बहुभाषिक पृष्ठका दुई संयोजकलाई सम्मानित गरिँदै
गोरखापत्रको बहुभाषिक पृष्ठ नयाँ नेपाल अन्तर्गत प्रकाशित दुई भाषाका संयोजकहरु वार्षिकोत्सवको अवसरमा सम्मानित हुने हुनुभएको छ ।
गोरखापत्रमा रचनात्मक पत्रकारिताको विषयमा छलफल
गोरखापत्र संस्थानमा रचनात्मक पत्रकारिताको विषयमा छलफल भएको छ। प्रेस काउन्सिल नेपालको आयोजना र गोरखापत्र संस्थानको सहकार्यमा गोरखापत्र दैनिक १२५ औँ वर्ष प्रवेशको अवसरमा मंगलबार रचनात्मक पत्रकारिताको विषयमा छलफल भएको हो।
गभर्नर नियुक्तिको समस्या प्रधानमन्त्रीका कारण आएको होइनः सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण राष्ट्र बैँकको गभर्नर नियुक्तिमा समस्या नभएको स्पष्ट पार्नुभएको छ ।
बाँसको पुल बगाएपछि कमला नदी तर्न समस्या
हुलाकी मार्गमा पर्ने सिराहा र धनुषा जिल्लाको सीमा रहेको कमला नदी तर्न बनाएको अस्थायी बाँसको पुल बाढीले बगाएपछि मङ्गलबार मङ्गलबारदेखि स्थानीयहरूलाई समस्या भएको छ ।
नारायणीमा जथाभाबी उत्खनन, धार परिर्वतन हुने जोखिम
सुस्तास्थित नारायणी नदीमा, जोखिमको आँकलननै नगरी नदीजन्य पदार्थको धमाधम उत्खनन भइरहेको छ । नेपाल र भारतसँग सम्बन्धित गण्डक बाँधअन्तर्गत पर्ने नारायणी नदीमा अहिले एक्साभेटर मेसिन प्रयोग गरेर उत्खनन् भइरहेको छ ।
दक्ष चिकित्सक विदेशिनु चिन्ताको विषय : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले दक्ष जनशक्ति विदेशिनुबाट रोक्न सम्बन्धित पक्षले उपयुक्त कदम चाल्न आग्रह गर्नुभयो ।
स्टार्टअप उद्यम कर्जा पाउने ६६१ परियोजना सिफारिस
सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा ६६१ जना परियोजनालाई स्टार्टअप उद्यम कर्जा वितरण गर्न लागेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सोमबार स्टार्टअप उद्यम कर्जा पाउने ६६१ परियोजनाको अन्तिम नाम सिफारिस गरेको हो । समितिका कार्यकारी निर्देशक उमेश गुप्ताले सिफारिसमा परेका परियोजनाले तीन प्रतिशत ब्याजमा २५ लाख रुपियाँसम्म स्टार्टअप उद्यम कर्जा वितरण गरिने जानकारी दिनुभयो ।
त्रिवि क्रिकेट मैदान दुई महिनामा काम सक्न निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लड लाइट जडान कार्य तोकिएको समयमा सम्पन्न हुन नसकेकोमा गम्भीर चासो व्यक्त गर्नुभएको छ । साथै उहाँले सो विषयमा सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीसँग छलफल गर्नुभएको छ ।
नसर्ने रोगका कारण मृत्यु हुने बढ्दै
नसर्ने रोगका कारण मृत्यु हुनेको सङ्ख्या दैनिक रूपमा बढ्दै गएको छ ।
निरूपण भइसकेको विवादमा पुनः रिट दर्ता
सामान्यतया एक पटक अदालतबाट निरूपण भइसकेको प्रश्नमा तात्त्विक बदलाव नभएको अवस्थामा पुनः विवादले प्रवेश पाउँदैन तर न्याय परिषद् नियमावली संशोधनको विषयमा सर्वोच्च अदालतमा दोस्रो पटक रिट दर्ता भएको छ ।
समितिले नै बनायो विधेयकको मसौदा
दलितको अधिकारसम्बन्धी कानुन बनाउन सरकारमाथि दबाब दिन राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले ‘दलित समुदायको अधिकार तथा विकाससम्बन्धी विधेयक’ को मसौदा नै तयार गरेको छ ।
राष्ट्रिय सभामा तेह्र वटा संशोधन
सरकारको वार्षिक नीति तथा कार्यक्रमाथि राष्ट्रिय सभामा १३ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । राष्ट्रपतिले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा वैशाख १९ गते प्रस्तुत गर्नुभएको थियो ।
‘नेपाल–चीन सम्बन्ध थप सुदृढ’
