अब विद्यार्थीको मूल्याङ्कन घरायसी कामबाट पनि
विद्यालय तहका विद्यार्थीको आन्तरिक मूल्याङ्कन उनीहरूले घरमा गर्ने कामबाट हुने भएको छ ।
‘हनी ट्र्याप’ घटना अनुसन्धानमा सिआइबी
ललितपुरको भैँसेपाटी प्रहरी प्रभागका प्रहरीसमेतको मिलेमतोमा भएको ‘हनी ट्याप’ घटनाको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सुरु गरेको छ ।
बिपी राजमार्गमा घण्टौँको जाम अनि कष्टकर यात्रा
असोजको दोस्रो साता परेको वर्षाका कारण बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गमा यात्रुहरू कष्टकर यात्रा गरिरहेका छन् ।
ढुङ्गे मूर्ति बगैँचा बनाएर बेवास्ता
धार्मिक तथा सामारिक दृष्टिकोणले महत्वपूर्ण मानिएको माडीको सोमेश्वर गढीमा निर्माण गरिएका ढुङ्गाका मूर्तिहरू संरक्षण र सरसफाइका अभावमा जीर्ण बन्दै गएका छन् ।
माओवादी नेता डा. सङ्गम एमाले प्रवेश
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय स्वास्थ्य विभाग सदस्य डा. सङ्गम खैजु नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । खैजुलाई एमाले महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गर्नुभयो ।
दोलखामा गयो ४.५ रेक्टरको भूकम्प
बिहीबार साँझ दोलखामा ४ दशमलव ५ रेक्टरको भूकम्प गएको छ । आज साँझ ७ बजेर ५६ मिनेटको समयमा दोलखाको ओराङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
सडकको बिरुवा काट्ने भुषाल पक्राउ
कोहलपुर नगरपालिका –१० रामनगरमा नगरपालिकाले रोपेका बिरुवा काट्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका –१० रामनगरका लक्ष्मीप्रसाद भुसाल रहेका छन् ।
दाङमा खाद्यले किसानसँग धान खरिद गर्दै
दाङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले धान गरिद गर्न सुरु गरेको छ । खाद्यले बुधवारदेखि देउखुरीको गढवा गाउँपालिकाबाट यो बर्ष धान खरिद गर्न सुरु गरेको हो ।
छठ पूजामा जानुहुँदै खानेपानी मन्त्री
कात्तिक शुक्ल षष्ठी तिथि अर्थात छठपर्वको तेस्रो दिन श्रद्धालु जलाशय किनारमा सजाइएको छठ घाटमा पुजन सामग्री रहेको दौरा बोकेर लादै खानेपानी मन्त्री प्रदिप यादव । छठ पर्वको तेश्रो दिन अस्ताउदो सूर्यलाई अर्घ दिईन्छ यसलाई ‘सझिया घाट’ भन्ने गरिन्छ ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
बारामा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा थप दुई जना घाइते भएका छन्।
सूर्यलाई अर्घ दिएर कपिलवस्तुमा छठ मनाइयो
हिन्दु महिलाको पवित्र पर्व छठ अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाएका छन्।
जनकपुरधाममा सूर्यलाई अर्घ दिएर मनाइयो छठ पर्व
जनकपुरधामका विभिन्न घाट र पोखरीमा श्रद्धालुहरूले सूर्य देवलाई सन्ध्या अर्घ अर्पण गर्दै छठ पर्व हर्षोल्लासका साथ मनाएका छन्।
धरानमा छठ पर्वको रौनक
धरानमा छठ पुजाको लागि खोला किनारमा भक्तजनको भिड लागेको छ। धरान उपमहानगरपालिकाको वडा नम्बर १३ को सर्दु खोला र १५ मा रहेको सेउती खोलामा अस्ताउदो सूर्यलाई अर्घ दिन खोलामा भक्तजनको भिड लागेको छ।
भैरवनाथप्रति दर्शनार्थीको बढ्दो विश्वास
भैरवनाथ देवताले दर्शनार्थीको इच्छा पूरा गर्ने गरेको भन्दै भक्तजनहरुले औधी विश्वास गर्ने गरेका छन् । भाकल पूरा हुने भएर बलि दिन आउने भक्तजनको त्यहाँ भिड लाग्नेगरेको छ ।
अतिरिक्त शुल्क लिने कानुन व्यवसायीलाई अनुशासनको दायरामा ल्याउँछौं : महान्याधिवक्ता वडाल
सरकारका महान्याधिवक्ता तथा नेपाल कानुन व्यवसायी परिषदका अध्यक्ष वरिष्ठ अधिवक्ता रमेश वडालले कानुन व्यवसायीलाई आफूहरुले सेवाग्राहीसँग लिएको सेवा शुल्कको कर बुझाउन आग्रह गर्नुभएको छ।
मुक्तिनाथको घोडसवार सेवामा जम्दै युवा
वैदेशिक रोजगारीमा पुगेर फर्केपछि रुकुमबाट मुस्ताङ आइपुग्नु भएका लब्सन बिकले घोडामा मुक्तिनाथ दर्शनका लागि मानिस बोक्न थाल्नु भएको थुप्रै वर्ष भयो । उहाँका अनुसार घोडामा मान्छे ओसारेर घरव्यवहार चलेको छ ।
विश्वकप लिग–२ : युएईमाथि ओमानको सहज जित
आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजमा घरेलु टोली ओमानले संयुक्त अरव इमिरेट्स (युएई) माथि सहज जित निकालेको छ ।
कामेश्वरनाथ पोखरीमा छठ पूजा
बर्दिबास १४ स्थित कामेश्वरनाथ पोखरीमा अस्ताउदो सूर्यलाई अर्घ दिँदै छठका व्रतालु ।
च्याम्पियन्स लिग : बार्सिलोनाको सानदार जित
युइएफए च्याम्पियन्स लिगमा बार्सिलोनाले क्रिभेना ज्भेज्दाविरुद्ध सानदार जित निकालेको छ ।
दुईसय जनालाई खाद्यान्न तथा न्यानो कपडा
रुपन्देही व्यापार संघ बुटवलको रजत महोत्सवको अवसरमा बुटवलमा रहेको मानव सेवा आश्रम र रुपन्देही तिलोत्तमा नगरपालिकाको पश्चिम पहुनीमा रहेको मानव सेवा आश्रममा रहेका दुईसय जनालाई खाद्यान्न तथा न्यानो कपडा वितरण गरिएको छ ।
करेन्ट लागेर एक सैन्य अधिकारीको मृत्यु, एक घाइते
मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ८ दोभानमा करेन्ट लागेर नेपाली सेनाका एक अधिकारीको मृत्यु भएको छ।
पार्टी बलियो नबनाइ कार्यकर्ता बलियो हुँदैनन्ः नेता महत
नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टी बलियो नबनाई कार्यकर्ताको सुरक्षा नहुने बताउनुभएको छ । नेपाल पत्रकार महासघ चितवनका पूर्व अध्यक्ष महेन्द्र श्रेष्ठले आयोजना गर्नुभएको शुभकामना कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
लायन्स कप फुटबल मङ्सिरमा
छात्राहरुको खेल प्रतिभालाई प्रष्फुटन गर्ने हेतुले म्याग्दीमा छात्रा फुटबल प्रतियोगिता अयोजना गरिने भएको छ ।
क्रिकेट टोली स्वदेश फिर्ता
आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र क्यानडामा दुई वटा त्रिकोणात्मक सिरिज सकेर नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ ।