सरकारविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने
सर्वोच्च अदालतले वर्तमान सरकार गठन गर्दा संविधानको गलत धारा प्रयोग भएको उल्लेख गर्दै दायर गरिएको रिट निवेदन संवैधानिक इजलासमा पठाउने आदेश गरेको छ ।
पत्रकारितामा आकर्षण र निरन्तरताका लागि दुर्घटना बिमा
रुकुमपश्चिमका क्रियाशील पत्रकारहरूको दुर्घटना बिमा गरिएको छ । नेपाल पत्रकार महासङ्घ रुकुमपश्चिमले महासङ्घका साधारण सदस्यहरू र जिल्लामा क्रियाशील सदस्यहरूको दुर्घटना बिमा गरेको हो ।
राजनीतिक स्थिरताका लागि नयाँ सरकार बनेको हो : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार गठन भएको बताउनुभएको छ ।
महिला राजनीतिज्ञहरूको टोली चीनबाट स्वदेश फिर्ता
अखिल चीन महिला महासङ्घ र चीन अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीको आयोजना तथा महिला विश्वविद्यालय चीनको आयोजनामा चीन भ्रमणमा गएका महिला सांसदहरूको टोली स्वदेश फिर्ता भएको छ ।
लुम्बिनीमा आठौँ वर्षावास सुरु
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आठौँ वर्षावास तथा धार्मिक अनुष्ठान सुरु भएको छ । राजनीतिक बौद्ध विहारले आइतबार आयोजना गरेको कार्यक्रममा विहारका संरक्षक भिक्षु सागर म्मले शिला वाचन गरी वर्षावासको सुरुवात गर्नुभएको हो ।
एक हजार आठसय खाद्य नमुनाको विश्लेषण
क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले गत आर्थिक वर्ष २०८०–८१ मा एक हजार ८०२ खाद्य तथा दानाको नमूना विश्लेषण गरेको छ ।
उद्योग मन्त्रालयको समग्र सुधारका लागि १० दिने सुझाव सङ्कलन अभियान सुरु
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समग्र मन्त्रालयको सुधारका लागि कार्ययोजना बनाउन आजदेखि सुझाव सङ्कलन गर्न १० दिने छलफल अभियान थाल्नुभएको छ ।
खेल पर्यटनका लागि खेलकुद मेला
हिमालपारिको जिल्ला मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनुका साथै आफ्नो संस्कृतिको जगेर्नाका लागि खेलकुद मेला सुरु भएको छ ।
अरुणको सम्झनामा जति माया लाए पनि...
साँझ छिप्पिँदै थियो । मधुरो उज्यालोमुनि कलाकार भुईँमा पलेँटी कसे । बागलुङ बजारको एक प्रतीक्षालयमा सङ्गीतप्रेमी व्यग्र थिए, गीसङ्गीत सुन्न र त्यसको तालमा रमाउन । बिस्तारै गुन्जियो ‘तिमी रामराम भजी बाँच’ । यही भजनबाट शनिबार गायक अरुण थापा मगरको २५औँ स्मृति दिवस ‘अरुण स्मृति साँझ’ आरम्भ भयो ।
दिवा सेवा केन्द्र ज्येष्ठ नागरिकलाई दौँतरी भेट्ने थलो बन्दै
घोराही उपमहानगरपालिका-६ का मनकला अधिकारी ८२ वर्षका पार गर्नुभयो । पन्ध्र वर्षअगाडि श्रीमानको निधन भएपछि उहाँ एक्लै हुनुभयो । बिहान-बेलुकाको समय घरमा छोराबुहारी नातीनातिनासँग बित्ने गर्छ ।
मातृशक्तिले गरे विष्णुसहस्रनामको पाठ
