- गोरखापत्र अनलाइन
- २९ वैशाख २०८१, शनिबार
चीनले गरेका हरेक प्रयास व्यावहारिक देखिन्छन् । उनीहरूले जुन विधि र पद्धति अपनाएका छन्, ती अनुकरणीय छन् । खास गरी कृषि र उद्योगमा चीनसँग नेपालले सहकार्य गर्नुपर्ने आवश्यकता बोध हुन्छ । तसर्थ पनि चीनको आधुनिक पथ हाम्रा लागि अनुकरणीय छ ।नेकपा (माओवादी केन्द्र) को तिस सदस्यीय प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिस्ट पार्टीको वैदेशिक विभागको आमन्त्रणमा हालै चीनको अध्ययन भ्रमण गर्यो । चिनियाँ प्रतिनिधि र नेपाली प्रतिनिधिमण्डलबिच चीनको राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थिति, वर्तमान विदेश सम्बन्धको स्थिति, सी चिनफिङ विचार, आर्थिक र भौतिक विकास योजना र चिनियाँ विशेषताको समाजवादका बारेमा छलफल भयो । समाजवादको अभ्यास, चीनले पूरा गरेको गरिबी निवारणको योजना, शिक्षा, यातायात र कृषि विकास, मेसिनरी र यन्त्र उत्पादन, सिपिसीको भावी लक्ष्य, चीनले हासिल गरेको अन्तरिक्ष प्रविधि, नेपाल र चीनबिचको ऐतिहासिक, सांस्कृतिक तथा राजनीतिक सम्बन्धमा पनि खुलेर बहस भयो । नेपालको विकासमा सहकार्य र बिआरआई परियोजना, नेपालसितको सहकार्यमा नेपालमा औद्योगिक विकासको सम्भावना, दुई देशका कम्युनिस्ट पार्टीबिचको सम्बन्धको विकास गर्नेबारे छलफल भए । अध्ययन, भ्रमण र अवलोकनले महìवपूर्ण उपलब्धि र शिक्षा प्रदान गरेको अनुभूति भएको छ । नेपाली प्रतिनिधिमण्डलका नेता माओवादी केन्द्रका महासचिव देव गुरुङ हुनुहुन्थ्यो भने पङ्क्तिकार पनि भ्रमण दलमा सामेल थियो । राजनीति-विचारयस भ्रमणले चीन आज पनि माओ विचार, शिक्षा र माओका योगदानलाई सान्दर्भिक र सम्मानित रूपमा अनुकरण गरिरहेको देखिन्छ । मुख्यतः नयाँ चीन (क्रान्तिपछिको चीन) ले मुख्य नायक माओसहित देङ सियाओ पिङ र सी चिनफिङका त्रिआयामिक विचारलाई चिनियाँ विकासका तीन मोड र तीन मेरुदण्ड मानेको पाइयो । माओले क्रान्तिपछिको नेतृत्व गर्दै राजनीतिक, वैचारिक, सामाजिक, सांस्कृतिक साथै व्यवस्था नै परिवर्तन गर्न भूमिका निर्वाह गरेको, देङले आर्थिक रूपान्तरणको नयाँ नमुना दिई नेतृत्व गरेको र सीले वर्गीय विभेद हटाउने समाजवादी पद्धति, अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ गति, साम्राज्यवादी हस्तक्षेप र षड्यन्त्रविरुद्धको नयाँ नीति, चीनको समग्र विकासको योजना, बन्द ढोका खोल्ने नीति अवलम्बन गरेको चिनियाँको अनुभवबाट जानकारी प्राप्त भयो । आर्थिक, सामाजिक, सांस्कृतिक विकास, अन्तरिक्ष विज्ञानमा पहुँचको तीव्रता, गरिबीविरुद्ध अभियानमा सीको वैचारिक योगदान महत्वपूर्ण छ । सीले राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता र अखण्ड चीनको राष्ट्रवादी विचारलाई ध्यान पुर्याउँदै चीनको एकतालाई अझ मजबुत पार्ने दृष्टिकोण राखेको पाइयो । ताइवान, हङकङ, मकाउ, तिब्बत, सेचुवान (उइगुर क्षेत्र), इनर मङ्गोलियाविरुद्ध भइरहेका षड्यन्त्रविरुद्ध चीन सचेत देखिन्छ । यो पाठ सीले रुस विघटनबाट सिकेको पाइयो । चीन आफूमाथि आइलाग्नेलाई नछोड्ने नीतिमा दृढ छ । यो नै चिनियाँ विशेषतासहितको समाजवादको योे एउटा पक्ष हो ।