स्रोत नखुलेको एक करोड ५६ लाखको छानबिन राजस्व कोहलपुरले गर्ने
हुण्डी कारोवारको आशंकामा नेपालगन्जमा प्रहरीले नियन्त्रणमा लिएको स्रोत नखुलेको एक करोड ५६ लाख रुपियाँ र पक्राउ परेका आठ जनाको बारेमा विस्तृत छानबिन राजस्व अनुसन्धान कार्यालय कोहलपुरले गर्ने भएको छ।
गणतन्त्रलाई यथार्थमा रूपान्तरण गर्न एकजुट भएर लाग्नुपर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन, विकास र रोजगारी बढाएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई साकार पार्ने अभियानमा हामी सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ।
‘समय सुहाउँदो शिक्षा आवश्यक’
राष्ट्रपति रामचन्द्र पौडेललेले देशको समृद्धि र विकासको आधार नै समय सुहाउँदो शिक्षा आवश्यक रहेको बताउनु भएको छ । लहान–७ स्थित रहेको पशुपति आदर्श माध्यमिक विद्यालय लहान मटियर्वाको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्नुहुँदै यस्तो बताउनुभएको हो ।
सहिद स्मृति विद्यालयका विद्यार्थीसँग प्रधानमन्त्री
प्रधानमन्त्री एवम् सहिद प्रतिष्ठान नेपालका संरक्षक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा–१४ कास्कीस्थित सहिद स्मृति विद्यालयका विद्यार्थीहरूसँग भेटघाट र अन्तरक्रिया गर्नुभएको छ ।
चेरी फूलले बढाएको उपत्यकाको सौन्दर्य (फोटो फिचर)
अहिले भृकुटीमण्डपको पार्कदेखि काठमाडौँ उपत्यका विभिन्न सडक छेउ थरीथरीका फूलले सुन्दर देखिएका छन् । वसन्त ऋतुको आगमनसँगै उपत्यकाका सडक किनारा र पार्क छेउछाउका बोटबिरुवामा नयाँ पालुवासँगै फूल फुल्न थालेपछि थप सुन्दरता बढेको छ ।
विद्यार्थीको निःशुल्क दाँत परीक्षण
नेपालगन्जको सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको निःशुल्क दाँत परीक्षण गरी मञ्जन र ब्रस वितरण गरिएको छ ।
ढुवानीसम्बन्धी छुट्टै कानुन आवश्यक
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले ढुवानी सेवासम्बन्धी छुट्टै ऐन आवश्यक रहेको बताउनुभएको छ ।
‘सिङ्गो पार्टी नै माओवादी केन्द्रसँग एकता गर्न लागेको हो’
नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गङ्गानारायण श्रेष्ठले सिङ्गो नेपाल समाजवादी पार्टी नेकपा(माओवादी केन्द्र)सँग एकता गर्न लागेको बताउनुभएको छ ।
महोत्सव सफल पार्न तयारी तीव्र
आगामी चैत ६ गतेदेखि नेपालगन्जको वाटरपार्कमा आयोजना हुने सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सवको तयारी तीव्र पारिएको छ ।
प्रधानमन्त्री पोखरामा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यहाँ आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन पोखरा आइपुग्नुभएको छ । प्रधानमन्त्रीले पोखरा महानगरपालिका–१४ स्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयको अवलोकन पनि गर्नुभएको छ ।
अख्तियार कार्यालय सुर्खेतमा उजुरीका चाङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा उजुरीको सङ्ख्या दुई हजार ३९ पुगेको छ ।
‘तल्लो तहका जनताको उत्थान नै लोकतन्त्र, गणतन्त्र र समानता हो’
राष्ट्रपति रामचन्द्र पौडेलले दलित, उत्पीडित, जनजाति, महिला, आदिवासीलगायत सबैभन्दा तल्लो तहका जनताको उत्थान नै लोकतन्त्र, गणतन्त्र र समानता भएको बताउनुभएको छ ।
सरकारको न्यूनतम साझा कार्यक्रम सोमबार सार्वजनिक गर्ने तयारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सत्ता गठबन्धन कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको छ ।
पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी
पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । शनिबार पत्रकार सम्मेलनमार्फत पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको हो ।
