खगेन्द्र नवजीवन केन्द्रमा बेथिति : प्रतिवेदन
नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा भएको बेथिति, अनियमितता र भ्रष्टाचार भएको प्रतिवेदन सार्वजनिक भएको छ । केन्द्रमा भएको अनियमिततासम्बन्धमा गठित उच्चस्तरीय छानबिन एवं अनुगमन समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयन चरणमा छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले केन्द्रमा भएको अनियमितता अध्ययन गर्न गठित उच्चस्तरीय छानबिन एवं अनुगमन समितिले बुझाएको प्रतिवेदन तीन महिनाभित्रै पूर्ण रूपमा कार्यान्वयन गरिने प्रस्ट पार्नुभएको हो । उहाँले भन्नुभयो, “प्रतिवेदन सार्वजनिक गरिएको छ । उच्चस्तरीय समितिको प्रतिवेदनमा अनियमितता भएको प्रस्ट छ । तत्काल कार्यान्वयन अघि बढाएर तीन महिनाभित्र काम सम्पन्न गरिने छ । सुधारका प्रयासमा समस्या भए त्यसपछि अर्को स्टेप चालिने छ।”
सुन तस्करीमा संलग्न ६८ जनालाई कारबाहीको सिफारिस
सुनको अवैध तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले ६८ जनालाई कारबाहीको सिफारिस गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बिहीबार बुझाइएको प्रतिवेदनमा सुन तस्करीमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संलग्न ती व्यक्तिलाई कारबाही गर्न सिफारिस गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत साउन २ गते बरामद भएको ६१ केजी र २०७९ पुस १७ गते विमानस्थल भन्सार कार्यालयले विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याएको नौ केजी तस्करीको सुन बरामदपछि सरकारले गत असोज १४ जाँचबुझ आयोग गठन गरेको थियो ।
सडक संरचनाको सुरक्षामा गम्भीर प्रश्न
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमा भएको आगलागीको घटनाले पुललगायतका संवेदनशील सडक संरचनाको सुरक्षामा गम्भीर प्रश्न उठाएको छ । यस घटनाले सडक संरचनाको सुरक्षाका लागि कानुनी तथा संरचनागत व्यवस्थाको आवश्यकतासमेत औँल्याएको छ । अहिलेसम्म आगलागीबाट हुने सम्भावित क्षति रोक्न र सडक संरचनाको सुरक्षाका लागि सडक विभाग वा प्रहरीबाट कुनै विशेष योजना र यन्त्र उपकरण जडान वा दमकलको तैनाथी गरिएको देखिएको छैन । जसको अभावमा गत फागुन २८ गते साँझ लाइटर बोकेको ट्रकमा आगलागी हुँदा पुलमा क्षति पुगेको थियो ।
अपराध नियन्त्रणका लागि निर्देशन कुर्नु पर्दैन : गृहमन्त्री लामिछाने
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले तस्करी, गुण्डागर्दी र प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न ७७ जिल्लाका जिल्ला सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ ।
चार देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि थाइल्याण्डका आवासीय राजदूत तथा पोर्चुगल, भेनेजुएला र मङ्गोलियाका गैर आवासीय राजदूतहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ।
देशको विकासले अब गति लिन्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशसहित समग्र देशको विकासले अब गति लिने बताउनुभएको छ ।
रुसी सेनामा भर्ना भएका थप सात नेपालीको मृत्यु
रुसी सेनामा भर्ना भएका थप सात जना नेपालीको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप सात नेपालीको मृत्यु भएको पुष्टि गरेको छ।
बालकको मृत्यु भएपछि प्रहरी र प्रदर्शनकारीबिच झडप
घोराहीमा रहेको बुद्व अस्पतालमा उपचारका क्रममा बालक मृत्युपछि आक्रोशित आफन्तले विरोध गर्दा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ।
विशेष अदालतद्वारा आर्थिक वर्षमा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट
विशेष अदालतले आर्थिक वर्षको लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गरेको छ। बिहीबार अदालतले पत्रकार सम्मेलनमार्फत पछिल्लो ८ महिनामा गरेको प्रगति विवरण सार्वजनिक गर्दै आर्थिक वर्षको लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गरेको बताएको हो।
अग्लो स्थानमा पर्यटन महोत्सव हुँदै
आगामी नयाँ वर्ष २०८१ मा प्युठानको पर्यटकीयस्थल मल्लरानी र स्याउलिवाङमा पर्यटन महोत्सव आयोजना गर्न लागिएको छ ।
केबलकार परियोजना अघि बढाउन माग
ताप्लेजुङको पाथीभरामा निर्माण हुन लागेको केबलकार परियोजनाको काम अघि बढाउन स्थानीय निजी क्षेत्रले माग गरेका छन् ।
तलब नपाएको भन्दै परीक्षा गर्न अस्वीकार
चालु आर्थिक वर्ष सुरु भएदेखि नै तलब नपाएपछि सोको विरोधमा रौतहटको फतुवाविजयपुर नगरपालिकाका शिक्षक–कर्मचारीले विद्यार्थीको वार्षिक परीक्षा लिन अस्वीकार गरेका छन् ।
नेपाल विश्वस्तरमै चलचित्र उद्योगका लागि महत्त्वपूर्ण स्थल
