अठार बिचौलिया पक्राउ
जिल्ला प्रहरी कार्यालय पर्साले बिचौलियाको रुपमा सेवाग्राहीलाई अनावश्यक दुःख दिने १८ जना लाई पक्राउ गरेको छ । यातायात ब्यबस्था कार्यालय पर्सा र बसपार्कबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
परराष्ट्रमन्त्री डा. राणा छन्दुस्थित महावाणिज्यदूतावासमा
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार चीनको सिचुवान प्रान्तस्थित छन्दुमा रहेको नेपाली महावाणिज्यदूतावासको निरीक्षण गर्नुभयो । त्यस अवसरमा उहाँलाई महावाणिज्यदूत सुरेश राउत र त्यहाँका कर्मचारीहरुले स्वागत गर्नुभएको थियो ।
करेन्ट लागेर प्रजाको मृत्यु
मकवानपुर मनहरी गाउँपालिका –८ बस्ने एक जनाकाे करेन्ट लागेर मृत्यु भएको छ । सो पालिका बस्ने वर्ष ३८ का मङ्गलसिं प्रजाको शुक्रबार करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
फोहोरबाट मोहोर कमाउँदै
स्थानीय तहलाई दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन गर्न चुनौती भइरहेको समयमा चितवनका दुई पालिकालाई भने आम्दानीको स्रोत बनेको छ । सहरबजार तथा विभिन्न स्था
गलत डिजाइनले राज्य र जनता पीडित
उपप्रधानमन्त्री एवं तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले खराब इन्जिनियरिङ डिजाइनका कारण पूर्वाधार निर्माणका क्षेत्रमा अपेक्षित लक्ष्य हासिल गर्न कठिनाइ भइरहेको बताउनुभएको छ ।
स्थानीय तहको बेथिति: श्रीमतीलाई जागिर दिने हाकिमको जिम्मेवारी खोसियो
कालीकोटको खाँडचक्र नगरपालिकाले प्रमुखले नियम मिचेर वढुवा गरिएका एक जना कर्मचारीको जिम्मेवारी ११ दिनमा खोसिएको छ । नगर प्रमुख कमलबहादुर शाहीले नियम मिचेर जुनियर कर्मचारी सिनियर रहेको पत्र बनाएर गत कात्तिक ३० गते निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएका प्रशासन तर्फका छैटौँ तहका कर्मचारी अबिराज शाहीको जिम्मेवारी मन्त्रालयले फिर्ता लिएको छ ।
बिदा दिन स्थानीय तहलाई आग्रह
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको उपनिर्वाचन हुने सबै स्थानीय तहलाई मङ्सिर १६ गते सार्वजनिक बिदा दिन आग्रह गरेको छ ।
भैरहवामा ‘आरएनपी एआर’ जडान हुँदै
गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा कमजोर दृश्य क्षमता (भिजिबिलिटी) मा पनि उडान सञ्चालन गर्न भू–उपग्रहमा आधारित प्रविधि (आरएनपी एआर) जडानको तयारी अघि बढेको छ ।
विकल र सफललाई आठ वर्ष कैद
विशेष अदालतले अन्तःशुल्क स्टिकर छपाइ भ्रष्टाचार प्रकरणमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई आठ वर्ष कैद सजाय गरेको छ ।
स्थानीय तह उपनिर्वाचन : मौन अवधि सुरु
स्थानीय तह उपनिर्वाचन २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ ।
‘बिआरआई आपसी समझदारीमा’
परराष्ट्रमन्त्री डा. आरजु राणाले नेपाल र चीनको समझदारीमा मात्रै बेल्ट एन्ड रोड इनिसियटिभ्स (बिआरआई) कार्ययोजना कार्यान्वयन प्रक्रिया अघि बढ्ने बताउनुभएको छ ।
सुकाइँदै खाना पकाउने गुइँठा
