जाडो छल्न आगन्तुक चरा चितवनमा
जाडो मौसम सुरु भएसँगै विभिन्न देशबाट जाडो छल्नका लागि चरा आउने क्रम सुरु भएको छ । चितवनका तीन खोलामा कम्बोडिया, चीन, साइवेरिया, रुस लगायतका देशबाट चराहरु यहाँ आएका हुन् ।
कात्तिक नाचमा वराह र हिरण्याक्षको युद्ध
हिजो बुधबार द्वादशीका दिन कात्तिक नाचको क्रममा वराह अवतार नाच देखाइएको छ । प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा हुने कात्तिक नाचको बराह अवतारमा कृष्ण र इन्द्रको प्रस्तुती हुन्छ ।
कर्मचारी महासङ्घद्वारा बाढी पहिरो पीडितका लागि आठ लाख सहयोग
नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी महासङ्घले बाढी पहिरो पीडितका लागि पौने आठ लाखभन्दा बढी सहयोग हस्तान्तरण गरेको छ ।
सरुमारानीमा आँखा उपचार केन्द्र स्थापना
प्युठानको सरुमारानी गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । तिलगङ्गा आँखा प्रतिस्ठानको साझेदारीमा आँखाका रोगीलाई लक्षित गरी केन्द्र स्थापना गरिएको पालिकाका पदाधिकारीको भनाइ छ ।
एमाले इलामको ११ औँ जिल्ला अधिवेशन सुरु
नेकपा एमाले इलामको ११ औँ जिल्ला अधिवेशन आज इलाम सदरमुकाममा हुँदै छ । सदरमुकामस्थित गौतम बुद्ध सभागृहमा दिउसो १२ बजे सुरु हुने अधिवेशनको एमाले पाटी उपाध्यक्ष गुरु बरालले उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले जिल्ला सचिव उमेश गुरुङले बताउनुभयो ।
आठ करोडको लागतमा त्रिशूलीमा नयाँ पुल
विसंं २०२० मा त्रिशूली तर्न निर्माण भएको ‘ट्रस ब्रिज’ जीर्ण भएपछि सोही स्थानमा रु. आठ करोडको लागतमा नयाँ पक्की पुल निर्माण गरिएको हो ।
चार हजार क्विन्टल किसानको धान खाद्यले किन्यो
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले बाँकेका किसानहरूसँग धमाधम धान खरिद गरिरहेको छ ।
कमलको फूल
पश्चिम नवलपरासीको परासीभुमही सडकखण्डको किनारामा पानीमा फुलेको कमलको फूल ।
सागको मुठा बनाउँदै
भक्तपुरको मध्यपुर थिमी नगरपालिकास्थित बाेडेमा बिक्रीका लागि बजार पठाउन सागको मुठा बनाउँदै स्थानीय किसान ।
नागसहितको शिवलिङ्ग
धनुषाको मिथिला बिहारी नगरपालिका–२ पुरनदाहास्थित ऐतिहासिक, सांस्कृतिक एवम् आध्यात्मिक सरोवर परशुराम तलाउको मध्यभागमा रहेको कमलको फूलमा नागसहित शिवलिङ्गको प्रतिमा ।
ट्रम्प सरकारको विदेश मन्त्रीमा मार्को रुबियो
अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले बुधवार फ्लोरिडा राज्यका रिपब्लिकन अमेरिकी सिनेटर मार्को रुबियो आफ्नो दोस्रो राष्ट्रपतिको कार्यकालमा विदेश मन्त्री हुने घोषणा गर्नुभएको छ ।
‘तालिमले छात्राको मनोबल उच्च हुने’
नेपाल सरकारका खानेपानीमन्त्री प्रदीप यादवले आत्मरक्षा तालिमले छात्राहरूको मनोबल उच्च हुने तथा आत्मविश्वास बढाउन सहयोग हुने बताउनुभएको छ । मन्त्री यादवले बुधबार वीरगन्ज आदर्शनगर रङ्गशालामा वीरगन्ज महानगरपालिकाले छात्राहरूका लागि आयोजना गरेको आत्मरक्षा तालिमको उद्घाटन गर्दै यस्तो बताउनुभएको हो ।
