यस पटकको विद्याभूषण र विद्यापदक पनि उधारोमै
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस पटक पनि नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण र नेपाल छात्रा पदक उधारोमा वितरण गर्ने भएको छ ।
नारायणगढ मुग्लिन सडकमा दुर्घटना : एक जनाको मृत्यु
भरतपुर महानगर पालिका वडा नम्बर १ स्थित नारायणगढ–मुग्लिन सडकमा भएको दुर्घटनाका एक जनाको मृत्यु भएको छ।
राष्ट्रपति पौडेलद्वारा देउडा सांस्कृतिक उत्सवको उद्घाटन
राष्ट्रपति रामचन्द्र पौडेलले देउडा सांस्कृतिक उत्सव-२०८१ को उद्घाटन गर्नुभएको छ। शनिबार काठमाडौँमा राष्ट्रपति पौडेलले देउडा सांस्कृतिक उत्सव-२०८१ (दोस्रो संस्करण) उद्घाटन गर्नुभएको हो ।
यसै वर्षभित्र नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र बनाइन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले विसं. २०८१ भित्र नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र बनाउने अठोट व्यक्त गर्नुभएको छ ।
सङ्घले प्रदेशलाई अधिकार दिनै चाहँदैन : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल प्रहरीका प्रमुख महानिरीक्षक लगायतका पदीय प्रहरीहरूका कारण प्रहरी ऐन आउन नसकेको बताउनुभयो ।
पोखराको सराङकोटमा निर्माणाधीन पञ्चमुखी गणेशको मूर्ति
पर्यटकीय एवम् धार्मिक महत्त्व राखेको पोखराको सराङकोटमा पञ्चमुखी गणेशको मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
मानवता नै सर्वोच्च धर्म हो : सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मानवता नै सर्वोच्च धर्म भएकाले यसमा लाग्न सबैलाई आग्रह गर्नुभएको छ ।
नेपालमा साहसिक खेलको प्रचुर सम्भावना छ: राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा साहसिक खेलको प्रचुर सम्भावना रहेको बताउँदै यस सम्बन्धमा अन्तर्राष्ट्रिय जगत्मा सन्देश प्रवाह गर्न आह्वान गर्नुभएको छ ।
निर्णायक राष्ट्रिय शक्तिको यात्रामा कटिबद्ध हुन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र, विकास, समृद्धि, शान्ति र सुशासनको व्यवस्थित मार्ग समातेको मुलुकलाई बन्न नदिने प्रयास भइरहेकाले निर्णायक राष्ट्रिय शक्ति निर्माणको यात्रामा कटिबद्ध हुन आग्रह गर्नुभएको छ ।
प्रकृतिको सुन्दर उपहार तिलिचो ताल (फोटो फिचर)
उच्च स्थानमा रहेको आकर्षक ताल मध्येको एक हो, मनाङ जिल्लामा पर्ने तिलिचो ताल । प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालका लागि पर्यटकको मन लोभ्याउने धेरै स्थानहरु मध्येमा पर्ने तिलिचो पुग्नका लागि मुस्ताङ तर्फबाट नजिकै पर्छ ।
बाँसका सामान बनाउन भ्याइनभ्याई
चाडपर्व नजिकिएसँगै बाँसका सामान बनाउन भ्याइनभ्याई हुन थालेको छ । रामधुनी ३ बुद्धनगरका रामस्वरुप मरिकको परिवारलाई चाडपर्व नजिकिएसँगै बाँसका सामानहरू बनाएर तयारी गर्न व्यस्त हुन थालेका छन् । मरिक परिवारले बाँसबाट बन्ने सामानहरू बनाएर जीविका चलाउँदै आएका छन् ।
चक्रपथ विस्तार अलपत्र, सास्ती खेप्दै स्थानीय (फोटो फिचर)
चक्रपथअन्तर्गत कलङ्की—वसुन्धरासम्मको सडक बिस्तार सुरु गर्ने भनिएको लामो समय भइसक्यो । पूर्व तयारीका लागि सडकमा पर्ने रुख कटानदेखि अन्य केही काम सुरु भए पनि सडक बिस्तारको काम सुरु हुन सकेको थिएन ।
औषधी उद्योगीका समस्या समाधान गर्न नीतिगत सुधार आवश्यक
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले औषधी उद्योगीका समस्या समाधानमा आफू सकारात्मक रहेको बताउनुभएको छ ।
‘आर्थिक विकासका लागि भौतिक पूर्वाधार अपरिहार्य’
