मिटरब्याजपीडितको छानबिन आयोगमार्फत
सरकार र मिटरब्याजपीडितबिच सहमति भएको छ । गृह मन्त्रालयमा भएको दुईपक्षीय छलफलपछि चारबुँदे सहमति भएको हो । मिटरब्याज तथा ठगीविरुद्ध किसान समिति गठन गरेर आन्दोलनरत किसानसँग मङ्गलबार सरकारले सहमति गरेको हो । सहमति अनुसार अनुचित लेनदेन (मिटरब्याज) अपराधबाट सिर्जित समस्या अन्त्य गरी दीर्घकालीन समाधान गर्नुपर्ने भएकाले अध्ययन तथा जाँचबुझ गरी राय/सुझावसहितको प्रतिवेदन पेस गर्न तीन सदस्यीय अनुचित लेनदेन (मिटरब्याज) विरुद्ध जाँचबुझ आयोग गठन गर्ने निर्णय भएको छ । समितिले तीन महिनाभित्र सरकारलाई प्रतिवेदन बुझाउने छ ।
हवाई यात्रुको बिमा रकम बढ्ने
सरकारले आन्तरिक हवाई दुर्घटनामा परेर ज्यान गुमाउने यात्रुलाई सवा करोड रुपियाँभन्दा बढी रकम दिने व्यवस्थासहित हवाई यात्रुमैत्री कानुन निर्माण प्रक्रिया अघि बढाएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सोमबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै हवाई यातायात सेवा सञ्चालन, संस्थाको दायित्व तथा बिमा व्यवस्था गर्ने विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बिमा सम्बन्धमा व्यवस्था गर्ने विधेयक बनाउन फागुन दोस्रो साता प्रारम्भिक मस्यौदा मन्त्रीपरिषद्मा दर्ता गराएको थियो । पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले मन्त्रीपरिषद्बाट उक्त विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्राप्त भएसँगै अब हवाई यात्रुमैत्री कानुन निर्माणको प्रक्रिया अगाडि बढ्ने बताउनुभयो ।
विश्वासको मत लिँदै प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभामा बुधबार विश्वासको मत लिँदै हुनुहुन्छ । २०७९ सालको निर्वाचनपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लाग्नुभएको यो तेस्रो पटक हो । सत्ता गठबन्धन फेरबदलका कारण प्रधानमन्त्रीले तेस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो । विश्वासको मत लिनेबारे प्रधानमन्त्रीले संसद् सचिवालयमा यसअघि नै लिखित पत्र पठाइसक्नु भएको छ । सरकारमा सहभागी नेपाली कांग्रेसले समर्थन फिर्ताको निर्णय गरेपछि संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिन लाग्नुभएको हो ।
पाँच राजनीतिक दलबिच सात बुँदे सहमति
नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेकपा (एकीकृत समाजवादी) का बिच सात बुँदे सहमति भएको छ ।
राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन (प्रत्यक्ष प्रसारण)
सङ्घीय सांसदअन्तर्गत राष्ट्रिय सभाको बैठक सुरु भएको छ । बैठकमा राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन हुनेछ ।
मिटरब्याजीपीडितसँगको सहमति पूर्ण कार्यान्वयन गरिन्छः उपप्रधानमन्त्री लामिछाने
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मिटरब्याजीपीडितसँगको सहमति पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
कोशी बाढीपीडित : क्षतिपूर्तिको आसमा बगरको तिरो तिर्दै
लालपुर्जा साथमै छ, जग्गा सप्तकोशीको पानीमुनि । सप्तकोशी नदीमा बाढीसँगै आउने पानी, बालुवा र ढुङ्गामुढाले पुरेपछि हजारौँ नागरिकको घरबार र सपना पनि बगाएको छ । सबैभन्दा ठुलो क्षेत्रमा फैलिएर बग्ने सप्तकोशीमा आएको बाढीको डुबान र कटानमा परेर चार हजारभन्दा बढी घरपरिवार विस्थापित बनेका छन् । पाँच दशकदेखि विस्थापित कोशीपीडितले अहिलेसम्म पनि मुआब्जा पाउन सकेका छैनन् ।
राष्ट्रिय सभा अध्यक्ष निर्वाचन आज
राष्ट्रिय सभा अध्यक्ष पदका लागि सत्ता गठबन्धन र प्रतिपक्षीबाट एक/एक जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवारीको प्रस्तावलाई मङ्गलबारको राष्ट्रिय सभा बैठकमा निर्णयार्थ प्रस्तुत गरिने छ । सङ्घीय संसद् सचिवालयका अनुसार नेपाली कांग्रेसबाट राष्ट्रिय सभा सदस्य युवराज शर्माको उम्मेदवारीको प्रस्ताव दर्ता भएको छ । सत्ता पक्षबाट राष्ट्रिय सभा सदस्य नारायणप्रसाद दाहालले उम्मेदवारी दिनुभएको छ ।
सगरमाथा क्षेत्रमा पर्यटकको लर्को
प्रमुख पर्यटकीय गन्तव्य सर्वोच्च शिखर सगरमाथा क्षेत्रको भ्रमणमा पर्यटकहरु ।
राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
एक करोड १६ लाख रुपियाँसहित पाँचजना पक्राउ
प्रहरीले बाँकेमा स्रोत नखुलेको एक करोड १६ लाख रुपियाँ बढी बरामद गर्न सफल भएको छ । प्रहरीले ३९ लाख रुपियाँ बरामद गरेको १५ घण्टा नपुग्दै फेरि स्रोत नखुलेको सो रकम बरामद गरेको हो ।
नेपाललाई युक्रेन बनाउन खोजे प्रतिवाद गर्छौं : विप्लव
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ( विप्लव सी) ले नेपाललाई अमेरिकी साम्राज्यवादले युक्रेन बनाउन खोजे त्यसको प्रतिवाद गरिने चेतावनी दिनुभएको छ ।