अर्थव्यवस्था चीन विश्वकै धनी र विकसित देशमध्ये एक हो । उसको अर्थव्यवस्था सफल हुँदै गएको मानिन्छ । चीनले भौतिक पूर्वाधारलाई सबै प्रान्त, क्षेत्र, गाउँ, बस्तीसम्म पुर्याउने योजना र लक्ष्य अनुसार निरन्तर तीव्रगतिमा रहेको स्पष्ट देखिन्छ । यातायात, सञ्चार, कलकारखाना, उद्योग, व्यापार, व्यवसाय आदि प्रवर्धनमा अहिले गाउँलाई पनि महìव र जोड दिइएको देखिन्छ । आर्थिक समुन्नतिमा विश्वकै दोस्रो ठुलो अर्थव्यवस्था बन्न पुगेको चीन कमजोर र गरिब मुलुकको पनि आर्थिक समुन्नतिमा सहयोगी बन्दै गएको छ । विश्व मानवता, शान्ति र समानताका लागि आवाज उठाइरहेको तथा अविचल रहेको पाइयो । यसले विकास, निर्माण, उत्पादन, श्रम सुव्यवस्था र सुशासनमा पनि ध्यान दिइरहेको छ । मिश्रित अर्थव्यवस्था र एक देश दुई पद्धति अँगालेको चीनले ठुलाठुला व्यापारिक समूह, उत्पादन कम्पनी, सहकारीकरण, सरकारी र निजी साझेदारी, समानुपातिक आर्थिक वितरण, गरिब, विपन्न, कमजोर क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिएको रहेछ । ठाउँठाउँमा पिपिपी मोडेलको अर्थव्यवस्था पनि लागु गरिरहेको छ । एक देश दुई व्यवस्था अनुरूप राज्य सञ्चालन गरिरहेको चीन आर्थिक पद्धतिमा नै परिवर्तन गर्दै खुला बजारलाई पनि स्थान दिइरहेको छ । तीव्र गतिको रेलको विकासले अर्थतन्त्र र प्रविधिलाई झन् झन् सहज तुल्याएको रहेछ भने अनुसन्धान, खोज, अन्वेषण, आविष्कारमा दिइएको छ । कृषि पद्धति-नीति चीनको कृषि प्रणाली विकसित छ । थोरै जमिनबाट धेरै उत्पादन गर्ने, उन्नत जातका बिउबिजन आविष्कार गर्ने, यान्त्रीकरण र उच्चस्तरीय कृषिसामग्री प्रयोग गर्ने, जैविक श्रमशक्तिलाई क्रमशः यान्त्रिक शक्तिद्वारा विस्थापन गर्ने, कृषि पद्धतिलाई सरलीकरण गर्ने, चक्ला प्रथा, सामूहिक खेती र सहकारीमार्फत खेती गर्ने प्रचलन रहेछ । कृषि व्यवसायीकरण र सर्वसुलभ कृषि सामग्री, उन्नत बिउबिजन तथा उन्नत कृषि प्रविधि उपलब्ध गराएको तथा कृषि अनुसन्धान केन्द्रलाई विभिन्न ठाउँमा व्यापक बनाउने नीति लिएको रहेछ । विशेष अन्नबाली, फलफूल, तरकारी, पशुपालन, चिया बगान, जडीबुटीका विशेष क्षेत्र निर्धारण र तिनमा सम्पूर्ण साधन–सुविधा, उद्योगको व्यवस्था, व्यवसाय–व्यापार केन्द्रको व्यवस्था गरिएको रहेछ । कृषि प्रयोगशाला, रोग अनुसन्धान र उपचार व्यवस्था, कृषि उद्योग तथा कृषि प्रशोधन केन्द्रको स्थापना, कृषिविज्ञहरूको व्यवस्था आदि गर्दै वैज्ञानिक ढङ्ग र विधिको प्रयोग गरिएको