• २४ पुस २०८१, बुधबार

चित्रमा मिथिला चित्रकला

blog

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश भवन जनकपुरधामको भित्तामा मिथिला चित्रकला कोर्दै चित्रकार । तस्बिर : चन्द्रदेव साह/रासस

जनकपुरधाम, मङ्सिर १४ गते । घर–आँगनको श्रृङ्गारका लागि कोरिँदै आएको मिथिला चित्रकला जनकपुरधामको भित्तामा कोरिन थालिएको छ । मिथिला चित्रकलाले मैथिलीवासीकै पहिचान स्थापित गरेको छ ।

पछिल्लो समय मिथिलाको पहिचान झल्काउने र मिथिलाकला विश्वभरि चिनाउने अभियानअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश भवन र जनकपुरधामको भित्तामा मिथिला चित्रकला कोरिन थालिएको हो ।


जनकपुर राजधानी रहेको मिथिला बौद्धिक, सांस्कृतिक र कलाको दृष्टिले निकै अग्रणी र आधुनिक मानिन्छ । यस चित्रकलाले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ

नेपाली लोक कलाको हिस्सा मानिने मिथिला चित्रकलाको आफ्नै इतिहास र व्यावहारिक महत्त्व छ । विशेषतः मैथिल क्षेत्रका बासिन्दाले आफ्नो घर–आँगन, भित्तामा कोर्दै आएको यो चित्रकला अहिले मिथिलाको पहिचान झल्काउने र मिथिलाकला विश्वभरि चिनाउने अभियानकै रुपमा सुरु गरिएको छ ।

परम्परागत मैथिल जनजीवन, रीतिरिवाज र पौराणिक घटनावलीलाई मिथिला चित्रकलामा प्रस्तुत गरिएको छ । यसका प्रतीकात्मक र आध्यात्मिक बिम्बहरू असाध्यै मनमोहक देखिएको छ ।