चलचित्र ‘सारङ्ग’ को ‘चिसो बतास’ बोल गीतमा २२ बालबालिकाले कोरस गायन गरेका छन् । डिपी खनालको गीत रचना रहेको गीतले बालमनोविज्ञान तथा बालअधिकारको विषयलाई उठाएको छ ।
राजनीतिक स्थिरताको आशादीप
दुई ठुला दल मिलेर दुई तिहाइको विश्वाससहित बनेको सरकारले देशमा शान्ति, समृद्धि र राजनीतिक स्थिरता कायम गरी जनताको अपेक्षा पूरा गर्न सके मात्र कांग्रेस एमाले गठबन्धनको औचित्य पुष्टि हुन्छ । लोकतन्त्रपछि देशमा केही हुँदै नभएको होइन तर अझै पनि अँध्यारो पाटो, खास गरी आर्थिक समृद्धिको पाटो बाँकी छ ।
निरक्षरका लागि वित्तीय प्रविधि
पछिल्लो समयमा सूचना तथा सञ्चार प्रविधिको विकाससँगै बैङ्किङ क्षेत्रमा भइरहेको यसको प्रयोगले गर्दा विभिन्न किसिमका वित्तीय प्रविधि प्रचलनमा आइरहेका छन् । मोबाइल बैङ्किङ, ई बैङ्किङ, डिजिटल मुद्रा, डिजिटल वालेट, डिजिटल कर्जा, डिजिटल नियमन प्रविधि आदिलाई वित्तीय प्रविधिका उदाहरणका रूपमा लिन सकिन्छ ।आधुनिक जीवनशैलीमा अति व्यस्त संसारभरका मानिसको वित्तीय आवश्यकता पूरा गर्न वित्तीय प्रविधिले सहज, छिटोछरितो, भरपर्दो, कुशल तथा मितव्ययी रूपमा सेवा दिइरहेको छ । यसले मानिसको वित्तीय व्यवहारमा परिवर्तन ल्याउनुका साथै विश्व अर्थतन्त्रलाई नै रूपान्तरण गर्न भूमिका खेलिरहेको छ ।शिक्षित समुदायमा केन्द्रित वित्तीय प्रविधि वित्तीय क्षेत्रमा आधुनिक वित्तीय प्रविधिको प्रयोगले वित्तीय पहुँच र वित्तीय समावेशिता वृद्धि भइरहेको छ । यद्यपि प्रायः वित्तीय प्रविधि शिक्षित समुदायलाई लक्षित गरी विकास गरिनुका साथै सोही अनुरूप प्राथमिकता दिइएको छ । यसर्थ अझै पनि जनसङ्ख्याको ठुलो हिस्सा वित्तीय प्रविधिको पहुँचबाट बाहिर छ । परिणामस्वरूप अन्य डिजिटल प्रविधिमा जस्तै वित्तीय प्रविधिको प्रयोगमा पनि असमानता देखिएको छ । वित्तीय प्रयोग गर्ने र नगर्ने मानिसका बिचमा ठुलो खाडल देखा परेको छ ।हामीले प्रयोग गर्ने प्रायः वित्तीय प्रविधिका सेवा प्रायः लेख्य सामग्रीमा आधारित छन् । त्यस किसिमका सेवा प्रयोग गर्न विभिन्न अक्षर तथा शब्दको राम्रो ज्ञान हुनु पर्छ । डिजिटल बैङ्किङ एपका प्रयोगकर्ताले विभिन्न किसिमका अक्षर र शब्द पढ्न, लेख्न र बुझ्न सक्नु पर्छ अनि मात्र एपसँग अन्तव्रिर्mया गर्न र वित्तीय कारोबार गर्न सक्षम हुन्छन् । उनीहरूका लागि युजरनेम (प्रयोगकर्ताको नाम), पासवर्ड र पिन अति महìवपूर्ण हुन्छन् । कारोबारलाई चुस्त, दुरुस्त र सुरक्षित राख्न प्रयोगकर्ता उच्च तवरले सजग र इमानदार रहनु पर्छ । यस किसिमका सूचना तथा सन्देश शिक्षित वर्गलाई लक्षित गरी जारी गर्ने गरिएको छ र सोही वर्गका मानिस बढी लाभान्वित हुने गरेको पाइन्छ ।चित्त नबुझ्ने तथ्याङ्क नेपालको राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको साक्षरता दर ७६.३ प्रतिशत छ । यसर्थ नेपालको कुल जनसङ्ख्याको झन्डै एक चौथाइ जनसङ्ख्याले अझै पनि राम्रोसँग पढ्न लेख्न सक्दैनन् । थप विषय केन्द्रित हुने हो भने नेपालको वित्तीय साक्षरता दर ५७.