मुलुकको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाबारे हरेक बुद्धिजीवीले एक न एक कोणबाट कलम चलाइराखेका छन् । सामान्य नागरिकदेखि उच्च ओहोदाका व्यक्तिले पनि बिपीप्रति विशेष श्रद्धा जनाउने गर्छन् । तत्कालीन शासकले २०१७ सालपछि उनलाई आठ वर्षसम्म सुन्दरीजल कारागारमा थुनेर राख्यो । बिपीले तीन घुम्ती जस्ता उपन्यास त्यही ठाउँमा बसेर सिर्जना गरेका हुन् ।
उनलाई निरङ्कुश पञ्चायती शासकले विसं २०२५ मा कारागारबाट मुक्त ग¥यो । त्यसपछि भारतमा निर्वासित भए । २०३३ साल पुस १६ गते मेलमिलाप नीति लिएर स्वदेश फर्केका बिपीलाई विमानस्थलबाटै पव्रmाउ गरी जेलमा पु¥याइयो । विसं २०३४ फागुन १२ गते बिपीलाई फेरि जेलबाट रिहा गरियो । त्यस बेला उनी क्यान्सर रोगले थला परिसकेका थिए । गजब त के छ भने आफ्नो स्वास्थ्यको भन्दा राज्यको स्वास्थ्यको उपचार पहिले गर्नु पर्छ भन्ने विचारमा बिपी थिए । त्यसबेला उनीविरुद्ध देशद्रोह र राजगद्दीलगायतका दर्जनजति मुद्दा लगाइएको थियो । तीबारे कतिपयमा उनले बयान दिइसकेका थिए, कतिपय बाँकी थिए ।
भारतका समाजवादी प्रणेता जयप्रकाश नारायणलगायत स्वदेश विदेशका त्यसबेलाका नेता, कार्यकर्ता र शुभेच्छुक सबैले बिपीलाई विदेशमा गएर स्वास्थ्य उपचारका लागि जोड गरिरहेका थिए तर उनी आफूविरुद्ध लागेका मुद्दाको छिनोफानो नलागेसम्म उपचारका लागि देश बाहिर नजाने अडानमा थिए । उग्रपञ्चहरू र स्वतन्त्र विद्यार्थी मण्डल नामक संस्था, जसलाई त्यसबेला मण्डले भनिन्थ्यो, उनीहरू बिपीलाई फाँसी दिनु पर्छ भन्ने आवाज उठाइरहेका थिए । ती आरोपलाई उनी हाँसीहाँसी प्रतिकार गरिरहेका थिए ।
यो कुरा सबैलाई थाहा छ, २०१७ सालदेखि २०३६ सम्मको देशको राजनीति भयावह अवस्थाको थियो । सिक्किमलाई ल्यान्डुप दोर्जेले भारतमा विलिन गराइसकेका थिए । पूर्वी पाकिस्तान (हालको बङ्गलादेश) स्वतन्त्र मुलुकका रूपमा उदाइसकेको थियो । बर्मा, भुटान जस्ता मुलुकमा पनि राजनीतिक अस्थिरताले जरा गाडिसकेको थियो । दक्षिण एसियाली मुलुकको अस्थिर राजनीतिलाई पनि बिपीले नजिकबाट अध्ययन गरिरहेका थिए । विसं २०३५ फागुनमा पाकिस्तानका शासक ज्याउल हकले प्रजातन्त्रवादी नेता त्यस बेलाका पाकिस्तानका प्रधानमन्त्री जुल्फिकर अली भुट्टो (स्व. बेनजिर भुट्टोका पिता) लाई देशद्रोहको मुद्दा लगाएर फासी दिइयो । सोको विरोधमा त्यसबेलाका नेविसङ्घमा आबद्ध विद्यार्थीले नेपालस्थित पाकिस्तानी दूतावासमा विरोध गरे । सो विरोध कालान्तरमा त्यसबेलाको एकदलीय पञ्चायती व्यवस्थाका विरुद्धमा उत्रियो ।
