एमाले केन्द्रीय नेतृत्वमा लमजुङबाट १४ आकांक्षी
नेकपा (एमाले) को मङ्सिर २७ गतेबाट सुरु हुने ११ औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय नेतृत्वका लागि लमजुङबाट दर्जन बढी नेताहरु आकांक्षी देखिनुभएको छ ।
थाइल्यान्डसँगको सीमा विवाद बढ्दै गएपछि एक लाखभन्दा बढी कम्बोडियाली विस्थापित
थाइल्यान्डसँगको सीमा विवाद बढ्दै गएपछि एक लाखभन्दा बढी कम्बोडियन आफ्नो आश्रय स्थल छोडेर सुरक्षित क्षेत्र तर्फ भागेको कम्बोडियाका मन्त्रालयका उपसचिव तथा प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेटाले बुधबार बताउनु भएको छ ।
बङ्गलादेशमा सन् २०२५ मा डेङ्गुका कारण चार सयभन्दा बढीको मृत्यु
बङ्गलादेशमा यस वर्ष डेङ्गुको प्रकोपका कारण ४०१ जनाको ज्यान गएको बङ्गलादेशको स्वास्थ्य विभागको तथ्याङ्कले बुधबार देखाएको छ ।
तुलसीपुरमा दोस्रो नेवा : खाना महोत्सव
नेवाःराष्ट्रिय मञ्च तुलसीपुरको आयोजनामा मङ्गलबारदेखि तीन दिने दोस्रो नेवाः खाना महोत्सव सुरु भएको छ । नेवाः खाना महोत्सवमा विभिन्न प्रकारका नेवारी खाना राखिएको छ ।
मनाङमा एक हजार दुई सय क्विन्टल बढी खाद्यान्न सहुलियत दरमा वितरण
खाद्य सुरक्षा सुदृढ गर्ने उद्देश्यले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा तथा डिपो कार्यालय मनाङले चालु आर्थिक वर्ष २०८१-८२ मा सहुलियत दरमा खाद्यान्न तथा उपभोग्य वस्तु वितरणलाई विस्तार गरेको छ ।
आमा र बच्चाको रेखदेख गर्न स्वास्थ्य एकाइलाई स्कुटर
पश्चिम बागलुङको निसीखोला गाउँपालिका वडा २ अर्नाकोट तथा ढोरपाटन नगरपालिकाको वडा २, ५ र ७ संगमस्थलमा रहेको अर्नाकोट सामुदायिक स्वास्थ्य इकाइलाई स्कुटर प्रदान गरिएको छ ।
चीनको आवासीय भवनमा आगलागी हुँदा १२ जनाको मृत्यु
दक्षिणी चीनको आवासीय भवनमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको चिनियाँ सरकारी मिडियाले बुधबार जनाएको छ ।
कम्बोडियासँगको सीमा विवादका कारण चार लाख थाई बासिन्दा विस्थापित : रक्षा मन्त्रालय
कम्बोडियासँग चलिरहेको सीमा विवादका कारण चार लाखभन्दा बढी थाई बासिन्दालाई आफ्नो आश्रय स्थल छोडी अन्यत्र जना बाध्य पारेको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरीले बुधबार बताउनुभएको छ ।
खुला महिला म्याराथनमा निरमाया चौधरी प्रथम
खुला महिला म्याराथन प्रतियोगितामा निरमाया चौधरी प्रथम हुनुभएको छ ।
लाटोकोसेरो संरक्षित क्षेत्र बन्यो बास्कुना
बेनी नगरपालिका–४, बास्कुनामा रहेको देउरालीपाखा सामुदायिक वनलाई सङ्कटापन्न पक्षी लाटोकोसेरो संरक्षण क्षेत्र बनाइएको छ ।
पृथ्वीराजमार्ग विस्तार : मौरीबासमा कालोपत्र भएसँगै यात्रा सहज
पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक स्तरोन्नतिअन्तर्गत पश्चिम खण्डमा भौतिक प्रगतिले उल्लेख्य फड्को मारेको छ ।
पुस्तौँदेखि सडक सञ्जालबाट वञ्चित हुँदै गुम्बावासी
जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने गुम्बाबासी लामो समयदेखि सडक सञ्जालको पहुँचबाट वञ्चित हुँदैआएका छन् । जिल्लाको अन्य गाउँबस्ती सडकको पहुँचमा रहेको भए पनि यहाँका गुम्बाबासी भने पुस्तौदेखि सडक सञ्जालको पहुँचबाट बञ्चित हुँदैआएका हुन् ।
अवैध रूपमा सामुदायिक वनको माटो बिक्री