एक जना बालिकाको संस्कृत शिक्षाको प्रश्नले एउटा अभियानको थालनी गरेको छ । त्यही अभियान अन्तर्गत सञ्चालन भएको घर–घरमा गुरुकुल शिक्षाबाट घरमा नै बसेर संस्कृत अध्ययन गरेको १०८ मातृशक्तिले शनिबार १०८ आवृत्ति विष्णुसहस्रनाम स्तोत्र एक स्वर र लयमा पाठ गरेका हुन् ।
बाँकेमा चित्तलको मासुसहित एकजना पक्राउ
जिल्लाबाट चित्तलको मासुसहित एकजनालाई पक्राउ गरिएको छ । बाँके राष्ट्रिय निकुञ्ज र निकुञ्ज सुरक्षामा तैनाथ रणबम गणमा कार्यरत नेपाली सेनाको संयुक्त गस्ती टोलीले गएराति कोहलपुर नगरपालिका–१३ का मोहन थारूलाई ६० किलोग्राम चित्तलको मासुसहित पक्राउ गरेको हो ।
खोलाले बगाउँदा एक बेपत्ता
गुल्मीमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका –२ निवासी ३१ वर्षका बोमबहादुर कार्कीलाई निस्ती खोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिनुभयो।
भेटीघाटीबाट ज्येष्ठ नागरिक आश्रममा प्रेक्षालय निर्माण
जिल्लाको बेनीनगरपालिका–९ गलेश्वरस्थित ज्येष्ठ नागरिक आश्रममा गलेश्वर शिवालयमा सङ्कलन भएको भेटीघाटी र दाताले दिएको रकमबाट प्रेक्षालय निर्माण भएको छ
सिमलताल पहिरोः बेपत्ता बस र यात्रीको खोजीमा जुट्यो भारतीय टोली
नारागणगढ–मुग्लिन सडकको सिमलतामा पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बस र तिनमा सवार यात्रीको खोजीमा भारतीय टोली जुटेको छ ।
म्यान्मारमा झाँगिँदै नेपाली साहित्य
कहीँ कतै झुक्किएर नेपालबाट आएका कसैसँग भेटिएर बोलियो भने पहिलो प्रश्न यो हुन्छ कि “तपाईं नेपालमा पढ्नुभएको हो ?” तपाईं नेपाल पुग्नुभएको छ ? पुर्खाको ठाउँ कहाँ हो ? कति पुस्तादेखि यहाँ हुनुहुन्छ
सबै सर्जकको आकर्षण मधुपर्क
मधुपर्क मासिकको ५७ औँ वार्षिकोत्सवका अवसरमा साहित्यका विभिन्न विधामा निरन्तर क्रियाशील वरिष्ठ तीन साहित्यकारलाई मधुपर्क सम्मान, २०८१ अपर्ण गरिएको छ । विसं २०२५ जेठ ३०
पोखरामा दुर्घटना हुँदा एक जनाको मृत्यु
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ६, लेक साइडमा आइतबार बिहान भएको दुर्घटनामा २६ वर्षीय ईश्वर परियारको ज्यान गएको छ । बिहान पौने ६ बजेतिर ग३च ३४५७ नम्बरको कारले ग११प ९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा परियारको निधन भएको हो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा
सरकारले गर्नैपर्ने मसिना काम
सार्वजनिक यातायात व्यवस्थित गर्न सडक चौडा त हुनु पर्छ । यसको साथ साथै फुटपाथ चौडा र सफा हुन जरुरी छ । मोटर सडक जति चिल्लो हुन्छ त्योभन्दा कम फुटपाथ (पैदल मार्ग) हुनु हुँदैन । यो सामान्य मानवीय कुरा हो । मोटरमा हिँड्नेलाई सडक बनाउने । पैदलयात्रीलाई पनि सोही मोटर हिँड्ने सडकमा हिँड भनेमा सार्वजनिक यातायात व्यवस्थित हुनै सक्दैन ।समसामयिक कुरा गर्दा कहिले प्रशंसा हुन्छ त कहिले गाली पाइन्छ । ज्येष्ठ नागरिकले अन्तिम घडीमा स्याहार पाएनन्, सम्पत्तिविहीन भएर दुःख पाए, नयाँ पुस्ताले पैतृक सम्पत्ति देखेर अंश पाउने निश्चित भएको कारण इलम गर्न छोडे भन्ने तर्क खुब आउँछ । नेपालको परम्परा बाबुआमाको सम्पत्तिमा छोराछोरीको अंश हक लाग्ने छ । यसै अनुरूप कानुन पनि बनेको छ । अदालतले पनि अंशलाई जन्मसिद्ध अधिकार भनेर व्याख्या गरेको छ । अझ अहिलेको कानुनले त विवाहित छोरीलाई पनि अंश दिने व्यवस्था गरेको छ । पहिला विवाहित छोरीलाई अंश दिन पर्दैनथ्यो । अझ त्यसभन्दा अगाडि त छोरीलाई ३५ वर्षसम्म विवाह नगरी बसेकालाई मात्र अंश दिनुपर्ने कानुनी व्यवस्था थियो । अझै त्यसभन्दा अगाडि त छोरीलाई अंश दिने व्यवस्था नै थिएन । सबै सम्पत्ति छोरालाई मात्र जन्मसिद्ध अधिकारको रूपमा थियो । एक जनाको धेरै श्रीमती भएमा श्रीमतीको बराबर अंश भाग हुने व्यवस्था थियो । अनि आमाको भागबाट छोराहरूले अंश पाउँथे । पछि लोग्ने स्वास्नी र छोराहरूको बराबर अंश लाग्ने व्यवस्था गरियो । अदालतमा भएका करिब ५० प्रतिशत मुद्दा अंशसँग साइनो गाँसिएर चलेका छन् । यही कारणले नेपालको प्रगतिमा प्रतिकूल असर परेको अर्थविद् र कानुनविद् बताउँछन् । संसारको धेरै मुलुकमा अंशसम्बन्धी व्यवस्था छैन । यसलाई जन्मसिद्ध अधिकारको रूपमा लिइँदैन । बाबुआमाको स्वेच्छामा भर पर्छ । उमेर पुगेका बालिक छोराछोरीले बाबुको सम्पत्तिमा दाबा नगर्ने मात्र हैन बाबुआमाको सम्पत्ति प्रयोगसमेत नगर्ने प्रचलन छ । अलग बस्ने गर्छन् । संयुक्त परिवार प्राय हँुदैन । बालिक भएपछि आफ्नो जीविका आफैँले आर्जन गरेर गर्नु पर्छ । यसका सकारात्मक र नकारात्मक दुवै पक्ष होलान् तर मुलुकको विकासमा भने यो प्रचलनमा कानुन फलदायी छ । पहिला संसार ज्यादै ठुलो मानिन्थ्यो । बाबुआमा र छोरा एकै घरमा बसेर बाबुले गरेको पेसामा छोराले सो पेसा सम्हालेर जीवन बिताउँथे । अहिले संसार प्रविधिको कारण सानो भएको छ । बाबुको घरमा बसेर बाबुकै पेसा गर्ने छोरा भेट्न सजिलो छैन । छोरीहरू त झन् विवाह गरेर वा नगरेर भए पनि बाबुको घरमा झन् बस्ने परिस्थिति छैन । समाज विकास भएको छ । छोराछोरीको समान हैसियत कानुनमा छ । व्यवहारमा पनि यो तीव्र गतिमा गएको छ । सबै सन्तान अन्तर्राष्ट्रिय यात्रु भएका छन् । पढेको होस् वा नहोस् विदेश जाने कुरा सामान्य र बाध्यात्मक बन्न पुगेको छ । यो परिस्थितिमा हाम्रो देवानी संहितामा अंश प्रावधान १८ वर्षपछि हटाउने गरी व्यवस्थापिका संसद्ले समितिबाट पारित गरेर संसद्मा पेस गरेकामा विभिन्न भ्रमका कारण सो संसद्मा भएको विधेयकको सो प्रावधान हटाइयो । अहिले सङ्घीय संसद्मा ज्येष्ठ नागरिकसम्बन्धी विधेयक विचाराधीन अवस्थामा छ । यो विशेष ऐन हो । यसमा यस प्रकारका व्यवस्था राख्नु मनासिव छ । जसले ज्येष्ठ नागरिक, युवा पुस्ता र समग्र मुलुकलाई फाइदा हुन्छ । नेपालमा यति बेला प्राकृतिक वातावरणसम्बन्धी विषयले प्राथमिकता पाएको छ । अब कुनै पनि योजना बनाउन वातावरणको मूल्याङ्कन नगरी सुरु गर्न