प्लेन चार्टड गरी चिनिया खेलाडी पोखरामा
शनिबार पोखरामा हुने तेस्रो क्रस कन्ट्री दौड प्रतियोगितामा भाग लिन चार्टड विमानमार्फत् एक सय ३४ सदस्यीय चिनिया टोली बिहीबार दिउँसो पोखरा आइपुगेको छ ।
इजरायलद्वारा लेबनानस्थित हिजबुल्लाहको मुख्य गढमा आक्रमण
इजरायलले लेबनानको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको क्षेत्रमा छापा मार्दै बिहीबार दक्षिण बेरुतस्थित हिजबुल्लाहको मुख्य गढमा हवाई आक्रमण गरेको छ ।
राष्ट्रपति पौडेलले गर्नुभयो गौरीघाट र कमलपोखरीमा छठ पूजा
राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ छठ पर्व २०८१ का अवसरमा छठी माताको पूजा आराधना गर्नुभएको छ ।
रास्वपाले तोक्यो उपनिर्वाचनको जिम्मेवारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उपनिर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन परिचालनको जिम्मेवारी तोकेको छ ।
अस्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले फेसबुक टिकटकजस्ता सामाजिक सञ्जालले बालबालिकाहरूमा हानि गरिरहेको बताउँदै १६ वर्ष मुनिका बालबालिकामा यसको पहुँचमा प्रतिबन्ध लगाउने तयारी गरेको बताउनुभएको छ ।
उपचारका क्रममा कैदीको मृत्यु
सिन्धुली कारागार कार्यालयमा रहेका कैदी छिरेश्वर नगरपालिका–२ धनुषा निवासी ५४ वर्षीय रामनन्दन साह सुडीको मृत्यु भएको छ ।
चरम निराशालाई कम गर्न ठुला दुई दल एक ठाउँमा : उपमहासचिव ज्ञवाली
नेपाल कम्यनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले जनतामा छाएको चरम निराशालाई कम गर्नका लागि देशका ठुला दुई दल एक ठाउँमा भएको बताउनुभएको छ ।
फुङ्लिङ बजार अब प्रत्येक शुक्रबार बन्द हुने
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार शुक्रबारदेखि साप्ताहिक बन्द हुने भएको छ । दसैँ र तिहार पर्वको समयमा खुला गरिएको फुङ्लिङ बजार अब प्रत्येक शुक्रबार बन्द हुने भएको हो ।
महोत्तरीमा छठ पूजाको तयारी
महोत्तरीको जलेश्वर नगरपालिका –१ स्थित पवित्र पोखरी वरूण सरोवर परिसरमा छठी मातालाई चढाउन राखिएका फलफूललगायत पूजाका सामग्री ।
तरकारी खेतीबाट राम्रो आम्दानी
रामपुर नगरपालिका–६ स्थित प्याक्लुककी गङ्गा बस्यालले विसं २०७२ देखि व्यावसायिक तारकारी खेती गर्दै आउनुभएको हो।
व्यावसायिक ‘ड्रागन फ्रुट’ खेतीमा आकर्षण बढ्दै
वर्षमा दुई पटक फल दिने र खेती गर्न पनि सहज हुने भएकाले पछिल्लो समय जिल्लाका अधिकांश पालिकाका किसान ‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित भएका छन्।
सार्वजनिक शौचालय नजिकै नवजात शिशु फेला
मकवानपुरको थाहा नगरपालिकामा सार्वजनिक शौचालय नजिकै रहेको झाँडीमा एक नवजात शिशु फेला परेका छन् ।
छठको अवसरमा मन्त्री पाण्डे जनकपुरधाममा
मिथिलाञ्चल क्षेत्रमा धूमधामका साथ मनाइने छठ पर्वको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे बिहीबार पवित्र जनकपुरधाम पुगेर छठीमाइको पूजाअर्चना गर्नुभएको छ ।
दोस्रो खेलमा नेपाल १०८ रनले विजयी : कुवेत २२ रनमा अलआउट
आइसिसी महिला यु–१९ विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई १०८ रनले पराजित गरेको छ।
गाजामा पाँच लाखभन्दा बढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइयो
जारी युद्धको बाबजुद गाजामा पोलियो खोप अभियान पूरा भएको छ । अभियानअन्तर्गत पाँच लाखभन्दा बढी प्यालेस्टिनी बालबालिकाहरूलाई खोप लगाएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
किसानलाई धान भित्र्याउने चटारो
सिन्धुलीका किसानलाई यतिखेर धान भित्र्याउने चटारो छ । तिहारअघि काटेको धानबाली वर्षाका कारण खेतमा नै नोक्सान भएपछि मौसममा सुधार आउने बित्तिकै उनीहरूलाई धान भित्र्याउन चटारो परेको हो ।
'ट्रम्पको पुनरागमन ‘गलत नीति’को पुनरावलोकन गर्ने मौका'
इरानले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन नेता तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको विजयलाई अमेरिकाका लागि विगतका ‘गलत नीतिहरू’को पुनरावलोकन गर्ने अवसर भएको बताएको छ ।
खोला तर्न बाँसको कच्ची पुल
हुलाकी राजमार्गअन्तर्गत कन्काई खोलामा वर्षौँअघि सुरु भएको पुल नबनेपछि समस्या परेका स्थानीयलाई आवतजावतमा सहजताका लागि बाँसको पुल बनाइएको छ ।
असहाय बालकलाई कम्बल सहयोग
सदरमुकाम तौलिहवास्थित रहेको बालगृहका बालकलाई बुद्धभुमि नगरपालिकाले कम्बल सहयोग गरेको छ ।
दाङबाट आएको बस पोखरामा दुर्घटना, दुई घाइते
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २२, पुम्दीकोटमा बिहीबार दिउँसो भएको दुर्घटनामा दुई जना घाइते भएका छन्।
प्रदेश स्तरीय औद्योगिक व्यापार मेलाको तयारी
नवलपुरमा दोस्रो गण्डकी प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि महोत्सव हुने भएको छ । कृषि उत्पादन र पर्यटकीय क्षेत्रको प्रवर्धनका लागि जिल्लाको गैँडाकोटस्थित नारायणी नदी किनारमा महोत्सव गर्न लागिएको हो ।
ठुलो केदार मेला प्रारम्भ
लगातार दश दिनसम्म चल्ने अछामको सबैभन्दा ठुलो केदारनाथ मेला यस वर्ष प्रारम्भ भएको छ । केदारनाथ देवताको पूजाआजासहित कार्तिक शुक्ल पञ्चमीदेखि चर्तुदशीसम्म मेला लाग्ने गर्छ ।
बालिकाको मृत्यु हुँदा तीन चिकित्सक नियन्त्रणमा
डोटीको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सुजङ्ग अस्पतालमा हात भाँचिएकी बालिकाको उपचार गर्ने क्रममा ज्यान गएको छ ।
उपनिर्वाचनमा एक्लै चुनाव लड्छौँ : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले उप-निर्वाचनमा एमाले एक्लै चुनाव लड्ने बताउनुभएको छ ।