• १९ पुस २०८१, शुक्रबार

अठार बिचौलिया पक्राउ

blog

प्रहरीले पक्राउ गरी सार्वजनिक गरिएका विचौलियाहरु ।

कन्हैयालाल केशरी 

पर्सा, मङ्सिर १४ गते। जिल्ला प्रहरी कार्यालय पर्साले बिचौलियाको रुपमा सेवाग्राहीलाई अनावश्यक दुःख दिने १८ जना लाई पक्राउ गरेको छ । यातायात व्यवस्था कार्यालय पर्सा र बसपार्कबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेकामध्ये यातायात व्यवस्था कार्यालय पर्साबाट १३ जना र बसपार्कबाट ५ जना पक्राउ परेका छन् । १८ जनामध्ये वीरगञ्ज महानगरपालिकाका १४ जना पर्सा ग्रामीण क्षेत्रका एक, रौतहट जिल्लाको एक, गोरखाका एक र भारतीय नागरिक एक जना  छन् ।

बिचौलियाहरुले यातायात व्यवस्था कार्यालयमा कामविशेषले जाने सेवाग्राहीलाई सवारी चालक अनुमतिपत्र बनाउनेदेखि सवारी साधनको नवीकरण तथा सवारी साधनको जाँचपास गराई दिने भनी तोकिएको भन्दा बढी रकम असुल्ने र बसपार्कमा यात्रीलाई अनावश्यक दुःख दिने गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता किशोर लम्सालले र्कायालय परिसरमा अनधिकृत रूपमा प्रवेश गरी काम मिलाइदिने भनी प्रलोभनमा पारी प्रचलित कानुनविपरीत अत्यधिक सेवा शुल्क लिने तथा सेवाग्राहीलाई अनावश्यक दुःख दिने गरेकाले प्रक्राउ गरिएको बताउनुभयो।