नदीकिनारको मापदण्डबारे फैसला पुनरवलोकन गर्न निवेदन
नदीकिनाराको मापदण्ड थप २० मिटर कायम गर्ने सर्वोच्चको फैसला पुनरवलोकनका लागि निवेदन दर्ता भएको छ ।
दलहरू संविधान संशोधनको गृहकार्यमा
संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बिच सत्ता साझेदारीको सहमति भएसँगै संविधान संशोधनको एजेन्डा पनि बहसमा आएको छ ।
विद्यालय जान सुरक्षा पहरा
चितवन राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्र र आसपासका अन्य स्थानमा मानव र वन्यजन्तुबिच द्वन्द्व बढेको छ ।
परराष्ट्रमन्त्री डा. राणा क्यानडा प्रस्थान
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सोमबार साँझ क्यानडा प्रस्थान गर्नुभएको छ । क्यानडाको टोरन्टोमा असोज ३ र ४ (सेप्टेम्बर १९ र २०) मा आयोजना गरिएको महिला परराष्ट्रमन्त्रीहरुको बैठकमा सहभागी हुन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
नागरिकतासम्बन्धी समस्याहरूको सम्बोधन गर्न पाँच सदस्यीय कार्यटोली गठन
सरकारले नागरिकतासम्बन्धी समस्याहरूको सम्बोधन गर्न पाँच सदस्यीय कार्यटोली गठन गरेको छ ।
रवि लामिछानेसहित चारजनालाई कारबाही गर्न सिफारिस
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको छ ।
धनकुटामा वनको राजस्वमा २४२ प्रतिशतले वृद्धि
धकुटामा वन कार्यलयमार्फत प्राप्त हुने राजस्वमा बितेको आर्थिक वर्ष २४२ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/०८० मा २६ लाख ७१ हजार दुई सय ४५ रुपियाँ प्राप्त भएकोमा आर्थिक वर्ष २०८०/०८१मा भने सो बढेर ९१ लाख ४९ हजार सात सय ४६ रुपियाँ प्राप्त भएको छ ।
अवैध चिरान काठसहित एक पक्राउ
वनकर्मीले अवैध काठसहित एक जनालाई नियन्त्रणमा लिएको छ । बर्दिवास –३ गौरीडाँडास्थित स्कुल टोलका ६० वर्षीय ढालबहादुर कार्कीलाई साखुको ७ थान चिरान काठसहित पक्राउ गरेको सवडिभिजन वन कार्यालय माईस्थानले जनाएको छ ।
नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल पर्ने कुनै काम गर्दिनँ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा आफूले नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै पनि काम नगर्ने स्पष्ट गर्नुभएको छ ।
चार लाख मूल्य बराबरको सामान बरामद
कैलाली प्रहरीले चार लाख २३ हजार मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ । प्रहरीले जिल्लाको विभिन्न स्थानबाट सो सामान बरामद गरेको हो ।
राष्ट्रपतिद्वारा संसद्को चालु अधिवेशन अन्त्य
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को चालु अधिवेशन अन्त्यको घोषणा गर्नुभएको छ । राष्ट्रपति पौडेलले सोमबार राति १२ बजेबाट चालु अधिवेशन अन्त्य गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
वडाध्यक्षसहित १० जना थुनामा
जिल्ला अदालत बाँकेले राप्ती–सोनारी गाउँपालिका–२ का वडा अध्यक्ष ज्ञानेन्द्रराज वलीसहित १० जनालाई ज्यान मार्ने उद्योग मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
सञ्चय कोषको हरित लगानी
हरेक देशको वित्तीय प्रणालीको स्थायित्व र विकासमा नियामक निकाय मात्रै नभई बैङ्क तथा वित्तीय संस्थाहरूको भूमिका अहम् हुन्छ ।
विधायन समितिको सभापतिमा एमाले र एकीकृत समाजवादीबिच प्रतिस्पर्धा
राष्ट्रिय सभामा संसदीय समितिको सभापतिको नेतृत्व चयनका लागि नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) का उम्मेदवारबिच प्रतिस्पर्धा हुने भएको छ ।
संसद् अधिवेशन अन्त्य गर्न सिफारिस
सङ्घीय संसद्को चालु अधिवेशन अन्त्यको सिफारिस भएको छ ।
पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर रु पाँच र पेट्रोलमा प्रतिलिटर रु चारले भाउ घटाएको हो ।
अकोराबमा अर्जुन गिरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
अकोराबमा अर्जुन गिरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उपराष्ट्रपति यादवसँग माल्टाका राजदूत गौसीको भेट
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि गणतन्त्र माल्टाका गैरआवासीय राजदूत रुबेन गौसीले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आइतबार शिष्टाचार भेट गर्नुभएको छ ।
७६ वर्षमा नागरिक हुनुभयो भिममाया
न शरणार्थी, न तेस्रो देशबाट आएको पर्यटक । तर, पनि पहुँच नपुगेर नागरिकताबाट वञ्चित हुनुभएकी मोरङको पथरीशनिश्चरे–९ की ७६ वर्षीया भिममाया श्रेष्ठले आइतबार नेपाली नागरिकता पाउनुभयो ।
उपनिर्वाचनको मिति तोक्न प्रधानमन्त्रीसँग आयोगको परामर्श
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले भेट गरेर आगामी मङ्सिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिनुभएको छ।
‘डिजिटल इकोनोमी’को अवधारणालाई प्रभावकारी कार्यान्वयन गर्नुपर्छ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षका लागि तोकिएका वार्षिक लक्ष्यमा उत्कृष्ट नतिजा हासिल गर्नेगरी कार्यसम्पादन गर्न मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
अख्तियारका काम कारबाही पारदर्शी र प्रभावकारी बनाउन आवश्यक छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/८१ काे वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ ।
राष्ट्रिय सभाका समितिमा सहमति खोजी
राष्ट्रिय सभामा रिक्त रहेको दुई संसदीय समितिको सभापतिका लागि आइतबार मनोनयन दर्ता हुँदै छ ।
‘काम गर्नका लागि कहीँकतै नजराना बुझाउनु पर्दैन’
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुशासनसहित छिटोछरितो राज्यका सेवाहरू जनतालाई दिन अग्रसर रहेको बताउनुभएको छ । सरकार मुलुकलाई नयाँ ढङ्गले अगाडि बढाउने प्रक्रियामा रहेको उहाँको भनाइ छ । शनिबार बुढानीलकण्ठमा रहेको एक होटेललाई उद्घाटन गर्दै उहाँले पर्यटनलाई आकर्षित गर्न नेपालमा सुन्दर स्थल र वातावरण रहेको चर्चा गर्दै सरकारले पूर्वाधार विकासलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।