उक्त विरोध कार्यव्रmम देशव्यापी रूपमा शैक्षिक हडतालमा परिणत भयो । देशभरका सम्पूर्ण शैक्षिक संस्था पूर्णरूपमा बन्द भए । राजधानीमा हडतालले उग्र रूप लियो । अस्कल क्याम्पस काण्ड, दरबारमार्ग स्थित संस्कृत छात्रबास काण्ड, गोरखापत्र संस्थानमा आगजनी काण्डलगायतका थुप्रै राजनीतिक गतिविधिमा तत्कालीन सरकारले दमनकारी नीति अपनायो ।
त्यसबेलाका विद्यार्थी नेता विमलेन्द्र निधि, ज्ञानेन्द्र बहादुर कार्की, सुरेश मल्ल, पूर्ण बहादुर खड्का, शरणविव्रmम मल्ल, युवराज खाती, समा शाही, स्व. विश्वनाथ गौतम, पुरुषोत्तम दाहाल, मुकुन्द ढुङ्गानालगायतको पङ्क्तिले पञ्चायती व्यवस्थाविरुद्ध सडक आन्दोलनको नेतृत्व गरिरहेका थिए । १०६ जना विद्यार्थी बसोबास गर्ने वाल्मीकि संस्कृत छात्रबास खाली गराइएको थियो । अस्कल क्याम्पसमा प्रहरी प्रवेश गरेर विद्यार्थीमाथि दमन ग¥यो । ५१ दिनसम्म चलेको सो ऐतिहासिक सङ्घर्षलाई २०३५÷३६ सालको विद्यार्थी आन्दोलन भनिन्छ । जुन आन्दोलनलाई बिपीले प्रजातन्त्र पुनर्बहालीको युवाको पहिलो सङ्घर्ष भनेका थिए । बिपी, गणेशमान, किसुनजी, वामपन्थी नेताहरू मनमोहन अधिकारी, विष्णुबहादुर मानन्धर, नारायणमान बिजुक्छेलगायतले आन्दोलनलाई नजिकबाट मूल्याङ्कन गरेका थिए ।
देशमा राजनीतिक परिवर्तन अवश्य हुँदै छ भन्ने सोचले बिपी तत्कालीन राजा वीरेन्द्रलाई भेट गर्न चाहान्थे तर त्यस बेलाका पञ्च तगारो बनिरहेका थिए । परिणाम राजाले विसं २०३६ जेठ १० गते जनमत सङ्ग्रह घोषणा गरे । बिपीको सल्लाह अनुसार राजाले यो घोषणा गरेका थिए भन्ने केही राजनीतिक कर्मीको तर्क छ भने कुनैले विद्यार्थी आन्दोलन मत्थर गर्न राजाले कदम चालेको पनि भन्ने गर्छन् । जे होस् राजाको त्यो घोषणा अनुसार विसं ३०३७ वैशाख २० गते जनमत संग्रह सम्पन्न भयो । त्यसबेला सूर्यबहादुर थापा देशका प्रधानमन्त्री थिए । बहुदल पक्षधरको २० लाख र पञ्चायतको पक्षमा २४ लाखको मत परिणामलाई बिपीले सहज रूपमा स्वीकार गरे । तराईका कतिपय जिल्लामा बहुदलवादीका पक्षमा मत खसेका मतपेटीका गायव गरेका प्रत्यक्ष प्रमाण भेटिए पनि प्रजातन्त्रका शिखर व्यक्तित्व बिपीले त्यसलाई स्वीकारे । बहुदलवादीलाई आश्वासन दिँदै बिपीले भने, ‘नेपालीको प्रत्येक घरघरमा पुनः प्रजातन्त्रको बिहानी आउँदैछ पर्खनु पर्छ ।’