टोपबहादुर ओलीको उद्धारमा सहयोग गर्न आग्रह
वैदेशिक रोजगारीका लागि मलेसिया गएका बर्दियाका टोपबहादुर ओली बिरामी भई उपचारमा समस्या आएको जनाउँदै परिवारका सदस्यले सहयोग गर्न आग्रह गर्नुभएको छ ।
दरबार सौन्दर्यमा सरकारको चासो
पाल्पा दरबारको सौन्दर्य र पर्यटन प्रवर्धन गर्न सरकाले चासो देखाएको छ । दरबारको सौन्दर्यकरण गर्दै यसको संरक्षण र संवर्द्धन गर्न सरकार लागेको हो ।
मङ्गलसेनमा वृद्ध मृत फेला
मङ्गलसेनमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । मङ्गलसेन नगरपालिका –३ खारखोला जङ्गलमा मृत अवस्थामा भेटिएका हुन् ।
स्वास्थ्य शिविरमा ३२३ ले लिए सेवा
भीरकोट नगरपालिका, हेलुमा गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा ३२३ जनाले सेवा लिएका छन् । लायन्स क्लब अफ भीरकोटको वार्षिक कार्ययोजना भीरकोट नगर अस्पताल हेलुमा स्वास्थ्य शिविर गरिएको हो ।
‘आफूले चाहेको समयमा बच्चा जन्माउन शुक्रकीट भण्डारण’
थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले पुरुषको शुक्रकीट भण्डारण गरेर राख्ने काम सुरु गरेको छ । अस्पतालकी क्लिनिकल इम्ब्रियोलोजिस्ट डा= विनीता थापाले निःसन्तान दम्पतीलाई ध्यानमा राखेर पुरुषको शुक्रकीट भण्डारण गरेर राख्ने कार्य सुरु गरेको बताउनुभयो ।
राष्ट्रपतिद्वारा ग्याल्पो ल्होसारको शुभकामना
राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्दछु । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र हो । ग्याल्पो ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास राष्ट्रपति पौडेलले आज जारी गर्नुभएको शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ ।
ग्याल्पो ल्होसार पर्वले पारस्परिक सद्भावलाई अक्षुण्ण राख्न सहयोग पुग्ने
उपराष्ट्रपति रामसहायप्रसाद यादवले शेर्पा समुदायको पर्व एवं नयाँ वर्ष ग्याल्पो ल्होसार–२१५१ले नेपालीबीच बन्धुत्व, मेलमिलाप, मैत्रीभाव र पारस्परिक सद्भावलाई अक्षुण्ण राख्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । ग्याल्पो ल्होसारको उपलक्ष्यमा देश र विदेशमा रहनुभएका शेर्पा समुदायका दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै उहाँले राष्ट्रिय एकतालाई थप बलियो, सुदृढ बनाउनुका साथै मुलुकमा बहुभाषा र बहुसंस्कृतिलाई जीवन्त बनाउन सहयोग गर्ने बताउनुभएको छ ।
सभापति देउवाद्वारा ग्याल्पो ल्होसारको शुभकामना
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ग्याल्पो ल्होसारका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समुन्नतिको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज दिनुभएको शुभकामना सन्देशमौ नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायले मनाउने ग्याल्पो ल्होसार एक महत्वपूर्ण पर्व भएको बताउनुभएको छ ।
प्रत्यक्ष वैदेशिक लगानी पाँच गुणाले बढ्यो
मुलुकमा भित्रिने प्रत्यक्ष वैदेशिक (एफडिआइ) झन्डै पाँच गुणाले बढेको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवर्षको साउनदेखि माघ महिनासम्म पाँच अर्ब १८ करोड रुपियाँ एफडिआई भित्रिएको छ । गत वर्ष सोही अवधिमा एक अर्ब चार करोड रुपियाँ मात्र एफडिआई भित्रिएको थियो । चालु आवको सात महिनामा पुँजीगत ट्रान्सफर २९ प्रतिशतले कमी आई तीन अर्ब ८० करोड रुपियाँ कायम भएको छ । गत वर्ष सो अवधिमा पुँजीगत ट्रान्सफर पाँच अर्ब ३५ करोड रुपियाँ कायम रहेको थियो ।
सात महिनामा आठ खर्ब उनन्चालिस अर्ब विप्रेषण
चालु आर्थिक वर्ष २०८०/८१ को सात महिनामा विप्रेषण आप्रवाह आठ खर्ब ३९ अर्ब पुगेको छ । सात महिनामा विप्रेषण आप्रवाह २१.६ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई छ अर्ब ३१ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो विप्रेषण १६.४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ४७ हजार १२ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ५८ हजार ५४० रहेको छ ।
बढ्यो पशु चिकित्सक उत्तीर्ण दर
पशु चिकित्सकको अभाव भइरहेका बेला नेपाल पशु चिकित्सा परिषद्को नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको उत्तीर्ण दर सुखद देखिएको छ । पशु चिकित्सकको १९ औँ परीक्षाको नतिजामा ७९ प्रतिशत परीक्षार्थी उत्तीर्ण हुनुले चिकित्सक अभाव खड्किरहेका बखतमा राहत दिएको हो ।
दुई कृतिमाथि विमर्श
ताप्लेजुङमा साहित्यकारद्वय विमल वैद्य र मोमिला जोशीको कृतिमाथि विमर्श गरिएको छ । नेपाली कला साहित्य डटकम प्रतिष्ठानले आयोजना गरेको परिसंवाद कार्यक्रममा साहित्यकार वैद्य र जोशीको प्रकाशित कृतिको विमर्श गरिएको हो ।