नेपाल–चीन दौँत्य सम्बन्ध थप सुदृढ बनेको उच्च नेतृत्व तथा कूटनीतिज्ञले औँल्याउनुभएको छ । प्रजातन्त्र, शान्ति र विकासका लागि गिरिजाप्रसाद कोइराला फाउन्डेसनले ‘मित्रताको एक विरासत : नेपाल चीन सम्बन्धको ७० औँ वर्षलाई क्यामराबाट हेर्दा’ शीर्षकमा आयोजना गरेको अन्तर्क्रिया तथा फोटो प्रदर्शनी कार्यक्रममा सहभागी उच्च नेतृत्वले नेपाल–चीन सम्बन्धको आयाम थप सुदृढ बनेको औँल्याउनुभएको थियो ।
मनसुनजन्य विपत्, पूर्वतयारी सुरु
मनसुनजन्य विपत्का कारण हुन सक्ने जनधनको क्षतिलाई कम गरी उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकारले तयारी सुरु गरेको छ ।
क्षति निम्त्याइरहेको खण्डहर भवन
विसं. २०७२ को भूकम्पले खण्डहर बनेको हनुमानढोकास्थित कालभैरव मूर्तिसँगै रहेको तत्कालीन जिल्ला प्रहरी परिसर काठमाडौँको भवन भत्काउने वा प्रबलीकरण गर्ने भन्ने निष्कर्षमा सम्बन्धित निकाय पुग्न सकेको छैन । भूकम्पको एक दशक बितिसक्दा पनि सो भवनलाई के गर्ने भन्नेबारे सम्बन्धित निकाय अझै निष्कर्षमा पुग्न नसकेको हो ।
ट्याक्टरको ठक्करले जन्ती हिडेका एकको मृत्यु, एक घाइते
चौदण्डीगढी नगरपालिका –४ स्थित मदन भण्डारी मार्गको बर्खेडाँडामा आज बेलुकी ट्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् । जन्ती गएका दुवै जनालाई ठक्कर दिँदा एक महिलाको घटनास्थलमा मृत्यु भएको र अर्का एक युवा घाइते भएका प्रहरीले जनाएको छ ।
नेपालको भूमि चीनको बिरुद्धमा प्रयोग हुन दिइने छैन : सभापति देउवा
नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको भूमि चीनको बिरुद्धमा प्रयोग हुन नदिने बताउनु भएको छ ।
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा पछिल्ला राजनीतिक तथा समसामयिक विषयमा सकारात्मक कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीसमक्ष नाष्टको सेवा आयोगको प्रतिवेदन पेस
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को सेवा आयोगको तेस्रो वार्षिक प्रतिवेदन सोमबार बुझाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोगका अध्यक्ष डा. खगराज बरालले प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति ओलीसमक्ष आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।
बागमतीमा सार्वजनिक विदा
बागमती प्रदेश सरकारले बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । बुधबार प्रदेश सरकारको सरकारी कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर विदा दिने निर्णय भएको हो ।
मनमोहक गुलमोहर फूल
कोहलपुर नगरपालिका –११ दश विघास्थित सडक किनारमा ढकमक्क फुलेको गुलमोहरको फूल । मनमोहक रुपमा रातै फुलेको गुलमोहर फूलले सहरको सौन्दर्य बढाएको छ ।
नीति तथा कार्यक्रममाथि छलफल
तिनिधिसभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ। पहिलो चरणमा कार्यक्रममाथि संशोधन राख्ने सांसदहरूले आफ्नो धारणा राख्नुभएको छ।
२१ किलो अफिमसहित दुई पक्राउ
बर्दियामा २१ किलो ५६७ ग्राम अफिमसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नलगाड नगरपालिका–७ जाजरकोट बस्ने ३७ वर्षिय भक्तबहादुर शाही र राप्ती नगरपालिका –११ आरापानी चितवन बस्ने २७ वर्षिय कुमार वाईबा रहेका छन् ।
सूचनाको हक कार्यान्वयनमा सरकार प्रतिबद्ध : सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचनाको हक कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।