बिपी राजनीतिक द्रष्टा थिए । प्रखर राष्ट्रवादी नेता भएका कारण त्यसबेला राज्यले लगाएका सम्पूर्ण झुठा मुद्दा र राजाका व्यवहारलाई स्वीकार्दै सत्ता छोडेर कारागार जीवन स्वीकारे, निर्वासित भएर राजा र देशको भलो चिताए । आफ्नो प्रधानमन्त्रित्वकालमा उनले व्रmान्तिकारी भूमिसुधार कार्यव्रmम मात्र ल्याएनन् । जमिनदारी प्रथा, राजारजौटा र बिर्ता उन्मूलन, प्रथासमेत खारेज गरे । जमिनको हदबन्दी, मजदुरको कामको हितलाई ध्यानमा राखी मजदुर ऐनलगायतका लोकप्रिय कार्यक्रम लागु गरे । यस्ता कार्य अघि बढाउँदै थिए तर देशले दुभाग्य भोग्नु प¥यो । सुन्दरीजल जेलमा बस्दा एक पटक तत्कालीन राजा महेन्द्रले बिपीलाई चिट्ठी लेखेछन् । चिठीमा उनलाई तपाईंको ठाउँमा “तिमी” भनेर सम्बोधन गरेका रहेछन्, जुन कुरा समाजवादी एवं गान्धीवादी नेता महेन्द्रनारायण निधिले बताएका थिए । राजा महेन्द्रको सामन्तवादी सोचको उपजको परिणाम थियो बिपीप्रति तिमीको शैली ।
बिपी केवल व्यक्ति थिएनन्, महान् समाजवादी विचारक थिए, लोकतान्त्रिक संस्था थिए, राष्ट्रभक्त राजनेता थिए । देशको राजनीती उनको वरिपरि घुम्ने गर्दथ्यो । परिणाम तत्कालीन स्वदेश र विदेशका राजनीतिज्ञ बिपीलाई श्रद्धाको नजरले हेर्ने गर्दथे । राष्ट्रियता समाजवाद र लोकतन्त्रका प्रणेता बिपीको क्यान्सर रोगका कारण २०३९ साल साउन ६ गते निधन भयो । पञ्चायती शासनको चरम उत्कर्ष कालमा भएको उनका निधनले प्रजातन्त्रवादीमा घोर निराशा छायो । यो पीडाको मनन गर्दै लौहपुरुष गणेशमान सिंहले एक महिनापछि आफ्नो निवास चाम्सीबारीमा प्रजातन्त्रवादी केही व्यक्तिलाई बोलाएर आश्वासन दिलाएका थिए । परिणाम बिपीको निधनको तीन वर्षपछि २०४२ जेठ १० गते पञ्चायती व्यवस्थाविरुद्ध गणेशमान सिंहले सत्याग्रहको आह्वान गरेका थिए ।
यति बेला दलहरूबिच तीव्र रूपमा ध्रुवीकरण बढिरहेको छ । सरकार फेरबदल पनि भरहेको छ । ती महामना जसले राष्ट्र र जनताका लगि जीवनभर सङ्घर्ष गरे, ती सबै राजनेतालाई राजनीतिक पार्टीले समान रूपमा सम्मान देखाउनु जरुरी छ । आआफ्नो पार्टीको शीर्षस्थ नेता मात्र भनेर सीमित घेरामा राख्न हुँदैन ।
बिपी, गणेशमान, कृष्णप्रसाद भट्टराई, पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारीलाई समयले जन्मायो । आआफ्नो कालखण्डमा उनीहरूले राजनीतिक योगदान दिए । वर्तमानमा युवा पुस्ताले विगतको देशको राजनीतिक अवस्था बुझ्नु जरुरी छ । बिपी कोइरालाले बीजारोपण नगरेको भए नेपाली कांग्रेस पार्टीको जन्म हुने थिएन, लोकतन्त्र प्राप्ति त धेरै परको कुरा । यसै गरी पुष्पलालले तत्कालीन मालेको स्थापना नगरिदिएको भए हालको सत्तारूढ दलका नेता केपी शर्मा ओलीको दल नेकपा एमाले जन्मने थिएन होला । त्यसैले त अग्रजको सम्मान गर्ने प्रचलन बसाल्न जरुरी छ ।