• १२ असोज २०८१, शनिबार

खोटाङमा एक मतदान स्थलका सबै कर्मचारी महिला

blog

मतदानस्थलमा सबै कर्मचारी महिला ।

राजकुमार भट्टराई 

खोटाङ, मङ्सिर ३ गते । प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि खोटाङको एक मतदान स्थलमा महिला कर्मचारीहरु मात्रै खटिएका छन् । मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी सबै महिला नै  हुन् । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालय ‘ख’ मतदान स्थलको मतदान अधिकृत शर्मिला राई, सहायक मतदान अधिकृत इरन राई, सहायक कर्मचारी अरुणा बानियाँ, कल्पना पोखरेल, देवी राई, सविता ढकाल, सीता यादव र सहयोग कर्मचारी सरस्वती दाहाल गरेर सबै कर्मचारी महिला खटिनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यस्तै, जिल्लाका १५ मतदान स्थलका मदतान अधिकृत महिला रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले बताउनुभयो । 

खोटाङमा निर्वाचनका लागि १५ सय ५८ कर्मचारी र करिब १८ सय सुरक्षाकर्मी मतदान स्थलमा खटिएका छन् । जिल्लामा १३६ मतदान स्थल, १९४ मतदान केन्द्र र दुई वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । यस निर्वाचनमा एक लाख ४२ हजार ७९२ मतदाताले मताधिकार उपयोग गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।