कैलालीको गोदावरी नगरपालिका २ मा रहेको दुर्गालक्ष्मी महिला सामुदायिक वन उपभोक्ता समितिले सामुदायिक वनको माटो उत्खनन गरेर बिक्री गरेको पाइएको छ ।
बर्थिङ् सेन्टर बढेसँगै घरमै बच्चा जन्माउने घटे
सिन्धुली जिल्लाको ग्रामीण क्षेत्रमा पछिल्लो समयमा बर्थिङ् सेन्टर खुल्ने क्रम बढेसँगै घरमै बच्चा जन्माउने क्रम घट्दै गएका छन् ।
मानव अधिकारको सबैभन्दा ठुलो चुनौती भ्रष्टाचार : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको सबैभन्दा ठुलो चुनौती भ्रष्टाचार नै रहेकाे बाउनुभएकाे छ । बुधबार ७७औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो ।
पडरियामा कृषि हाटबजार लगाउन सुरु
लहान नगरपालिका-११, पडरिया बैठारमा समाजका अगुवाहरूको सक्रियतामा कृषकहरूलाई उत्पादनमा जोड दिन कृषि हाटबजार लगाउन सुरु गरिएको छ ।
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा प्रभातफेरी
७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा पोखरामा प्रभातफेरी गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालय पोखराको अगुवाइमा प्रभातफेरी गरिएको हो ।
डिजिटल ठगी बढ्दै
‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने मूल नारासहित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत मुस्ताङका ग्रामीण क्षेत्रसम्म लैङ्गिकसँगै विद्युतीय हिंसा न्यूनीकरणसम्बन्धी नियमित कार्यक्रम भइरहेका छन् ।
गुर्जामा मौलिक जीवनशैली कायमै
साँझपख गुर्जा हिमालबाट घामको किरण अस्ताउन थालेसँगै चिसो बढेको थियो । साँझपख गोठ फर्किंदै गरेका भेडाबाख्रा र गाईगोरुका हुलले गाउँको परिवेशलाई रमणीय बनाएको थियो ।
भूमाफियालाई कारबाहीको माग
नवलपुरको कावासोती नगरपालिका–४, हसौराका बासिन्दाले वर्षौंदेखि जोतभोग गर्दै आएको जमिन दर्ताको माग गर्दै सोमबार जिल्ला प्रशासन र मालपोत कार्यालय घेराउ गरेका छन् ।
‘भ्रष्टाचारविरुद्ध साझा प्रयास आवश्यक’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शी समाज निर्माणका लागि सबैको संयुक्त प्रयास आवश्यक रहेको बताउनुभएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा मङ्गलबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले सुशासनलाई मजबुत बनाउँदै भ्रष्टाचारमुक्त समाज निर्माण गर्न सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभएको हो ।
फेरि बनाउन थालियो छाउगोठ
दैलेखका गाउँ गाउँमा केही वर्षअघि भत्काइएका छाउगोठ फेरि नयाँ रूपमा ठडिन थालेका छन् । केन्द्र सरकारले छाउपडीलाई दण्डनीय अपराध घोषणा गर्दै स्थानीय तहलाई अभियान सञ्चालन गर्न निर्देशन दिएपछि धेरै स्थानमा पुराना छाउगोठ भत्काइएका थिए ।
भवन नहुँदा संसद् बैठक अनिश्चित
गत भदौ २३ र २४ गतेको जेनजी समूहको आन्दोलनका व्रmममा आगजनी र तोडफोड भएपछि संरचना अभाव झेल्दै आएको विराटनगरस्थित कोशी प्रदेश सभालाई नियमित सञ्चालनयोग्य बनाउन पाँच
सरकारी भवन निर्माण सुस्त
वीरेन्द्रनगरमा निर्माणाधीन दुई वटा सरकारी भवनको निर्माण निकै सुस्त छ । पटक पटक म्याद थप गर्दा पनि काम सकिएको छैन । वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश आयुर्वेद औषधालय र कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको भवन निर्माणमा ढिलाइ भएको हो ।