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसङ्घको संयुक्त आयोजना तथा लगानी बोर्डको कार्यालय र नेपाली युवा निर्माण व्यवसायी समुदाय (वाइसिएनसी) को सहआयोजनामा आयोजित नेपाल पूर्वाधार सम्मेलन शुक्रबार सम्पन्न भएको छ । पाँचौँ संस्करणको नेपाल पूर्वाधार सम्मेलनको समापन समारोहमा पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको समग्र आर्थिक विकासका लागि भौतिक पूर्वाधारको विकास अपरिहार्य रहेको बताउनुभयो ।
गुणस्तरीय सामग्री उत्पादन गर्न सुझाव
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामुदायिक रेडियोले श्रोताप्रति उत्तरदायी भएर गुणस्तरीय समाचार सामग्री उत्पादन गर्नुपर्ने बताउनुभएको छ ।
वीरमा जलन कक्ष सञ्चालन
बन्द भएको नौ वर्षपछि वीर अस्पतालमा जलन उपचार कक्ष सञ्चालनमा आएको छ । जलनको नियमित उपचार भइरहेको वीर अस्पतालमा २०७२ सालको भूकम्पपछि ‘जलन उपचार कक्ष’ नै बन्द भएको थियो । शुक्रबारबाट सञ्चालनमा आएको सो कक्षमा कुल १५ वटा बेड छन् । १५ मध्ये १० जनरल र पाँच बेड आइसियुमा छन् । यस्तै तीन शल्यक्रिया कक्ष छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शुक्रबार डा. केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ गर्नुभयो ।
जलवायु परिवर्तनले हिमालयमा अकल्पनीय असर : परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा अकल्पनीय असर गरिरहेको छ भन्दै यसको असर रोक्न समयमै सोच्नुपर्ने बताउनुभएको छ ।
वित्तीय अपचलन गरी विदेश फरार २७ जनाको खोजी गर्न गृहलाई निर्देशन
सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले नेपालबाट वित्तीय क्षेत्रमा ठगी, अपचलन र दुरुपयोग गरी विदेश फरार भएका २७ जनाको खोजविन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
कानुनमा समयसापेक्ष सुधार आवश्यक छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गणतन्त्रात्मक व्यवस्थानुसार कानुनमा पनि समयसापेक्ष विकास हुन आवश्यक रहेको बताउनुभएको छ। उहाँले बहुदलीय व्यवस्थादेखि गणतन्त्रमा आइसक्दा पनि पञ्चायतकालीन कानुनकै भरमा काम गर्नुपर्दा सदमस्या भइरहेको धारणा राख्नुभयो।
संवैधानिक परिषद् बैठक : प्रधानन्यायाधीश सिफारिसबारे थप अध्ययन गर्ने
संवैधानिक परिषद्को शुक्रबारको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशलाई भावी प्रधान न्यायाधीशमा नियुक्तिका लागि गरिने सिफारिस विवादरहित तुल्याउन थप अध्ययन र छलफल गर्ने निष्कर्ष निकालेको छ।
मन्त्रिपरिषद् बैठकका १७ निर्णय (सूचीसहित)
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो।
राष्ट्रपतिबाट १० जना वरिष्ठ महिला चिकित्सक सम्मानित
नेपाल चिकित्सक संघद्वारा वुमेन इन मेडिसिन इन नेपाल २०२४ अन्तर्गत राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले १० जना महिला चिकित्सकलाई सम्मान गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीबाट पदक विजेता पलेसालाई पुरस्कार प्रदान
प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा काँस्य पदक विजेता पलेसा गोवर्द्धनसहित प्रशिक्षक र टिम व्यवस्थापकलाई शुक्रबार पुरस्कृत गर्नुभएको छ ।
वडाले तिरिदियो किसानको विद्युत् महसुल
सप्तरीको महादेवा गाउँपालिका–२, महादेवा गाउँका कृषक नेपाली मण्डललाई यस वर्ष सिँचाइ गर्न मोटर चलाउँदा खपत भएको विद्युत् महसुल वडा कार्यालयले तिरिदिएको छ । यस वर्ष उहाँले डेढ बिघा खेतमा धान रोप्नुभएको छ ।