• १३ साउन २०८१, आइतबार

मङ्गलसेनमा वृद्ध मृत फेला

blog

शिवराज ढुंगाना 

अछाम, फागुन २८ गते । मङ्गलसेनमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । मङ्गलसेन नगरपालिका –३ खारखोला जङ्गलमा मृत अवस्थामा भेटिएका हुन् । 

मृतकसँग फेला परेको सामाजिक सुरक्षा भत्ता परिचयपत्रअनुसार कैलालीको लम्की चुहा नगरपालिका –५ का जहरे सुनार रहेको बताइएको छ । परिचयपत्रमा २००० साल चैत ३० गते जन्म मिति लेखिएको भेटिएको पूर्व वडाध्यक्ष पदमसिंह भाटले जानकारी दिनुभयो । 

प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल अछाममा लगिएको बताइएको छ । पूर्व वडाध्यक्ष भाटका अनुसार महिला घाँस काट् खारखोला जङ्गल गएको बेलामा शव देखेपछि स्थानीय गएर हेरेपछि प्रहरीलाई जानकारी दिएका थिए । 

शव कम्तीमा १५ दिनअघिको हुन सक्ने पूर्व वडाध्यक्ष भाटको भनाइ छ । अछामबाट बसाइसराई गरी तराई गएको हुनसक्ने अनुमान गरिएको भए पनि आफन्तका बारेमा पत्ता नलागेको बताइएको छ । मृतकका आफन्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।