प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच छलफल
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच बालुवाटारमा छलफल जारी छ ।
क्रिसमसको शुभकामना
गृहमन्त्री बालकृष्ण खाणले इसाई धर्मावलम्बीहरूको महान् चाड क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
‘गठबन्धनकै नेतृत्वमा सरकार’
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई दाबी पेस गर्न आह्वान गर्नुभएको एक साताको समयसीमा आइतबार सकिँदै छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीले पुस ३ गते दलहरूलाई प्रधानमन्त्री नियुक्त गर्न दिनुभएको समय आज साँझ ५ बजे सकिँदै छ ।
अमेरिकामा लुटियो नेपाली दूतावासको सेवा शुल्क
अमेरिकास्थित नेपाली दूतावासले सङ्कलन गरेको सेवाशुल्क रकम लुटिएको छ। दूतावासले डिसेम्बर १५ देखि २० तारिखसम्म अमेरिकाका विभिन्न सहरमा कन्सुलर सेवा शिविर सञ्चालन गर्दा सङ्कलित रकमको मनी अर्डर र चेक लुटिएको जनाइएको छ। दूतावासले सेवा सहजीकरण गर्ने भन्दै डल्लास, अस्टिन र ह्युस्टन सहरमा सेवा शिविर सञ्चालन गरेको थियो। सेवा सकेर ह्युस्टन सहरबाट राजधानी वासिङ्टन डिसी फर्कने क्रममा कारभित्र राखिएका सेवाशुल्कबापतको मनी अर्डर क्यासियर चेकहरू शुक्रबार मध्याह्न बाटैमा लुटिएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।
हवाई भाडा र उडानमा ‘कार्टेलिङ’ नगर्न ध्यानाकर्षण
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई भाडा र उडानमा हुँदै आएको ‘कार्टेलिङ’ नगर्न विमान कम्पनीहरूलाई ध्यानाकर्षण गराएको छ । आन्तरिक सेवा दिँदै आएका हवाई कम्पनीले आपसी मिलेमतोमा समान हवाई भाडा निर्धारण तथा उडान ‘मर्ज’ भइरहेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियमनमा कडिकडाउ गर्न मन्त्रालयले ध्यानाकर्षण गराउनुका साथै निर्देशनसमेत दिएको छ ।
नतिजाको सुरसार छैन नयाँ भर्नाको आह्वान
त्रिभुवन विश्वविद्यालयले स्नातक तहका सम्पूर्ण विषय र वर्षका परीक्षा नतिजा सार्वजनिक नगरी स्नातकोत्तर तहको भर्ना आह्वान गरेको छ। स्नातक तहको परीक्षाफल सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालय र स्नातकोत्तर तहको भर्ना आह्वान गर्ने शिक्षाध्यक्षको कार्यालयबीच समन्वय नहुँदा विद्यार्थी भने अन्योलमा छन्। स्नातकोत्तर तहको भर्ना शिक्षाध्यक्ष कार्यालयअन्तर्गतको सम्बन्धित डिन कार्यालयले गर्छ।
तीन वर्ष बित्दा पनि औद्योगिकग्रामको पर्खाल पूरा भएन
नेपाल सरकार उद्योग मन्त्रालयको योजनाअनुसार पश्चिम नवलपरासीको सुनवल औद्योगिकग्रामको काम तीन वर्षमा पर्खालसम्म बन्न सकेको छैन ।
शपथग्रहण छलफलका लागि मधेस प्रदेशमा सर्वदलीय बैठक
मधेश प्रदेश सभाको प्रभावकारी व्यवस्थापन तथा नवनिर्वाचित सभा सदस्यलाई शपथग्रहण गराउने विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ ।
दाङको छिल्लीकोटमा जीपलाइन सुरु हुँदै
तुलसीपुर उपमहानगरपालिका –१९ छिल्लीकोटमा साहसिक खेल जीपलाइन तीन महिनाभित्र सञ्चालनमा ल्याइनेभएको छ ।
नारायणगढ सडक सीमाभित्रका संरचनामा डोजर चलाइँदै (फोटो फिचर)
सडक डिभिजन कार्यालय भरतपुरले नारायणगढमा सडक सीमाभित्र रहेका घरटहरामा डोजर चलाएको छ ।
लघुउद्यमीहरुका स्थानीय उत्पादन बिक्रीमा समस्या
कपिलवस्तुको शिवराज नगरपालिका –९ तुरन्तपुरका कमला राना पालिकाले प्लास्टिकका सामग्री प्रयोग गर्न निरुत्साहित गर्ने समाचार सुनेपछि दङ्ग पर्नुभयो ।
नेपालगञ्ज भूकम्पको उच्च जोखिममा
नेपालगञ्ज उपमहानगरका अधिकांश घरहरू भूकम्पको उच्च जोखिममा रहेको पाइएको छ । उपमहानगरको पुरानो बस्ती र मापदण्ड विपरीत निर्माण भएका अधिकांश घर भूकम्पको अत्यधिक जोखिममा रहेको पाइएको हो ।
पुरानो संसद् भवन पुनर्निर्माणको तयारीमा
सिंहदरबारभित्र रहेको पुरानो संसद् (ग्यालरी बैठक) भवन पुनर्निर्माण गरिने भएको छ । इतिहास बोकेको उक्त भवन पुनर्निर्माणका लागि सहरी विकास मन्त्रालय अन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले चासो देखाएपछि सो भवन पुनर्निर्माण हुने भएको हो ।
सर्पदंश उपचार सेवालाई व्यवस्थित बनाइँदै