सुनसरीको गढी गाउँपालिका –६ मा घाममा सुकाइएको गोबरबाट बनाइएका गुइँठा । गुइँठा खाना पकाउन र गाईवस्तुलाई कुडो पकाउन प्रयोग गरिन्छ ।
म्याग्दीमा पाँच एचआइभी संक्रमित थपिए
हिमाली जिल्ला म्याग्दीमा गत आर्थिक वर्ष २०८०–८१ मा पाँच जनामा एचआइभी संक्रमण पुष्टि भएको छ । गत वर्ष दुई हजार दुईसय जनाको नमुना परीक्षण गर्दा पाँच जनामा मात्र संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
उखुको समर्थन मूल्य निर्धारण : प्रतिक्विन्टल २० रुपियाँले वृद्धि
सरकारले उखुको समर्थन मूल्यमा २० रुपियाँ वृद्धि गरेको छ ।
बिहीबारे हटियामा जम्दै घोङ्घीको व्यापार
सुनसरीको इनरुवा नगरपालिका –२ स्थित बिहीबारे हटियामा घुँगी खरिद बिक्री गर्दै स्थानीय । पौष्टिक तत्वले भरिपूर्ण घोङ्घी स्थानीय बजारमा प्रतिकिलो ८० मा बिक्री हुने व्यापारीहरु बताउँछन् ।
प्रधानमन्त्रीको चीन भ्रमण : ८७ सदस्यीय टोली, धेरै निजी क्षेत्र
प्रधानमन्त्रीको चीन भ्रमणमा ८७ सदस्यीय टोली, धेरै निजी क्षेत्र
प्रधानमन्त्री बन्न हरेक हप्ता खबर आउँछ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता समीकरणलाई इमानदारितापूर्वक तीन वर्षसम्म लान चाहेको बताउनुभएको छ ।
नाष्टको प्राज्ञसभा : १२ विधामा पुरस्कार प्रदान गरिने
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) को आज भएको ४८ औँ प्राज्ञसभाले विभिन्न १२ विधामा वैज्ञानिक, प्राविधिज्ञ र प्रतिभाहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।
‘म बोल्छु’ मा जे सुनियो...
नेपालको पहिलो महिला सभामुख ओनसरी घर्ती मगरले भन्नुभयो, “म सभामुख भइसकेपछि पनि मलाई चुनौती नै थियो । बहालवाला मन्त्री, सांसदले नै यो संसद् कस्तो होला ? कसरी चल्छ ? यस्तो पनि निर्णय गर्ने हो राजनीतिक दलहरूले ? भन्थे ।”
प्रयोगविहीन थ्रिडी पार्क
राज्यले लाखौँ रुपियाँ खर्चेर बनाएका सरकारी सम्पत्तिको संरक्षण हुन सकेको छैन् । सदरमुकाम तम्घासको मुटुमै रहेको थ्रिडि पार्क वषौँदेखि प्रयोगविहीन छ ।
खजुरा गाउँपालिकामा २६८ जनामा मोतियाबिन्दुको समस्या
बाँकेको ग्रामीण क्षेत्रमा आँखामा मोतियाबिदु भएका बिरामीहरुको सङ्ख्या बढ्दै गएको पाइएको छ । जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा आयोजना गरिएका निःशुल्क आँखा जाँच शिविरमा आँखा परीक्षणका लागि आउनेमध्ये धेरै जनामा मोतियाबिन्दु देखिएको फत्तेबाल आँखा अस्पताल नेपालगन्जले जनाएको छ ।
लागूऔषधसहित चार पक्राउ
लागूऔषध खैरो हेरोइनसहित कैलाली प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
लायन्स कप फुटबल प्रतियोगिता सुरु
बेनीमा सुरु भएको प्रथम लायन्स कप छात्रा फुटबल प्रतियोगितामामा खेल्दै खेलाडीहरु । प्रकाश माध्यमिक बिद्यालय र न्यु वेष्ट प्वाइन्टका खेलाडीहरु । यो खेलमा न्यु वेष्ट प्वाइन्ट २–० गोल अन्तरले बिजय भएको छ।
बालबालिकालाई न्यानो कपडा
जिल्लामा न्यानो माया अभियान सञ्चालन गरिएको छ । जसले विपन्न तथा गरीब बालबालिकालाई चिसो मौसममा न्यानो कपडा वितरण गर्न थालेको छ ।