झापामा जंगली हात्तीको आक्रमणमा परि एक जनाको मृत्यु
जंगली हात्तीको आक्रमणमा परि झापामा फेरी एक जना वृद्धले ज्यान गुमाएका छन । मंगलवार विहान १० बजेको समयमा बाह्रदशी गाउँपालिका १ बस्ने ८० वर्षीय वृद्ध देवीबहादुर अधिकारीलाई सोही स्थानमा रहेको मनकामना सामुदायिक वनमा जंगली हात्तीले आक्रमण गरेको थियो ।
महानगरले बाँड्यो करोडौँ रकम
अनावश्यक खर्च कटौतीलाई मुख्य कार्ययोजना बनाएको बताउने विराटनगर महानगरपालिकाले राजनीतिक दलका दिवङ्गत नेताहरूका नाममा खोलिएका संस्थाहरूलाई करोडौँ बजेट छुट्याएको छ। महानगरपालिकाले सङ्घसंस्थाहरूलाई करोडौँ रुपियाँ अनुदान दिने परम्परालाई कायम राखेको छ। महानगरको कार्यभार सम्हालेलगत्तै प्रमुख नागेश कोइरालाले भन्नुभएको थियो, “सङ्घसंस्थालाई दिने अनुदानमा व्यापक कटौती गर्ने तयारी गरेको छु र अनावश्यक खर्च कटौती गर्ने मेरो योजना छ।” तर असार १० गते नगर सभामा पेस गरेको बजेटको भर्खरै प्रकाशित विस्तृत विवरणमा विगतमा झैँ यस पटक पनि व्यापक अनुदान रकम विनियोजन गरेको पाइएको छ।
ताप्लेजुङबाट माओवादीले पठायो प्रत्यक्षतर्फ उम्मेदवारको नाम
नेकपा (माओवादी केन्द्र) ताप्लेजुङले आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आफ्ना उम्मेदवारको नाम सिफारिस गरेको छ। माओवादी केन्द्र ताप्लेजुङले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्नेहरुको नाम सिफारिस गरेको हो।
सप्तकोसी पीडितद्वारा मुआब्जा र क्षतिपूर्ति माग
सुनसरीको वराह क्षेत्र नगरपालिकाका सप्तकोसी डुबान कटान पीडित सङ्घर्ष समितिले मुआब्जा र क्षतिपुर्तीको माग गरेका छन्। सप्तकोसी नदीले २०२२ सालदेखि पटक–पटक आफूहरूलाई विस्थापित बनाएको र भारत सरकारले निर्माण गरेको कोसी ब्यारेजका कारण सप्तकोसी नदीले उत्तरी क्षेत्र डुबान र कटान गरेका घर जग्गाको मुआब्जा र क्षतिपुर्तीको व्यवस्था गर्नुपर्ने, डुबान कटानले हालसम्म बालीनाली, घर गोठ तथा भौतिक संरचनाको समेत क्षतीपुर्ती दिनुपर्ने माग गर्दै पीडित सङ्घर्ष समितिले विभिन्न निकायमा ज्ञापनपत्र र मागपत्र बुझाउँदै आएको समितिका अध्यक्ष प्रल्हाद थापाले जानकारी दिनुभयो।
स्वर्णान्तरालले मनायो ६८ औं वार्षिकोत्सव
ओखलढुंगा जिल्लाको मानेभन्ज्याङ गाउँपालिका वडा ७ टोक्सेलमा रहेको श्री स्वर्णान्तराल आधारभूत विद्यालयले ६८ औं वार्षिकोत्सव मनाएको छ ।
माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान
ताप्लेजुङमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई सम्मान गरिएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई माओवादी केन्द्र ताप्लेजुङले सम्मान गरेको हो ।
नेपालका लागि भारत असल छिमेकी
सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने वराह क्षेत्र नगरपालिका–६ चक्रघट्टीमा भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको महेन्द्र माध्यमिक विद्यालयको नेपाल–भारत मैत्री भवन उद्घाटन भएको छ । भारतले असल छिमेकी मित्र राष्ट्रको हिसाबले महेन्द्र माविका लागि दुई करोड २१ लाख रुपियाँको लागतमा निर्माण गरिदिएको १६ कोठाको भवन उद्घाटन गरिएको हो ।
भाटाले बारिएको कोठामा पठनपाठन
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित भण्डारी डाँडामा सञ्चालित जनता माध्यमिक विद्यालयमा बाँसको भाटाले बारिएको कक्षाकोठामा पठनपाठन चलिरहेको छ। भवन निर्माण नगरी विद्यालय स्थानान्तरण गर्दा जस्तापाताको छानो लगाएर वरिपरि बाँसको भाटाले बारेर पठनपाठन गर्दा समस्या भएको शिक्षक, विद्यार्थी र अभिभावकले बताउनुभएको छ।
अरिङ्गाल झार्ने क्रममा एक युवकको मृत्यु
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा अरिङ्गाल झार्ने क्रममा रुखबाट झरेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङका २८ वर्षीय खेमराज बर्देवा रहेका छन् ।
फेसबुकमा ‘मेयर उपमेयर हराएको’ भन्दै भ्रम फैलाउने पक्राउ
सामाजिक संजालमार्फत बिर्तामोडको मेयर र उपमेयर हराएको भन्दै गलत खबर फेसबुकमा पोष्ट गर्ने एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
योगमाया आयुर्वेद विश्वविद्यालयकाे जग्गा खरिद सुरु
‘योगमाया आयुर्वेद विश्वविद्यालय’ निर्माणका लागि दुई सय रोपनीभन्दा बढी जग्गा प्राप्त भएको छ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ ढुङ्गाविसौना र षडानन्द नगरपालिका–६ बट्टार क्षेत्रबाट दुई सय रोपनी नौ आना तीन पैसा दुई दाम जग्गा विश्वविद्यालयको नाममा स्थानीयले पास गरिदिएका छन् ।
सुविधाभन्दा हिलो र धुलो धेरै
दुई दशक यताको तथ्याङ्क हेर्ने हो भने धनकुटा जिल्लामा करिब एक हजार पाँच सय किलोमिटरभन्दा बढी सडक खनिएको छ। धनकुटाका गाउँगाउँ मात्र नभई टोलटोलसम्म सडक पुगेको छ तर सडकको स्तरोन्नति हुन नसक्दा बर्खामा हिलो त हिउँदमा धुलो हुँदा सडक सञ्चालनमा निक्कै समस्या हुने गरेको छ। ट्रयाक खोलिएका सडक मात्र नभई ठूला र महत्वपूर्ण सडकको समस्या यही छ। हिउँदमा जसोतसो सञ्चालनमा आउने सडक बर्खामा भने प्रायः बन्द हुने गरेका छन्। यसरी सञ्चालन हुने सडकमा समेत यात्रुले निक्कै सास्ती भोग्नु परेको छ। बिरामी पर्दा एम्बुलेन्स सञ्चालन गर्न, गाउँसम्म दैनिक उपभोग्य सामग्री पु-याउन तथा गाउँमा उत्पादित कृषिजन्य उत्पादन बजारसम्म पु-याउन मद्दत पुग्ने भनेर खनिएका यी सडकमा अहिले ओहोरदोहोर गर्न समस्या भएको स्थानीयको भनाइ छ। एम्बुलेन्स पनि सहज रूपमा सञ्चालनमा आउन नसक्ने भएकाले बिरामी र सुत्केरीलाई अस्पतालसम्म पु-याउन समस्या हुने गरेको धनकुटाको साँगुरीगढी गाउँपालिका–५ का स्थानीय छत्र याख्खाको भनाइ छ।
‘थप बिजुली बेच्न सके व्यापार घाटा कम’
