सुजल श्रेष्ठ
प्युठान, मङ्सिर १३ गते । जिल्लामा न्यानो माया अभियान सञ्चालन गरिएको छ । जसले विपन्न तथा गरीब बालबालिकालाई चिसो मौसममा न्यानो कपडा वितरण गर्न थालेको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाज प्युठानले थालेको यस अभियान अन्तर्गत शिद्धभुमि प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । प्युठान नगरपालिका वडा ५ स्थित उक्त प्राविका ५३ जना विद्यार्थीलाई ट्रयाकसुट, टिसर्ट, टोपी, कापी, पेन्सिल वितरण गरिएको जीवन खनालले जानकारी दिनुभयो ।
स्वेच्छिक रुपमा विभिन्न सहयोगी दाताबाट आर्थिक सङ्कलन भएको र उक्त रकमबाट सामग्री वितरण गरिएको खनालले बताउनुभयो । आगामी दिनमा अरु विद्यालयमा सहयोग गर्ने योजना रहेको जानकारी दिनुभयो । सामाजिक सञ्जाल फेसबुकमार्फत सहयोग आह्वान गरी अभियान चलाइएको हो ।