• १३ मंसिर २०८१, बिहिबार

उखुको समर्थन मूल्य निर्धारण : प्रतिक्विन्टल २० रुपियाँले वृद्धि

blog

उखु खेती । फाइल तस्बिर

काठमाडौँ, मंसिर १३ गते । सरकारले उखुको समर्थन मूल्यमा २० रुपियाँ वृद्धि गरेको छ ।  मन्त्रिपरिषद्को बिहीबारको बैठकले उद्योगी (उखु मिल) ले किसानहरूलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल २० रुपियाँले वृद्धि गरेको हो । जस अनुसार अब किसानले प्रतिक्विन्टल झन्डै ५ सय ८५ रुपियाँ उखु मिलबाट पाउने छन् । 

सरकारले उखु किसानलाई अनुदान बापत दिने रकमको भने निर्णय गर्न बाँकी छ । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले उखु किसानलाई अनुदान बापत दिने रकम वृद्धि गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । तर, मुलुकको आर्थिक अवस्थालाई समेत ख्याल गरेर अनुदान बापत दिने रकमपछि निर्धारण गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो । सरकारले यसअघि प्रतिक्विन्टल  ७० रुपियाँ अनुदान दिएको जानकारी कृषि मन्त्रीको सचिवालयले जनाएको छ ।