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी दस वर्षमा नेपाल विकसित मुलुक बन्न सक्ने बताउनुभएको छ। शनिबार धरानमा आयोजित नेपाल प्रहरी विद्यालयको नवनिर्मित विद्यालय र छात्रावास भवनको उद्घाटन समारोहमा मन्त्री कार्कीले सो धारणा व्यक्त गर्नुभएको हो। भारत सरकारको सहयोगमा निर्माण गरिएको भवन उद्घाटन गर्दै उहाँले भन्नुभयो, “मित्रराष्ट्रबाट निरन्तर सहयोग प्राप्त भइरहेको अवस्थामा आगामी दस वर्षमा नेपाल दक्षिण एसियामा एउटा विकसित राष्ट्र बन्नेमा मैले विश्वास लिएको छु।” जलस्रोतमा धनी नेपालले भारतलाई १५ हजार मेगावाट विद्युत् बिक्री गर्न सके त्यसबाट मुलुकले ५०/६० अर्ब रुपियाँ प्राप्त गर्न सक्ने र भारतसँगको व्यापार घाटा कम गर्न सकिने बताउनुभयो।
हात्तीको आक्रमणमा दुई जना घाइते
विर्तामोड समाचारदाताविर्तामोड, भदौ ११ गते। झापामा जंगली हात्तीको आक्रमणमा परी दुई जना घाइते भएका छन्। झापा हल्दिवारी गाउँपालिक-२ मा शनिवार बिहान साढे ४ बजेको समयमा हिँड्दै गरेका स्थानीय ४९ वर्षीय कारसिंह राजवंशी र उनका छोरा नरेन्द्र राजवंशी हात्तीको आक्रमणमा परेर घाइते हुनुभएको हो। बिहानको समयमा मर्निङ वाकमा निस्केको अवस्थामा हात्तीसँग जम्काभेट हुन पुग्दा बाबुछोरालाई ४ वटाको सङ्ख्यामा रहेको हात्तीको बथानले लखेटेर आक्रमण गरेको थियो। घाइतेद्वयको हाल मेची प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। हात्तीको समूहले एउटा पसलमा पनि क्षतिपुर्याएको छ।
सबैको जित हुनेगरी सहमति : सहमहामन्त्री आङदेम्वे
नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेले २०७४ को प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फबाट प्राप्त मतलाई आधार मानेर गठबन्धन दलले आसन्न निर्वाचनका लागि सिट बाँडफाँटको गृहकार्य गरिरहेको बताउनुभएको छ । सबैको जित हुनेगरी गठबन्धन दलबीच सहमति हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
सुविधासम्पन्न ब्याडमिन्टन हल निर्माण हुने
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा जिल्लामै पहिलो ब्याडमिन्टन हल निर्माण हुने भएको छ । मिक्वाखोला गाउँपालिका केन्द्र साँबा थलङमा सुविधा सम्पन्न ब्याडमिन्टन हल निर्माण हुने भएको हो ।
बाढीपहिरोबाट विस्थापितलाई पुनःस्थापना गर्न सिफारिस
ताप्लेजुङस्थित जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपहिरोबाट विस्थापित भएका परिवारलाई पुनःस्थापनाका लागि सिफारिस गरेको छ । समितिले सिरिजङ्घा र सिदिङ्वा गाउँपालिकाका १५२ घरधुरीलाई पुनःस्थापनाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसमक्ष सिफारिस गरेको हो ।
श्रीमानको छुरा प्रहारबाट श्रीमतीको मृत्यु
झापा गाउँपालिका–६ चन्द्रबस्तीमा श्रीमानको छुरा प्रहारबाट श्रीमतीको घटनास्थलमै ज्यान गएको छ । शुक्रबार राति ४६ वर्षीय नाइके हस्ताले ४० वर्षीया श्रीमती तालामई हस्तालाई छुरा प्रहार गरेका हुन् ।
सुम्निमा र पारुहाङको प्रतिमा