राष्ट्रपति पौडेलद्वारा सालिक अनावरण
राष्ट्रपति रामचन्द्र पौडेलले जिल्लाको पिपरा गाउँपालिका– ४ मा निर्मित पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता स्वर्गीय रामनारायण मिश्र, जलेश्वर नगरपालिका–५ मा निर्मित पूर्वमन्त्री स्वर्गीय गणेश नेपाली र मटिहानी नगरपालिका–८ मा निर्मित सहिद केशव कोइरालाको सालिक अनावरण गर्नुभएको छ ।
ऋण लिएर तिर्नुहुँदैन भन्ने नकारात्मकता फैलाउने कुरा स्वीकार्य नहुने
अर्थमन्त्री वर्षमान पुनले ऋण लिएर तिर्नुहुँदैन भन्ने नकारात्मकता फैलाउने कुरा स्वीकार्य नहुने बताउनुभयो । शनिबार राष्ट्रिय वाणिज्य बैङ्कले आयोजना गरेको व्यवस्थापन सम्मेलन २०२४ कार्यक्रमको समुद्घाटन गर्नुहुँदै अर्थमन्त्री पुनले सरकारहरू निरन्तरताका आधारमा सञ्चालित हुन्छन्, तिनका आधारमा नीतिहरू आधारभूतरुपमा परिवर्तन नहुने बताउनुभयो ।
जिप दुर्घटना हुँदा एक घाइते
जिल्लाको निस्दी गाउँपालिका–७ मा जिप दुर्घटना हुँदा एक जना घाइते हुनुभएको छ । निस्दी–६ अर्चलेका ६६ वर्षीय डिलमान राना घाइते हुनुभएको हो ।
उपभोक्ता अदालत स्थापनाको माग
नेकपा (एमाले) अन्तर्गत रहेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले उपभोक्ताको शीघ्र र सुलभ न्यायका लागि उपभोक्ता अदालतको स्थापना गर्न माग गरेको छ ।
‘विश्वमञ्चमा नेपालीले राम्रो प्रगति गरेका छन्’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वका विभिन्न मुलुकमा गएर राम्रो प्रगति पनि गरिरहेको बताउनुभएको छ ।शनिबार बिहान काठमाडौँमा आयोजित “प्रा. सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म’’ नामक पुस्तक लोकार्पण समारोहमा बोल्नुहुँदै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो ।
कार्यदलले शीर्ष नेतालाई बुझायो साझा न्यूनतम कार्यक्रम
सरकारको साझा न्यूनतम कार्यक्रम निर्धारण गर्न गठन भएको कार्यदलले गठबन्धन आबद्ध दलका शीर्ष नेतासमक्ष साझा न्यूनतम कार्यक्रम प्रस्तुत गरेको छ ।
सत्य हरणको चरित्र
साहित्य मानव जातिको मानसिक सिर्जना हो । समयक्रमले ल्याउने चेतना र परिवर्तित वातावरणमा अनुकूलित विकासबाट गति लिँदै साहित्य मानव जातिले गरेका सम्पूर्ण चमत्कारसँगै सहयात्रामा आफ्नो अस्तित्व र पहिचान कायम गरेर हरेक
ऐतिहासिक भैरवी डाँडा जाने बाटो ढलान
गोरखाको गण्डकी गाउँपालिकाको ऐतिहासिक पर्यटकीयस्थल भैरवी डाँडा पुग्ने बाटोको ढलान कार्य तीव्र पारिएको छ । गाउँपालिका–७ सिमालटारदेखि त्यस ऐतिहासिक ठाउँ भैरवी डाँडा सम्म पुग्न निकै सास्ती भोग्नु परेकाले गाउँपालिकाको विशेष पहलमा बजेट माग गरी ढलान गर्ने कार्य अघि बढिरहेको गाउँपालिकाका अध्यक्ष दीपक तिमेल्सेनाले जानकारी दिनुभयो ।
दोषी को ? शकुन्तला कि दुष्यन्त
शकुन्तलाले नछुनीबारे गरेकी विद्रोह पचाउन नसकेर आश्रम छाडेका महर्षि कण्व लामो समयपछि फर्के । आश्रममा कुनै समस्या थिएन । सबै राम्रैसँग चलेको थियो । उनका एकसे एक काविल शिष्यले कुनै कमी हुन दिएका थिएनन् । गुरुकुल शि
यातायातसम्बन्धी माग जायज
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले यातायात व्यवस्थापनसम्बन्धी विद्यार्थीका माग जायज भएको बताउनुभएको छ । मुख्यमन्त्री शर्माले प्रदेश सरकारले प्रादेशिक यातायात ऐन निर्माण गर्न लागेकाले विद्यार्थीले राखेका धेरैजसो मागको सम्बोधन हुने बताउनुभयो । प्रादेशिक कानुन निर्माण गर्नुपर्ने, विद्यार्थीलाई यातायातमा ४५ प्रतिशत भाडा छुट दिने निर्णय कार्यान्वयन गर्नुपर्नेलगायत मागसहित स्थानीय युवाबाट प्रस्तुत ध्यानाकर्षणपत्र बुझ्दै मुख्यमन्त्री शर्माले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।