झुम्का कारागारबाट फरार कैदी सप्तरीबाट पक्राउ
सुनसरीको झुम्का कारागारबाट फरार रहेका एक जना कैदीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
जर्मन औद्योगिक कमजोरीले मर्जमाथि दबाब बढायो
जनवरीमा जर्मन औद्योगिक उत्पादन र अर्डर अपेक्षाभन्दा कमजोर आएको तथ्याङ्कले चान्सलर फ्रेडरिक मर्जमाथि युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रलाई पुनर्जीवित गर्ने दबाब बढाएको छ । सङ्घीय तथ्याङ्क कार्यालय डेस्टाटिसका अनुसार औद्योगिक उत्पादन ०.५ प्रतिशतले घटेको छ ।
गुराँस हेर्न रायराँयकोट
बागलुङको रायराँयकोट यतिबेला चर्चामा छ ।
इरानको नेतृत्व चयनमा चीनको प्रतिक्रिया
इरानमा नयाँ सर्वोच्च नेताको चयनपछि उत्पन्न अन्तर्राष्ट्रिय प्रतिक्रियाका बीच चीनले यो निर्णय पूर्णरूपमा इरानको आन्तरिक विषय भएको स्पष्ट गरेको छ ।
खोलामा डुबेर एकको मृत्यु
गुल्मीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।
निर्वाचन प्रहरीको बिदाइ बिहीबार
यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ ।
पाँचथरमा समानुपातिकतर्फ श्रम संस्कृति पार्टि पहिलो
पाँचथरमा समानुपातिक तर्फको पनि मतगणना सकिएको छ । अन्तिम मत परिणाम सार्वजनिक हुँदा श्रम संस्कृति पार्टिलाई सबैभन्दा धेरै मत प्राप्त भएको छ ।
मध्यपूर्व युद्धको प्रभावः तेल बजार स्थिर बनाउन अन्तर्राष्ट्रिय पहल
मध्यपूर्वमा बढ्दो द्वन्द्व र तनावका कारण विश्व ऊर्जा बजारमा देखिएको अस्थिरता नियन्त्रण गर्ने उपायबारे प्रमुख औद्योगिक देशका अर्थमन्त्रीले छलफल गर्ने भएका छन् ।
धनकुटामा ५ उम्मेदवारले कटाएनन् सय मत
प्रतिनिधिसभा निर्वाचनमा धनकुटाबाट उम्मेदवारी दिएका ६ जना उम्मेदवारले सय मत ल्याउन सकेनन् । प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका १७ जना उम्मेदवारमध्ये ६ जनाले सय मत कटाउन नसकेका हुन् ।
मध्यपूर्व युद्धका कारण कच्चा तेलको मूल्यमा तीव्र वृद्धि
इरानसँगको युद्ध चर्किदै गएपछि विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ११५ डलरभन्दा माथि पुगेको छ, जुन अघिल्लो हप्ताको अन्त्यतिरको मूल्यभन्दा करिब २४ प्रतिशत बढी हो ।
इलाम-१ मा कांग्रेसका निश्कल राई विजयी
इलाम निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका युवा उम्मेदवार निश्कल राई विजयी हुनुभएको छ ।
मध्यपूर्व युद्धको तीव्र विस्तार
इजरायल र इरानबिच जारी युद्ध झन् व्यापक बन्दै जाँदा सोमबार मध्यपूर्वका विभिन्न देशमा आक्रमण, प्रतिआक्रमण, कूटनीतिक पहल र आर्थिक प्रभाव एकसाथ देखिएका छन् ।
नवलपुरमा चैते धान रोपाइँ ९५ प्रतिशत सम्पन्न
नवलपुरमा चैते (हिउँदे) धान रोपाइँ ९५ प्रतिशत सम्पन्न भएको छ । कृषि विकास कार्यालय नवलपुरका कृषि अर्थ विज्ञ संजय ढकालले अहिलेसम्म जिल्लामा चैते धान रोपाइँ ९५ प्रतिशत सम्पन्न भएको जानकारी दिनुभएको हो ।
ताप्लेजुङमा चार हजार ७०० मत बदर
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा यसपटक ताप्लेजुङमा झण्डै पाँच हजार मत बदर भएको छ । पहिलो हुने निर्वाचित हुने प्रणाली अर्थात प्रत्यक्षतर्फ र समानुपातिक निर्वाचन प्रणालीतर्फ गरी उक्त सङ्ख्यामा मत बदर भएको हो ।
निकुञ्जमा खरखडाइका लागि २१ हजार स्थानीयवासी प्रवेश
बर्दिया राष्ट्रिय निकुञ्जले दुई दिनको लागि खरखडाइ सुरु गरेको छ । निकुञ्जमा खर, बाबियो नर्कट लगायतको चिजवस्तु काट्न स्थानीयहरू निकुञ्जभित्र पसेका छन् ।
जापानले लामो दूरीको मिसाइल तैनाथ गर्दै
