• २६ फागुन २०८२, मङ्गलबार

खोलामा डुबेर एकको मृत्यु

blog

तिलाचन पाण्डे

तम्घास(गुल्मी), फागुन २५ गते । गुल्मीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।

गुल्मीको मुसिकोट नगरपालिका वडा १ अरेवा बस्ने २१ वर्षीय दिपजन दर्लामीको बडीगाड खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुका अनुसार  फागुन २४ गते घरबाट ५६ वर्षीय डम्वर दलार्मी र दिपजन माछा मार्न जाल बोकी खोला तर्फ गएकोमा डम्वर एक्लै घर फर्केको र दिपजन  हराएको भनि प्रहरीमा खवर आएको थियो । 

उहाँलाई खोज्ने क्रममा बडीगाड खोलाको उपल्लो राधेस्थित खोलाको कोप्चेरामा पानीमा डुबेको अवस्थामा सोमबार मृत फेला परेको सारुले बताउनुभयो । उहाँको शवलाई पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।