बर्खामा पनि सडक सञ्चालनको पहल
ताप्लेजुङको मैवाखोला हुँदै संखुवासभा, तेह्रथुमको बसन्तपुर जोड्ने सडक मदन भण्डारी राजमार्गलाई हिउँद–बर्खै सञ्चालन गर्नेगरी पहल सुरु गरिएको छ । हिउँद मौसममा मात्र सञ्चालन हुँदै आएको राजमार्गलाई बर्खामा पनि सञ्चालन गर्न पहल सुरु गरिएको हो ।
अट्ठाइस फर्मलाई जरिवाना
मोरङ उर्लाबारीकी ताराकुमारी बस्नेतले विराटनगर–२ मा रहेको सिटी मार्बल्स फर्मबाट कमोड (शौचासन) खरिद गर्नुभयो । विराटनगरमा केही सुलभ मूल्य पर्ला भनेर आउनुभएकी बस्नेतले एउटा कमोडलाई २६ हजार पाँच सय रुपियाँ भुक्तानी गर्नुभयो ।
सिन्धुलीमा पाठ्यपुस्तक बिना पठनपाठन सुरु
सिन्धुली जिल्लामा नयाँ शैक्षिक सत्रको सुरुसँगै अधिकांश सामुदायिक विद्यालयले पाठ्यपुस्तक बिना नै पठनपाठन सुरु गरेको छ ।
फौजी किराले मकैको बिरुवा नष्ट गरेपछि कृषक मर्कामा
उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका केही वडामा भर्खरै हुर्कँदै गरेका मकैका पात र बिरुवा फौजी किराले नष्ट गर्न थालेपछि कृषक चिन्तित बनेका छन् । नगरको वडा नं १२ को पुरानो गाईघाट, वडा नं ११ को साकेला टोल तथा वडा नं १३ को असारी क्षेत्रमा अहिले फौजी किराले हुर्कँदै गरेका मकैका पात नष्ट गरेपछि बिरुवा मर्न थालेका छन् । “मकैका बिरुवाका पात सबै फौजी किराले नष्ट बनायो, बिरुवा नै मर्न थाले”, त्रियुगा–१२ साधना टोलका गडुरध्वज धमलाले भन्नुभयो ।
भेडेटारमा विद्युत महसुल काउन्टर सुरु
नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रले साँगुरीगढी गाउँपालिकास्थित भेडेटारमा विद्युत महशुल संकलन काउन्टर सुचारु गरेको छ ।
दुई पालिका प्रमुखमा महिला
झापामा पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या बढी भए पनि पालिकाको नेतृत्वमा भने कम प्रतिनिधित्व भएको पाइएको छ । कुल १५ पालिका रहेको झापा जिल्ला बिर्तामोड नगरपालिकाको प्रमुखमा एमालेबाट महिला नेतृ पवित्रा महतरा प्रसाई र गौरीगञ्ज गाउँपालिकामा नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएकी फूलमती राजवंशी गाउँपालिका प्रमुखमा विजयी हुनुभए पनि झापामा १३१ वडामा एक जना पनि महिलाको प्रतिनिधित्व हुन सकेन ।
फुङ्लिङ नगर कार्यपालिकामा गठबन्धन विजयी
ताप्लेजुङको फुङलिङ नगर कार्यपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नगर कार्यपालिका सदस्य चयनका लागि बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनका सबै उम्मेदवार विजयी भएका हुन् ।
वन उपभोक्ता समूहका अध्यक्षसहित पाँचलाई भ्रष्टाचारको आरोप
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङ जिल्लाको मिक्लुङ सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षसहित पाँचजनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा आरोपपत्र दायर गरेको छ ।
जन्मदिनमा सडक बत्ती जडान
लीलाराज खड्का बिर्तामोड, जेठ ११ गते । झापाको कनकाई नगरपालिका –३, कनकाई टोलका रमेशचन्द्रबाबु मैनालीले आफ्नो जन्मदिनको फजुल खर्चलाई कटाएर गाउँमा सडक बत्ती लगाउनुभएको छ ।फजुल खर्च रोकेर आफ्नो गाउँमा निजी खर्चमै सडकबत्ती बालिदिएपछि कम्तीमा मेरो गाउँमा साँझविहान सबैले हिँड्न पाउने भएको उहाँले प्रतिक्रिया दिनुभयो ।‘‘जन्मदिनको पार्टी खाएको भए एकदिनमै सकिने थियो तर यो सडक बत्ती बाल्दा महिनौं उज्यालोमा हिँड्न पाइने भयो ’’ स्थानीय देउमान राइले भन्नुभयो । रमेशले यसअघि आफ्नो छोराको जन्मदिनमा समेत खेलाडीलाई खेल सामाग्री र अनाथ आश्रमका केटाकेटीलाई खानेकुरा वितरण गर्नुभएको थियो ।