सूचनाको हक कार्यान्वयनमा
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक कार्यान्वयनका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
मेडरी नाच संरक्षणमा थारू समुदाय
हरिबोधिनी एकादशीको दिन प्रत्येक वर्ष मेडरी नाच देखाउने प्रचलन छ ।
डाँडैभरि पुनर्भरण पोखरी
धनकुटा नगरपालिका–१, हिलेस्थित श्री नम्बर दुई वाहिनी अड्डा र होराइजन होटेलको बिचमा डाँडैभरि साना साना खाडल बनाइएको छ । यहाँ एक हजारभन्दा बढी त्यस्ता खाडल रहेका छन् ।
चिहान एकीकृत गरिएको ठाउँमा स्मृति पार्क बन्दै
झापाको कमल गाउँपालिका वडा नं. ५ मा निर्माणाधीन आदिवासी रङ्गशाला परिसरमा स्मृति पार्क निर्माणको काम फेरी अघि बढेको छ । १५ बर्सअघि शिलान्यास भएको आदिवासी रङ्गशाला तथा स्मृति पार्क नामको विषयमा विवाद हुँदा र पर्याप्त बजेट विनियोजन नभएका कारण सुस्त गतिमा निर्माणाधीन रहेको छ ।
समृद्ध गलकोट हाम्रो लक्ष्य
बागलुङ जिल्लाका १० स्थानीय तहमध्ये गलकोट नगरपालिका प्राकृतिक सम्पदाले भरिपूर्ण छ ।
दुना टपरी बिक्रीबाट आत्मनिर्भर
बाँकेका महिलाहरू पछिल्लो समयमा दुना टपरी उत्पादन गरी बिक्री गरेर आत्मनिर्भर बन्दै गएका छन् ।
उपनिर्वाचनः कनकाई–६ मा उम्मेदवार चयन
निर्वाचन आयोगको कार्यतालिका अनुसार मङ्सिर २ गते उम्मेवारको मनोनयन हुनेछ । क्रियाशील दलहरुले आफ्नोतर्फबाट बन्ने उम्मेदवारको नाम घोषणा गरिसकेका कारण वडामा चुनावी सरगर्मी बढेको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार कनकाई–६ को उपनिर्वाचनमा दुई हजार ५८ मतदाताले भाग लिनेछन् ।
रारामा सुविधासम्पन्न होटेल अभाव
पर्यटकीय स्थल रारातालमा पर्यटक बढे पनि सुविधासम्पन्न होटेल नहुँदा पर्यटकलाई आवासको समस्या हुन थालेको छ ।
छ करोड भुक्तानी हुँदा पनि बनेन चार किलोमिटर सडक
विगत पाँच वर्षदेखि निर्माण थालिएको दुई किलोमिटर चार सय मिटर सडकको कामका लागि छ करोड रुपियाँ भुक्तानी भए पनि सडक अझै पूरा हुन सकेको छैन ।
राष्ट्रिय परिचयपत्र बनाउनेको भिड
जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिममा पछिल्ला केही दिनदेखि सेवाग्राहीको भिड लाग्ने गरेको छ । दसैँ, तिहार सुरु भएसँगै सेवाग्राहीको सङ्ख्या बढेपछि केही दिनयता भिड नै लाग्ने गरेको छ ।
अमेरिकी सरकारी कर्मचारीमाथि इरानमा आक्रमण गर्ने इजरायलको योजनामा वर्गीकृत कागजातहरू चुहाएको आरोप
अमेरिकी सरकारका लागि काम गर्ने एक व्यक्तिलाई बुधबार दायर गरिएको अदालतको कागजातअनुसार इरानमा आक्रमण गर्ने इजरायलको पहिलेको योजनाको मूल्याङ्कन गर्ने वर्गीकृत जानकारी चुहाएको आरोप लगाइएको छ ।
तिहार सकिएसँगै गाउँ रित्तिए
नेपालीको महत्वपूर्ण चाड तिहार सकिएसँगै बाजुराका अधिकांश गाउँ रित्तिन थालेका छन् ।