क्षेत्रीय सुरक्षा चुनौती तीव्र बन्दै गइरहेका बेला जापानले आफ्नो पहिलो स्वदेशी विकसित लामो दूरीको मिसाइल प्रणाली तैनाथ गर्ने तयारी अघि बढाएको छ ।
ट्याक्टर पल्टिँदा दुई जना घाइते
मकवानपुरको मनहरी गाउँपालिका –१ चकरीमा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । आइतबार राति भित्री सडक खण्डमा हेटौँडाबाट चकरीतर्फ जाँदै गरेको ना १ त ३८०२ नम्बरको ट्याक्टर उकालो चढ्ने क्रममा ब्याक भइ पल्टिँदा दुर्घटना भएको हो ।
धनकुटामा समानुपातिकतर्फ एमाले पहिलो
धनकुटामा प्रतिनिधिसभा सदस्यको समानुपातिक तर्फ नेकपा (एमाले) ले सबैभन्दा बढी मत प्राप्त गरेको छ ।
युवाको काँधमा देशको अभिभारा
नेपाली समाजको स्थापनाकालदेखिको मूल्यमान्यता, आदर्श, परम्परा र चाहना प्रतिविम्बित यही संस्कृत श्लोकले हामीलाई सत्मार्गमा लाग्न प्रेरित गर्दै आएको छ । यही मान्यतालाई हाम्रा पूर्वजले आत्मसात् गर्दै कहिल्यै कसैको पराधीन नभई स्वतन्त्र र स्वाभिमान राष्ट्रनिर्माण गरी हामीलाई सुम्पिएको यथार्थलाई बिर्सिनु हुँदैन । अब मुलुकलाई समृद्ध, सुशासनयुक्त र भ्रष्टाचारमुक्त बनाउने जिम्मेवारी नेपाली युवा
निर्वाचनपछि संवैधानिक मार्ग
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनको परिणाम आउने क्रम जारी छ । अबको केही दिनमा यसको सम्पूर्ण परिणाम आउने छ । प्रतिनिधि सभाको यो निर्वाचन नेपालको संविधान प्रारम्भ भएपछिको तेस्रो हो । प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत १६५ जना र समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत ११० जना गरी जम्मा २७५ जना यस निर्वाच
महिला नेतृत्वको उत्कृष्टता
नेपालको सामाजिक तथा राजनीतिक इतिहासमा महिलाको भूमिका प्रायः ‘समर्थन गर्ने शक्ति’ का रूपमा व्याख्या हुँदै आएको छ । परिवारको व्यवस्थापन, संस्कारको संरक्षण र समाजको आधार निर्माणमा महिलाले खेलेको भूमिका सधैँ महìवपूर्ण रहँदै आएको छ । घरको शान्ति, अनुशासन र व्यवस्थापनमा महिलाको योगदानलाई समाजले स्वीकार त गरेको छ तर राज्य सञ्चालनको नेतृत्व त
अर्थतन्त्र सुधारको कार्यभार
प्रतिनिधि सभाको निर्वाचन २०८२ सम्पन्न भएको छ । साविकभन्दा दुई वर्ष अगावै बेग्लै परिपरिस्थितिमा सम्पन्न यो निर्वाचनको जनादेश परम्परामा विशाल क्रम भङ्ग गरेको छ । नेपाली मतदाताले तीव्र परिवर्तन चाहेका रहेछन् भन्ने स्पष्ट भएको छ । भदौ २३ र २४ गतेको नवपुस्ता अर्थात् जेनजीको विद्रोहलाई मतदाताले संस्थागत गरेको अनुभूति भएको छ । नवपुस्ताको विद्रोहमा देशभित्र सु
शैक्षिक क्षेत्र सुधारका सूत्र
नेपालको शिक्षा क्षेत्र लामो समयदेखि अस्थिर देखिँदै आएको छ । पञ्चायतकालीन शिक्षा ऐन संशोधन गर्दै शिक्षा नियमन र व्यवस्थापन गरिँदै आएका सन्दर्भमा राजनीतिक दलको महत्वमा नपरेकै कारण तयार भएको शिक्षा ऐन पनि लागु हुन सकेन । निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्पष्ट जनादेश दिइसकेपछि अब भने शिक्षा ऐन र समग्र शिक्षा नीतिमा सामयिक सुधारको प्रयासले मूर्त रूप
‘एक मुट्ठी बादल’ को प्रदर्शन मिति तय
नेपाली फिचर फिल्म एक मुट्ठी बादल : माई सेयर अफ स्काईले आउँदो वर्षको जेठ १ मा प्रदर्शन हुने भएको छ । निर्माण कम्पनी गौथली इन्टरटेनमेन्टले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर मे १५ अर्थात् जेठ १ गतेलाई चलचित्रको प्रदर्शन मिति तय गरेको हो । चलचित्रका लगभग सम्पूर्ण विधामा महिलाको नेतृत्व रहेको चलचित्रलाई गौँथली इन्टरटेनमेन्ट र मन प्रोडक्सन मिलेर निर्माण गरेका हुन् ।