‘कांग्रेसकै नेतृत्वमा सरकार’
सत्ता साझेदार प्रमुख तीन दल नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) नयाँ सरकार गठनको गृहकार्यमा जुटेका छन्।
नयाँ सरकार गठनबारे छलफल
सत्ता साझेदार दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का शीर्ष नेताबीच नयाँ सरकार गठनका विषयमा छलफल भएको छ। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूबीच नयाँ सरकार गठन र शक्ति बाँडफाँटका विषयमा छलफल भएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ भएको छलफल नयाँ सरकारको नेतृत्वमै केन्द्रित थियो। कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच सरकार गठनका विषयमा छलफल भएको बताउनुभयो।
स्थानीयले बनाए अस्थायी पुल
राज्यले चासो नदिएपछि स्थानीयले काठका फलेक राखेर सेती नदीमा अस्थायी पुल निर्माण गरेका छन् । बैतडीको सिगास गाउँपालिका–७, भौनेलीपातलदेखि डोटीको आदर्श गाउँपालिका–६, पाङबबिना जोड्ने पुल डेढ वर्षअघिको बाढीले भत्काएको थियो । २०७८ साल कात्तिकमा सेती नदीको बाढीले पुलसँगै स्थानीय १०३ घरपरिवारको जग्गासमेत बगाएको थियो । बाढीपीडितले अहिलेसम्म कुनै राहत पाउन सकेका छैनन् । स्थानीय पदम खडायतले पुलको अभावमा स्थानीयवासीको दैनिकी कष्टकर बनेपछि समुदायको अगुवाइमा अस्थायी काठेपुल बनाइएको बताउनुभयो ।
महतो र गुरुङले सांसदका रूपमा काम गर्न नपाउने
प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यद्वय टेकबहादुर गुरुङ र लक्ष्मी महतो कोइरीले सदस्यका रूपमा काजकाज गर्न नपाउने भएका छन् । सदस्यका रूपमा शपथ लिएको भोलिपल्टै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीले मुद्दाका विषयमा सङ्घीय संसद्मा पत्राचार गरेको हो । सम्बन्धित निकायको पत्राचारसँगै दुवैले सदस्यका रूपमा कामकाज गर्न पाउने छैनन् । यस्तै सदस्यका रूपमा पाउने सेवा सुविधा पनि रोकिनेछ ।
पाँच महिनामै अठतीस हजारले लिए एनओसी
पाँच महिनाको अवधिमा विदेशमा उच्च शिक्षा आर्जन गर्न चाहने ३८ हजार ६१ जनाले ‘नो अब्जेक्सन लेटर (एनओसी)’ लिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको यो तथ्याङ्कले विशेष गरी युवापुस्ता मुलुकमा टिक्न नसकेको डरलाग्दो अवस्थाको चित्रण गरेको छ। स्वदेशी शिक्षाको प्रवद्र्धनका लागि सरकार तथा निजी क्षेत्रबाट स्थानीय स्तरमै विभिन्न अभियान सञ्चालन गरिएको भए पनि प्रभावकारी हुनसकेको छैन। उच्च शिक्षा अध्ययनका लागि विदेशिने क्रम बढेसँगै स्वदेशी क्याम्पस सञ्चालकहरूले भने चिन्ता व्यक्त गरेका छन्। मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन प्रमाणीकरण शाखाका प्रमुख वासुदेव वस्तीका अनुसार गत साउनदेखि मङ्सिर मसान्तसम्म ‘नो अब्जेक्सन लेटर’ लिएकाहरूबाट राज्यले आठ करोड २१ लाख ३२ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ। यस अवधिमा एक हजार ५५८ जनाको नो अब्जेक्सन लेटर रद्द भएको छ।
सरकारी वकिलले दबाब र प्रभावमा नपरी काम गर्नुपर्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पक्षको दबाब र प्रभावमा नपरी काम गर्न आग्रह गर्नुभएको छ।
विपन्न विद्यार्थीलाई न्यानो कपडा
कपिलवस्तु शिवराज नगरपालिका –१ का सरस्वती आधारभूत विद्यालयका २७ जना विपन्न विद्यार्थीले न्यानो कपडा पाएका छन् । विपन्न परिवारका विद्यार्थी जाडो याममा विद्यालय जाँदा सास्ती खेप्नु परेपछि पितृको स्मृतिमा चन्द्रौटा बजारका व्यवसायी विष्णु कँडेल र गीता कँडेलले न्यानो कपडा वितरण गर्नुभएको हो ।
हिमालय रोड सौन्दर्यकरणको काम अघि बढ्यो
विराटनगरको हिमालय रोडलाई सौन्दर्यकरण गर्ने काम अब एक महिनाभित्र सम्पन्न गर्ने विराटगनर महानगरपालिकाले जनाएको छ । निर्माण सम्पन्न भएसँगै त्यसलाई व्यावसायिक उपयोगमा ल्याउने महानगरको तयारी छ ।
राइनासटार सिंचाई योजनाको पक्षमा लमजुङका सांसद
लमजुङको राइनासटार सिंचाई योजनाका उपभोक्ताको मागलाई सम्बोधन गर्नुपर्नेमा लमजुङका आठ जना सांसदहरुले ऐक्यवद्धता जनाएका छन् । संघ र प्रदेशमा निर्वाचित सांसदहरुले प्रेस विज्ञप्ति जारी गर्दै राइनासटार सिंचाई योजनामा पानीको प्राकृतिक वहावमा अवरोध हुन नदिन र समयमै किसानको जायज माग सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
चार्ल्स शोभराज कतार एअरवेजबाट फ्रान्स जाँदै
अध्यागमन विभागले फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगेको छ ।