९ प्रतिशत रहेको नेपाल राष्ट्र बैङ्कद्वारा गरिएको सर्वेक्षणको प्रतिवेदनमा उल्लेख छ । यसले नेपालका ४२ प्रतिशतभन्दा बढी मानिसमा वित्तीय योजना तथा निर्णय निर्माणका सन्दर्भमा पर्याप्त ज्ञान नभएको सङ्केत गर्छ ।त्यसै गरी कुनै पनि संस्थाले आधिकारिक तथ्याङ्क नराखे पनि नेपालको डिजिटल साक्षरता दर ३१ प्रतिशतको हाराहारीमा रहेको एक अध्ययनले देखाउँछ । यसले नेपालको दुई तिहाइभन्दा बढी जनसङ्ख्यामा कम्प्युटर, स्मार्टफोन, इन्टरनेट जस्ता डिजिटल उपकरण र प्रविधिको सही ढङ्गले प्रयोग गर्न आवश्यक पर्ने ज्ञान तथा दक्षताको अभाव रहेकोे देखाउँछ ।अर्कोतर्फ नेपाल राष्ट्र बैङ्कद्वारा सार्वजनिक गरिएको गत जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार नेपालमा मोबाइल बैङ्किङ प्रयोगकर्ता सङ्ख्या दुई करोड ४३ लाखभन्दा बढी रहेकोे देखिन्छ जुन झन्डै कुल जनसङ्ख्याको ८० प्रतिशत हुन आउँछ । त्यसै गरी डिजिटल वालेट प्रयोगकर्ताको सङ्ख्या पनि दुई करोड ३० लाखभन्दा बढी रहेकोे देखिन्छ ।मोबाइल बैङ्किङ तथा डिजिटल वालेटका प्रयोगकर्ताको सङ्ख्या बढेसँगै डिजिटल बैङ्किङको विस्तारमा राम्रो उपलब्धि हासिल भइरहेको भन्दै नीतिनिर्माता उत्साहित छन् । धेरै नै उत्साहित भइहाल्नुपर्ने अवस्था भने छैन किनभने प्राप्त तथ्याङ्कको गहन विश्लेषणमा हामीले गरेका छैनौँ ।माथि उल्लिखित तथ्याङ्कलाई गहन रूपमा अध्ययन र विश्लेषण ग¥यौँ भने तथ्याङ्कमा दोहोरोपन भएको पाउन सक्छौँ, जसले नीतिनिर्मातालाई निराश बनाउन सक्छ । एउटै ग्राहकले धेरै बैङ्कमा खाता कायम गर्न सक्ने र त्यही अनुसार मोबाइल बैङ्किङ सेवा लिएको हुन सक्ने देखिन्छ । त्यसै गरी एउटै व्यक्तिले धेरै डिजिटल वालेट प्रयोग गरिरहेको हुन सक्छ ।डिजिटल बैङ्किङ प्रयोगकर्ताको सङ्ख्या बढ्नुको कारण पहिले नै कुनै बैङ्क वा वालेटमा दर्ता भएको ग्राहकले थप अन्य बैङ्क वा वालेटमा दर्ता भएकाले हो, नयाँ ग्राहक थपिएकाले भने होइन । डिजिटल बैङ्किङ प्रयोगकर्ताको सङ्ख्या न्यून हुन सक्छ । अझै पनि जनसङ्ख्याको ठुलो हिस्सा आधुनिक बैङ्किङ सेवाबाट वञ्चित छ । यस्तो अवस्था सिर्जना हुनुको एउटा मुख्य कारण निरक्षरलाई लक्षित गरेर वित्तीय प्रविधिको विकास तथा प्रयोगमा जोड नदिइनु हो ।नीतिगत प्रयास आवश्यक निरक्षर जनतामा पनि वित्तीय प्रविधिको पहुँच विस्तार गर्न नेपाल सरकार र नेपाल राष्ट्र बैङ्कले केही नीतिगत प्रयास गर्नुपर्ने छ । दुवै निकायले निरक्षर जनतालाई लक्षित गरेर वित्तीय प्रविधिको विकास र प्रयोगमा जोड दिने नीति लिनु पर्छ । वित्तीय साक्षरता कार्यव्रmमको विस्तारसँगै वित्तीय प्रविधिको पहुँच विस्तारमा ध्यान दिइनु पर्छ ।वित्तीय प्रविधिको विकासमा संलग्न कम्पनीलाई वित्त तथा मौद्रिक नीतिमार्फत केही विशेष व्यवस्था गरी उत्साहित तुल्याउनु पर्छ । निरक्षर र पिछडिएको वर्गलाई लक्षित गरी वित्तीय प्रविधिको विकास गर्ने त्यस्ता कम्पनीलाई केही वर्ष कर छुट दिनेलगायतका अन्य सहुलियतका सुविधा प्रदान गर्न सकिन्छ ।