पाइँदैन । यसको अनुगमन विश्वका विकसित र ठुला शक्तिशाली मुलुकले गरिरहेका छन् । अविकसित, साना र कमजोर मुलुकले तीव्रताका साथ काम गरिरहेका छन् । हिमालको हिउँ पग्लिरहेको छ तीव्रताका साथ । तापव्रmम बढेको छ पृथ्वीमा वेगसँग । यो नेपाल जस्ता हरियो वन ४० प्रतिशतभन्दा बढी भएको भूभाग, प्रशस्त पानी भएको देश, धेरै जमिन कृषिमा प्रयोग भएको मुलुकको कारणले होइन । औद्योगिक व्रmान्ति भएका युरोपसहितका विकसित भनिएका देशले पृथ्वीलाई प्रदूषित गरेर हो । उनीहरूले औद्योगिक विकास गर्दा वातावरणको मूल्याङ्कन गर्नु परेन अब हामीले गर्दा गर्नु परेको छ । सन्धि, महासन्धि, अन्तर्राष्ट्रिय कानुन बनाएका छन् । यो नेपालीका लागि होइन ती विकसित राष्ट्रका लागि बनाएको कानुन हो । देशमा विभिन्न राष्ट्रिय निकुञ्ज, पार्क, प्रकृति संरक्षणका योजना चालु छन् । अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल जान्छ अनि अनेक प्रतिबद्धता गरेर आउँछ । यहाँका जनताले भोग्नु परेका बाधा हैरानी उनीहरूले वास्ता गर्दैनन् । मध्यवर्ती क्षेत्र भनेर मानव बस्तीको क्षेत्र भनेर घोषणा गरिएको छ । वन्यजन्तु र मानवको बिचमा त्यो क्षेत्र जीवन मरणको भूभाग भएको छ । मध्यवर्ती क्षेत्रमा दिनुपर्ने सुविधा, संरक्षणको कुनै व्यवस्था गरिँदैन । जनतालाई हैरानी पार्ने काम गरिएको छ । स्थानीय तहको सरकारलाई त्यहाँ प्रवेश निषेध छ । गाउँ सरकार त्यहाँ छैन । मान्छेलाई वन्यजन्तुले खान पाउँछ । त्यो मान्छेले प्रतिकार गर्न पाउँदैन । अनुसन्धान, अभियोजन र फैसला त्यहीँका कर्मचारीले गर्छन् । वन्यजन्तुले खेतीपाती नष्ट गर्छ तर त्यसको क्षतिपूर्ति कतैबाट पाइँदैन । मध्यवर्ती क्षेत्रमा बस्ती हटाऊँ । तिनका छोराछोरी वा सन्तानलाई अन्तर्राष्ट्रिय कानुन बनाएर अर्कै पेसामा रोजगारी दिउँ । त्यो ठाउँमा सरकारले नै विशेष खेती गरे हुन्छ । आरक्षण क्षेत्रको विस्तार नगर । भएको आरक्षण क्षेत्रलाई व्यवस्थित गरे हुन्छ । दुर्घटना भएमा उचित र पर्याप्त क्षतिपूर्ति दिउँ । यो काम विश्व समुदायबाट गराउँदा उचित हुन्छ । जसलाई पर्यावरणको खाँचो परेको छ । वन चाहिएको छ । वन्यजन्तु चाहिएको छ । तिनले परियोजना बनाएर जनताको सुरक्षा र संरक्षण हुने गरी लगानी गर्नु उचित हुन्छ । वातावरण नेपालमा ठिक छ, बिग्रेको युरोपसहितका विकसित देशमा हो । उनीहरूका कारण हामीले दुःख पाउनु भएन । हाम्रो वातावरण पनि बिस्तारै प्रदूषित हँुदै छ । यसको क्षतिपूर्ति उनीहरूले नेपालीलाई दिनु पर्छ । नेपाल सरकारलाई मात्र हैन । नेपालीलाई दिनु पर्छ । जहाँ जङ्गल र वन्यजन्तुको कारण नेपालीले दुःख पाएका छन् । तिनलाई रोजगारी र क्षतिपूर्ति विश्व समुदायले निसर्त दिनु पर्ने गरिनु पर्छ । यही कुरालाई शूत्रबद्ध रूपमा सङ्घीय संसद्मा पनि रेर्कड गराइएको छ । यसका लागि नेपाल सरकारले छिटो र प्रभावकारी कदम चाल्नु