कांग्रेस कर्णाली संसदीय दलको नेतामा शाही सर्वसम्मत चयन
नेपाली कांग्रेस कर्णाली प्रदेशको संसदीय दलको नेतामा वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाही सर्वसम्मत चयन हुनुभएको छ ।
शहीदको सम्झनामा पार्क र छात्रावास निर्माण
तनहुँमा शहीदको सम्झनामा पार्क तथा छात्रावास निर्माण गरिएको छ । व्यास नगरपालिका –१ भादगाउँ, दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको परिसरसँग जोडेर शहीदचन्द्र नेपाली छात्रावास तथा पार्क निर्माण गरिएको हो ।
लुम्बिनी चिनी उद्योगको आवास भवन अलपत्र
पश्चिम नवलपरासीको सुनवलमा रहेको लुम्बिनी चिनी उद्योग परिसरमा रहेका एक दर्जन आवास भवनहरु रेखदेखको अभावमा अलपत्र परेका छन् । चीन सरकारको आर्थिक सहयोगमा बनेको देशकै ठूलो लुम्बिनी चिनी उद्योग निजीकरण भएपछि सञ्चालको लापर्वाहीका कारण उद्योगभित्र र उद्योग परिषर बाहिर रहेका करोडौं रुपियाँ लगानीका दर्जनभन्दा बढी आवास भवनहरु रेखदेखको अभावमा अलपत्र छन् ।
कांग्रेस मधेश प्रदेश दलको नेता छान्न समिति गठन
नेपाली कांग्रेस मधेश प्रदेश समितिको बैठकले प्रदेश संसदीय दलको नेता छनोट गर्न प्रदेश समितिका उपसभापति चन्द्रशेखरकुमार यादवको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ ।
वनको दिगो विकासका लागि वन व्यवस्थापन गरिँदै
कपिलवस्तुबाट वन संवर्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यको शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेशभित्र रहेका राष्ट्रिय वनको दिगो विकास, संरक्षण तथा वन पैदावारको सदुपयोग गर्न सो कामको शुरुवात गरिएको हो ।
बाजुरामा भुवा पर्वको रौनक सुरु
ए यो भुवो काँ जादो ? भस्सा रे भस्सा । ए दै केला खान, भस्सा रे भस्सा ।। ए भुवा ए भुवा भस्सा भस्सा भस्साइरे.... भस्सा ।। भुवापर्व सुरु गरेर भुवा छोड्ने बेला र गाउँमा भुवा माग्न जाने बेलामा भुवा र भस्सो खेल्नेहरुले बाजुरामा यो भाका वाचन गर्ने गर्छन् । बाजुरामा आजदेखि भुवापर्व खेल्न सुरु गरिएको छ । कतै बिहीबार राति र कतै शुक्रबार बिहानदेखि भुवा खेल्ने ठाउँमा यहाँका स्थानीयले ठूला मुढा बालेर भुवा पर्व सुरु गरेका हुन् ।
चिसोबाट नागरिकलाई बचाउन रकम खर्च गर्ने अख्तियारी
सरकारले शीतलहर, हिमपात तथा अत्यधिक चिसोबाट नागरिकलाई बचाउन जिल्लामा रहेको विपद् व्यवस्थापन कोषबाट खर्च गर्ने गरि विभिन्न जिल्लालाई अख्तियारी दिएको छ ।
पत्रकारिताको मर्यादामाथि गम्भीर हुन राष्ट्रपति भण्डारीको आग्रह
पत्रकारिताको मर्यादामाथि गम्भीर हुन राष्ट्रपति विद्यादेवी भण्डारीले आग्रह गर्नुभएको छ । सुर्खेतमा आज शुक्रबार आयोजित नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारण सभाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सो आग्रह गर्नुभएको हो ।
जाडोमा आगो, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह
सरकारले जाडोमा आगो, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।
धनुषाधामका सरोवरको सरसफाइ : बन्यो चिटिक्क
धनुषाको धार्मिक पर्यटक स्थल धनुषाधाममा रहेको धार्मिक महत्वको सरोवरहरुको सरसफाइ गरिएको छ । सरसफाइपछि चिटिक्क देखिएका छन् । स्थानीय युवाहरुले समूह बनाएर धार्मिक महत्वका धनुष सागर र वाणगङ्गा सरोवर सरसफाइ गरेपछि चिटिक्क भएको हो । धनुष सागरमा स्नान गरेमा मुसे रोग (अइल्हा) र छारेरोग निको हुने जनविश्वास छ ।
चार्ल्स शोभराजलाई अध्यागमनको जिम्मा लगाइयो
हत्यासहितका विभिन्न अपराधको सजाय काटिरहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई केन्द्रीय कारागारको गोलघरबाट कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाइएको छ ।
हस्तान्तरण नहुँदै जीर्ण बन्यो स्वास्थ्य चौकी भवन
गाउँमा नै स्वास्थ्य केन्द्रको भवन बनेपछि सहज स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास लिएका वालिङ –१० का नागरिक फेरि चिन्तित बनेका छन् । शहरी स्वास्थ्य केन्द्रले भवन निर्माण गरेको दुई वर्षमै जीर्ण बनेपछि यहाँका नागरिक चिन्तित बनेका हुन् ।
चिसोमा न्यानो कपडा पाउँदा दङ्ग
कालीकोटको तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकाभित्रका विपन्न परिवारलाई दाताको सहयोगले ठूलो राहत भएको छ ।
राहदानी लिन घण्टौँ लाइनमा (फोटो फिचर)
शुक्रबार बिहानैदेखि राहदानी विभागदेखि त्रिपुरेश्वर चोकसम्म नै दोहोरो लाइन बसेर सेवाग्राहीहरुले राहदानी लिइरहेको देख्न सकिन्छ ।