वित्तीय प्रविधिका विभिन्न एपको विकासमा संलग्न कम्पनीले जोखिम मोलेरै लगानी गर्नुपर्ने हुँदा व्यावसायिक विस्तार, नाफाको सुनिश्चित, बजार सुरक्षा आदि खोज्नुलाई स्वाभाविक मान्नु पर्छ । तसर्थ त्यस्ता कम्पनीको प्रवर्धन र हित रक्षाका निमित्त सरकार तथा नियामकीय निकायले आवश्यक सहयोग गर्नु पर्छ ।सम्भावित प्रविधि विदेश पलायनको प्रभाव तथा परिवारको बढ्दो आय स्तरले गर्दा पछिल्लो समयमा नेपाली परिवारका युवा सदस्यको मात्र नभई वृद्ध बाआमाको हातहातमा समेत स्मार्टफोन पुगेको छ । उनीहरूले फेसबुकलगायतका सामाजिक सञ्जालमार्फत विभिन्न समाचारबारे जानकार हुने मात्र नभई युट्युबमा आफूलाई मनपर्ने भिडियो हेर्न सक्नुहुन्छ । मुलुकको ग्रामीण इलाकाका धेरै जसो मानिस विशेष गरी महिला स्थानीय सहकारी संस्था या लघुवित्त संस्थाका सदस्य छन् र अशिक्षित या अर्धशिक्षित भए पनि उनीहरूमा वित्तीय कारोबारका सम्बन्धमा आधारभूत ज्ञान छ । त्यस्ता मानिसलाई लक्षित गरी वित्तीय प्रविधिको विकास गरिनु पर्छ ।बैङ्क खाता खोल्नेदेखि मोबाइल बैङ्किङ एपमा दर्ता हुनसम्म श्रव्यदृश्य अन्तव्रिर्mयामार्फत आवश्यक फाराम भर्ने व्यवस्था मिलाउन सकिन्छ । बैङ्क खाता तथा कारोबारको पहुँच र सुरक्षाका लागि बायोमेट्रिक भेरिफिकेसन अर्थात् जैविकमापन प्रमाणीकरण विधि प्रयोग गर्न सकिन्छ । यस अन्तर्गत औँठाछाप, अनुहार या आँखाको नानी पहिचान गरी प्रमाणीकरण गर्ने आदि गर्न सकिन्छ ।ग्राहकलाई आफ्नो खातामा रकम जम्मा भएको या आफ्नो खातामार्फत रकम बाहिरिएको जानकारी दिन भोइस अलर्ट अर्थात् आवाजमार्फत सूचना दिने प्रविधिको प्रयोग गर्न सकिन्छ । यसरी प्रयोगकर्तामैत्री एवं सहजै प्रयोग गर्न सकिने एपको विकास गरियो भने शिक्षित होस् या अशिक्षित जोकोहीले पनि वित्तीय प्रविधिको भरपुर उपभोग गर्न पाउने छ । नेपाल राष्ट्र बैङ्कले अबको केही वर्षमा सिबिडिसी अर्थात् केन्द्रीय बैङ्क डिजिटल मुद्रा जारी गर्न लागेको छ । यस सन्दर्भमा पनि उक्त डिजिटल मुद्राको प्रभावकारी कार्यान्वयनका लागि निरक्षर मानिसलाई समेत समेट्दै गरिने डिजिटल बैङ्किङको विकास र प्रयोग थप लाभदायक हुने देखिन्छ ।
समाज बदल्ने अभियान
एकातिर कठोर राणा शासन र तिनले लादेका नियम कानुन तगारोको रूपमा खडा थिए भने अर्कातर्फ रूढिवादी सोचविचारबाट ग्रसित परम्परावादी समाज र तिनले तेस्र्याएका अनुशासन र मर्यादाका काँडा थिए । यस्तो कठिन र असहज परिस्थितिमा पनि पण्डित तोयनाथलगायतले अदम्य साहस गर्नुभयो, अनौ समात्नुभयो, हलो जोत्नुभयो र क्रान्तिको बिगुल फुक्नुभयो ।
लोकतन्त्र सुदृढ बनाउने अस्त्र
हरेक नयाँ सरकारलाई अग्रिम सुझाव दिने, ध्यानाकर्षण गराउने र त्यस्ता सुझाव कार्यान्वयनका लागि रचनात्मक सहयोग गर्ने संस्कारले लोकतन्त्रलाई थप सुदृढ गर्न र राजनीतिक स्थिरता कायम गर्न बल नै पुर्याउने छ । हामीले बिर्सिनु हुँदैन, अस्थिर राजनीति र छोटो समयमा फेरिने सरकारका कारण देशले निकै ठुलो क्षति भोगिरहेको छ ।