झापाको दमकस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखाले सञ्चालन गर्दैआएको सर्पदंश उपचार सेवालाई थप प्रभावकारी बनाउने तथा सिकिस्त बिरामीको उपचारका लागि भेन्टिलेटर सुविधा उपलब्ध गराउने साधारण सभाबाट निर्णय गरेको छ ।
नेपाल पत्रकार महासङ्घद्वारा ‘सुर्खेत घोषणा’ जारी
नेपाल पत्रकार महासङ्घले आचारसंहिताको पूर्ण पालना गरेर जिम्मेवार र मर्यादित पत्रकारिता गर्न आह्वान गरेको छ।
ढिलो गरेकाले प्रचण्डको नेतृत्वमा सरकार बन्ने सम्भावना गुम्दैछ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ढिलो गर्दै जानुभएकाले उहाँको प्रधानमन्त्री हुने चाहना पूरा नहुने दाबी गर्नुभएको छ । एमाले प्यूठान–काठमाडौं सम्पर्क मञ्चको शनिबार ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
साताका सात तस्बिर
बुधबार अनामनगरको धोविखोलास्थित देवीनगरको सरकारी जग्गामा निर्माण गरिएका अवैध संरचना भत्काउँदै काठमाडौं महानगरपालिका । तस्बिर : कविन अधिकारी ललितपुर महानगरपालिकाले फुटपाथमा व्यापार गर्न रोक लगाएपछि सामान हातमा सामान बोकेर बोकेर बिक्री गर्दै फुटपाथ व्यापारी। तस्बिर : कविता थापा भूकम्पले भत्किएको घरको भग्नावशेषलाई नियाल्दै डोटीको पूर्वीर्चाकी–३ गैरागाउँकी ७९ वर्षीया खिनादेवी बोहरा। भूकम्पले यो घर भत्किदा पुरिएर खिनादेवी बोहराका एक छोरा र दुई नातिनीको ज्यान गएको हो। तस्बिर : डिलबहादुर सिंह नेपाली कांग्रेसको संसदीय दलको नेतामा निर्वाचित भए पछि प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्रीसमेत रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवा। तस्बिर : विकाश द्वारेप्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथपछि आयोजित चियापान समारोहमा सहभागी प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबरा, प्रधानमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा (एमाले) अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल। तस्बिर : विकास द्वारेनेपालको जेलमा दुई दशक बिताएका फ्रान्सेली नागरिक चाल्र्स शोभराजलाई शुक्रबार अध्यागमन विभागमा उपस्थित गराएर सिधै फ्रान्स डिपोट गर्ने तयारी गर्दै अध्यागमन विभागका कर्मचारी र सुरक्षाकर्मी। तस्बिर : कबिन अधिकारी
पुस १४ मा बागमती प्रदेश सभा सदस्यको शपथ
बागमती प्रदेशको प्रदेश सभाका सदस्यहरूको शपथ बिहीबार पुस १४ गते हुनेभएको छ । प्रदेश सभा सचिवालयमा बसेको सर्वदलीय बैठकले प्रदेश सभाका सदस्यहरूको शपथ ग्रहण कार्यक्रम राख्ने निर्णय गरेको हो ।
ठेकेदारले काम नगरेपछि दिक्तेल–गाईघाट सडक कालोपत्रको ठेक्का तोडियो
सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने गाईघाट–दिक्तेल सडकखण्डको दुई वटा प्याकेज (खण्ड) कालोपत्रको ठेक्का तोडिएको छ ।
अर्गानिक अमलाको अचारबाट गाउँमै राम्रो आम्दानी
वालिङ नगरपालिका –१२ का युवा डोलराज (डोलम) पराजुलीले अमलाको फलबाट अचार र बेलको फलबाट चिया बनाएर राम्रो आम्दानी गर्नुभएको छ ।
स्ववियु निर्वाचन फागुन २८ गते गर्ने त्रिविको तयारी
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन २८ गते तयारी गरेको छ ।
हल्का वर्षा र हिमपातको सम्भावना
पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा बदली गराउनुका साथै पूर्वी भेगका केही स्थानमा हल्का वर्षा तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
स्वास्थ्य पूर्वाधारमा ध्यान दिन आवश्यक : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले ज्येष्ठ नागरिकको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न स्वास्थ्य प्रणालीमा सुधार गरिरहेको बताउनुभएको छ ।
कानुन नबन्दा कार्यसम्पादन कठिन
दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख विजयसिंह धामीले स्थानीय सरकार प्रमुख भएको महसुस गर्न सक्नुभएको छैन । उहाँ २०५४ सालमा पनि साविकको स्थानीय निकायमा जनप्रतिनिधि हुनुहुन्थ्यो । अहिले स्थानीय सरकार प्रमुख भएर काम गर्दा व्यवहारमा सरकार प्रमुख भएको महसुस नभएको उहाँको ठम्याइ छ । उहाँले भन्नुभयो, “पहिला साधन स्रोत कम थियो । अहिले साधन र स्रोत अलि बढी छ । पहिला काम गर्न ऐन नियमले रोक्दैन थियो । अहिले सबै काममा कानुनी बाधा सिर्जना हुन्छ ।”