पर्छ । अहिले संसद्मा सार्वजनिक यातायातको विषयमा पनि विधेयक विचाराधीन छ । सरकारले पनि यसको प्राधिकरण नै बनाउने घोषणा बजेटमार्फत गरेको छ । सार्वजनिक यातायात व्यवस्थित गर्न सडक चौडा त हुनु पर्छ । यसको साथ साथै फुटपाथ चौडा र सफा हुन जरुरी छ । मोटर सडक जति चिल्लो हुन्छ त्यो भन्दा कम फुटपाथ (पैदल मार्ग) हुनु हुँदैन । यो सामान्य मानवीय कुरा हो । मोटरमा हिँड्नेलाई सडक बनाउने । पैदलयात्रीलाई पनि सोही मोटर हिँड्ने सडकमा हिँड भनेमा सार्वजनिक यातायात व्यवस्थित हुनै सक्दैन । दुर्घटना हुन्छ । अस्तव्यस्त सडक बन्न जान्छ । अकालमा मान्छेको मृत्यु हुन्छ । सरकारले मान्छेलाई धराप थापे जस्तो हुन्छ । यही कुरा सदनमा शूत्रबद्ध रूपमा राखियो । त्यसमा सरकार खास गरी स्थानीय सरकारले ध्यान दिनुपर्ने हो । नेपालमा विद्युतीय मोटर र साइकललाई प्राथमिकता दिनुपर्ने हो । किनकि हामीले देशको पैसा धेरै पेट्रोलियम पदार्थमा खर्चेका छौँ । यो घटाउने एक मात्र उपाय यही हो । सो पैसाले साइकल मार्ग बनाउने हो । साइकल यात्राले धेरै प्रकारको फाइदा मुलुकलाई हुन्छ । सहरभित्र गल्लीभित्र यसको उपादेयता बढी छ । हाम्रा बनेका सडकमा साइकल मार्ग नै छैन । मोटरसाइकल उपयुक्त होइन खास गरी काठमाडौँ सहरमा । बढ्दो स्कुटर, मोटर साइकल, साना गाडी जीवन र वातावरणमा खतरा र सहर कुरूप बन्दै छ । फुटपाथमा पसल ? यो कस्तो नकच्चरो काम हो ? यति पनि व्यवस्थित गर्न नसक्ने कस्तो हो स्थानीय सरकार ? के यसमा सुधार गर्न सकिँदैन ?
लोकतन्त्रका प्रणेता
मुलुकको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाबारे हरेक बुद्धिजीवीले एक न एक कोणबाट कलम चलाइराखेका छन् । सामान्य नागरिकदेखि उच्च ओहोदाका व्यक्तिले पनि बिपीप्रति विशेष श्रद्धा जनाउने गर्छन् । तत्कालीन शासकले २०१७ सालपछि उनलाई आठ वर्षसम्म सुन्दरीजल कारागारमा थुनेर राख्यो । बिपीले तीन घुम्ती जस्ता उपन्यास त्यही ठाउँमा बसेर सिर्जना गरेका हुन् ।
नगरपालिकाबाट बसाइँ सर्ने बढे
जिल्ला सदरमुकाम रहेको दशरथ चन्द नगरपालिकाबाट बसाइँ सर्नेको सङ्ख्या बढेको छ । यो एक वर्षको अवधिमा ८५४ परिवार (करिब तीन हजार जनसङ्ख्या) बसाइँसराइ गरेर तराईलगायतका जिल्लामा गएका छन् । पछिल्लो तीन वर्षयता बसाइँसराइले नगरपालिकाको ४० हजार जनसङ्ख्या घटेर करिब ३० हजारमा झरेको छ । बसाइँसराइका विभिन्न कारणमध्ये शिक्षा, स्वास्थ्य र रोजगारी मुख्य समस्या रहेको नगरपालिकाका प्रमुख पुष्करराज जोशीले बताउनुभयो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दू भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दू भाषा
दस वर्षपछि फेरि भेटियो पोलियो भाइरस
नेपालमा पोलियो उन्मूलन भएको १० वर्षपछि पोलियो भाइरस भेटिएको छ । विश्व स्वास्थ्य सङ्गठनले १० वर्षअघि नै नेपालबाट पोलियो उन्मूलन भएको घोषणा गरेको थियो ।