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल विश्वस्तरमै चलचित्र उद्योगका लागि महत्त्वपूर्ण स्थल भएको बताउनुभएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा सुरु भएको सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन गर्नुहुँदै उहाँले छायाङ्कन स्थल र कथावस्तु दुवै हिसाबले नेपाल चलचित्रका लागि महत्त्वपूर्ण स्थल भएको बताउनुभयो ।
लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्चमा रिट
सर्वोच्च अदालतमा लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै रिट दायर भएको छ । अधिवक्ता अनु भट्टराईले कानुन बमोजिम सक्षम र योग्य व्यक्तिहरू लिभिङ टुगेदरमा बस्न पाउने गरी तत्काल कानुनी व्यवस्था गर्न परमादेश माग गर्नुहुँदै सर्वोच्चमा गत फागुन ३० गते बुधबार रिट दायर गर्नुभएको हो ।
गहुँ लगाउने क्षेत्रफल कम हुँदै
नेपालमा धान, मकै तथा गहुँलाई मुख्य बालीको रुपमा लिइने भए पनि पछिल्लो समय म्याग्दी जिल्लामा गहुँ उत्पादन र खेती गर्ने क्षेत्रफल घटेको छ।
वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म टिक्छ : एमाले उपाध्यक्ष ज्ञवाली
प्रेस चौतारी नेपाल दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यो गठबन्धन बीचमा नटुट्ने बताउनुभएको हो । “हामी अर्को गठबन्धन बनाउनेतिर लाग्नु हुँदैन, एमाले–कांग्रेसको गठबन्धन बन्ने हो कि भनेर शङ्का गर्नु पर्दैन”, उहाँले भन्नुभयो, “तर त्यो सम्भावना छैन, कांग्रेस ढुक्कसँग प्रतिपक्षमा बसे हुन्छ ।”
दल दर्ताका लागि निर्वाचन आयोगमा २० दलको आवेदन
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य उपनिर्वाचनमा भाग लिन २० राजनीतिक दलले दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिने दललाई फागुन २४ देखि ३० गतेसम्मको समयसीमा तोकेको थियो । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार १९ दलले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य गरी दुवैमा प्रतिस्पर्धा गर्ने गरी दल दर्ता गर्न निवेदन दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले भने प्रतिनिधि सभामा मात्र भाग लिने गरी दल दर्ताको निवेदन दिएको छ ।
डायलासिसको पालो पाउन मुस्किल
मिर्गौलासम्बन्धी समस्याको उपचार हुने सरकारी अस्पतालमा डायलासिसका लागि पालो पाउन मुस्किल छ । बिरामीको चाप बढी, जनशक्ति र डायलासिस मेसिन कम भएका कारण डायलासिस गराउनुपर्ने बिरामीले सरकारी अस्पतालमा धेरै समय कुर्नुपर्ने बाध्यता छ । वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलगायतका सरकारी अस्पतालमा सहज तरिकाले डायलासिस गर्न सक्ने अवस्था छैन । वीर अस्पतालमा दैनिक तीन सत्रमा ६० जनाको नियमित र दैनिक एक/दुई जनाको आकस्मिक डायलासिस हुने गरेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेतले वीर अस्पतालमा दैनिक ६० जनाको डायलासिस हुने गरेको जानकारी दिनुभयो । उहाँले एक सत्रमा २० जनाको डायलासिस हुने गरेको बताउनुभयो ।
सचेत भएर कलम चलाउन आग्रह
पत्रकारले लेख्ने सामग्रीले देशको प्रतिष्ठामा फरक पार्ने हुनाले सचेत भएर कलम चलाउन पर्ने सरोकारवालाहरुले आग्रह गर्नुभएको छ । प्रेस काउन्सिल नेपालमा बुधबार नयाँ सूचीकरण भएका अनलाइनका सञ्चालक र सम्पादकका लागि भएको अभिमुखीकरण कार्यक्रममा सरोकारवालाले सो सुझाव दिनुभएको हो ।
प्रजातान्त्रिक शक्ति एक हुनुपर्छ : सहमहामन्त्री यादव
नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले नेपालमा प्रजातान्त्रिक शक्तिविचमा एकता आवश्यक भएको बताउनुभएको छ ।
एमाले हुम्ला अधिवेशन चैत २८ मा हुने
नेपाल कम्युनिष्ट पार्टी (एमाले) हुम्लाको जिल्ला अधिवेशन आगामी चैत २८ र २९ गते सदरमुकाम सिमकोटमा हुने भएको छ ।
उपचारका क्रममा बिरामीको मृत्यु, अस्पतालमा तनाव
दाङको घोराहीमा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्त आन्दोलनमा उत्रेका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई तेस्रो पटक विश्वासको मत
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकालमा तेस्रो पटक प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आज प्रतिनिधिसभा बैठकमा उहाँको पक्षमा १५७ र विपक्षमा ११० मत परेको छ ।
लेन अनुशासनको पालना गराउन शिक्षा
रुपन्देही ट्राफिक प्रहरीले लेन अनुशासन पालना गराउन यात्रु तथा चालकलाई सडकमै शिक्षा दिन थालेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बेलहिया–बुटवल ६ लेन सडक, पूर्व–पश्चिम राजमार्ग र हुलाकी सडकमा चल्ने सबै किसिमका सवारी चालकलाई लेन अनुशासन र ट्राफिक नियमबारे सडकमा शिक्षा दिन थालिएको हो ।