• ८ मंसिर २०८१, शनिबार

दुई कृतिमाथि विमर्श

blog

कृति विमर्श कार्यक्रमका सहभागी । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन २७ गते । ताप्लेजुङमा साहित्यकारद्वय विमल वैद्य र मोमिला जोशीको कृतिमाथि विमर्श गरिएको छ । नेपाली कला साहित्य डटकम प्रतिष्ठानले आयोजना गरेको परिसंवाद कार्यक्रममा साहित्यकार वैद्य र जोशीको प्रकाशित कृतिको विमर्श गरिएको हो ।

सदरमुकाम फुङ्लिङमा आइतबार आयोजित परिसंवादमा वैद्यको कृति ‘युगको तटमा उभिएर’ र जोशीको ‘प्रश्नहरू बाँकी नै रहन्छन्’ कृतिमाथि विमर्श गरिएको छ । 

काठमाडौँबाट आएका प्रतिष्ठानमा आबद्ध साथै स्थानीय साहित्यकार र पत्रकार सहभागी रहेको कार्यक्रममा दुई कृतिमाथि विमर्श गरिएको छ । परिसंवादमा साहित्यकार महेश पौड्यालले दुई कृतिसँग सम्बन्धित सवाल उठाउनुभएको छ । आ–आफ्नो कृतिमाथि उठान भएको सवालबारे साहित्यकार विमल वैद्य र मोमिला जोशीले कृति रचना र लेखनका प्रसङ्गसहित प्रष्ट पार्नुभयो ।

कार्यक्रममा साहित्यकार डा. सावित्री मल्ल र उषा महर्जनले कृतिको मूल्याङ्कन गर्दै चर्चा गर्नुभयो । त्यस्तै परिसंवाद कार्यक्रममा सहभागी साहित्यकार तथा पत्रकारले साहित्यकार वैद्य र जोशीको कृतिका विषयमा जिज्ञासा राख्नुभएको थियो । 

कार्यक्रममा वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवसको पनि उपस्थिति थियो । प्रतिष्ठानले शनिबार फुङ्लिङमै सिर्जना उत्सव तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।