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीस्थित पर्यटकीयस्थल मैस्याङ्टारमा स्थापना गरिएको किराँती पुर्खा सुम्निमा र पारुहाङको प्रतिमा ।
फुङ्लिङका होटलमा क्याबिन राख्न प्रतिबन्ध
ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकाभित्र सञ्चालनमा रहेका होटलमा क्याबिन राख्न प्रतिवन्ध गरिएको छ । जिल्लामा अवाञ्छित गतिविधि मौलाउँदै गएसँगै सुरक्षा चुनौती पनि बढ्दै गएको निस्कर्षसहित होटलहरुमा क्याविन राख्न प्रतिवन्ध गरिने भएको हो ।
दुर्गमका विद्यार्थीलाई झोला प्रदान
ताप्लेजुङमा कार्यरत इन्जिनियरहरुले विद्यार्थीलाई झोला (स्कूल ब्याग) प्रदान गरेका छन् । जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमको दुईवटा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई इन्जिनियरहरुले झोला प्रदान गरेका हुन् ।
आवश्यकताका आधारमा योजना छनोट गरिने
प्रदेश १ सरकारका सडक पूर्वाधार तथा सहरी विकासमन्त्री हिमाल कार्कीले अब पहुँचको आधारमा नभएर आवश्यकताका आधारमा स्थानीय तहसँग समन्वय गरेर मात्रै विकास निर्माणका योजना छनोट गरिने बताउनुभएको छ। सङ्घ, प्रदेश र स्थानीय तहबीचमा आपसी सहकार्य र समन्वय नहुँदा एउटै कामका लागि तीनतिर बजेट विनियोजन हुन सक्ने र त्यसो हुँदा अन्य कतिपय महŒवपूर्ण काममा रकम अभाव हुने समस्या उत्पन्न हुने गरेकाले प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरेर योजनालाई अगाडि बढाउने नीति अगाडि सारेको मन्त्री कार्कीले बताउनुभएको छ। उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–५ स्थित देउरी खोलाको मोटरेबल पक्की पुलको बिहीबार उद्घाटन गर्दै मन्त्री कार्कीले आफूहरू धेरै बोल्नेभन्दा पनि काम गरेर देखाउने बताउनुभयो।
आठ वर्षमा बन्यो पुल
करिब आठ वर्षमा मोलुङ खोलाको मान्द्रे दोभानमा मोटरेबल पुल बनेको छ। मोलुङ गाउँपालिका र सुनकोसी गाउँपालिकालाई जोड्ने उक्त पुलको निर्माण कार्य आठ वर्षमा सकिएको हो। १८ महिनामा काम सम्पन्न गर्ने गरी २०७० असार ३० गते उक्त पुलको ठेक्का लगाइएको थियो। भ्याटसहित तीन करोड ७५ लाख ५६ हजार ७७८ रुपियाँमा राजेन्द्र–लोकप्रिय जेभी धापासी काठमाडौँले ८० मिटर लामो पुल निर्माणको जिम्मा पाएको थियो। २०७८ चैत २८ गते पुलको निर्माण कार्य सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ। पुल बनेपछि जिल्लाको पश्चिमी क्षेत्रका सुनकोसी, चम्पादेवी, लिखु गाउँपालिका हुँदै रामेछाप जिल्लासँग ओखलढुङ्गा सदरमुकामदेखि सीधा यातायात सञ्चालन गर्न सकिने भएको छ।
सङ्खुवासभामा पहिरोबाट विस्थापितलाई जग्गा
सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका पहिरोबाट विस्थापित परिवारलाई जग्गा हस्तान्तरण गरिएको छ । गत २०७७ असार २७ गते राति गएको पहिरोबाट सिलिचोङ–१ बेसिन्दाका ९२ परिवार विस्थापित भएका थिए । विस्थापितमध्ये ५५ परिवारलाई खाँदबारी नगरपालिका–७ मा जग्गा हस्तान्तरण गरिएको हो ।