रहेछ । हरेक क्षेत्रमा जमिनलाई कृषि, वन, चरन, आवास, उद्योग, शिक्षा आदि तोकेर कृषि उत्पादन हुने क्षेत्रलाई मास्न नपाउने नियम लागु गरिएको छ । आधुनिक र वैज्ञानिक खेती प्रणालीमा सकेसम्म नियमित सिँचाइ पु¥याउन विशेष जोड दिइएको छ । ठाउँठाउँमा ठुलाठुला सिँचाइका लागि पोखरी, ताल, जलाशय, जलाधार बनाई, बर्खे पानी सङ्कलन र भण्डारण गर्दै कुलो सिँचाइ, पाइप सिँचाइ, थोपा सिँचाइद्वारा किसानलाई नियमित सिँचाइ सुविधा उपलब्ध गर्ने व्यवस्थापन मिलाइएको छ । खाद्यान्नमा ‘हाई ब्रिड’ को विकास र अनुसन्धानले छिटोछिटो खेती पाक्ने र वर्षमा चार पटकसम्म खेती लगाउनेसमेत गरिएको रहेछ । एउटै मकैको बोटमा छवटा घोगा लाग्ने, एउटै धानको गाँजमा एक माना धान फल्ने, एउटै फूलको बोटमा फरक रङका फूल फुल्ने, एउटै फलको बोटमा फरक फलफूल फल्ने आदिसमेत गरेको देखियो । कलमे विधिले गमलामा पनि सानासाना बोटमा फलफूल फलाइँदो रहेछ । फूलको व्यावसायिक खेती र विश्वव्यापी निर्यात मात्रले वर्षमा अर्बौं युआन भित्रिएको छ । कृषि विश्वविद्यालयलाई यन्त्र विकास, प्रयोगशाला, अन्वेषण केन्द्रका रूपमा विकास गरेर रिमोट–कृषियन्त्र, विषादि छर्ने मेसिन, शक्तिशाली पम्प, हाते हलो, धान काट्ने, मकै छोडाउने, खेती गोडमेल गर्ने यन्त्र पनि उत्पादन गर्ने स्थान बनाइएको छ । पर्यटन हरेक प्राकृतिक स्थललाई कुनै न कुनै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने, त्यसको भौतिक सौन्दर्यीकरण गर्ने, नयाँ नयाँ पर्यटन स्थल निर्माण गर्ने र यसरी पर्यटन केन्द्रहरूको व्यापकता सिर्जना गर्ने काम पनि वर्तमान चीनको विशेषता रहेको देखिएको छ । प्राकृतिक भौगोलिक रूपलाई मासेर वा बिगारेर पूर्वाधार विकास गरिएको छैन । माओको जन्मस्थलको पुराताìिवक प्राचीनतालाई यथावत् राखेर नै पर्यटन स्थलको विकास गरिएको रहेछ । युनान प्रान्तको झिजिन गुफाको चित्ताकर्षक बनोट र परिमार्जित अवस्था हेर्दा पर्यटनलाई कति महìव दिइएको रहेछ भन्ने स्पष्ट हुन्छ । यसको तिलस्मी सौन्दर्य मनमोहक छ । पार्क र व्यवस्थित पारिएका कृषि उत्पादन एकाइ पनि पर्यटक अवलोकन केन्द्र बनेका छन् । बार म्युजियम, वनस्पति म्युजियम, ऐतिहासिक स्थल, पुरातात्विक स्थल, तियानमेन चोक, ग्रेट हल अफ द पिपुल, अरनिको ग्राम, पुरानो चीनको जेल म्युजियम, डाटा प्रदर्शनी स्थल, कृषि म्युजियम र प्रदर्शनी स्थल, ठुला ठुला उद्यान र बगान निर्माण, विकास, संरक्षण गरी पर्यटनमा प्रगति गरिएको रहेछ । विशाल भौतिक संरचना, तिनको आकर्षक बनोट, विशिष्ट प्रकारको शैली, कलात्मक रूप रचना आदिले ती ठाउँ पनि दर्शनीय पर्यटक स्थल बनेका रहेछन् । ‘जनताको सेवा गर’, ‘तथ्यबाट सत्य पत्ता लगाऊ’, ‘परिश्रमबाट आत्मनिर्भरता’, ‘एक चीन एक सम्बन्ध’ जस्ता नारालाई विशाल ढुङ्गामा कोपेर सजाइएको छ । ढुङ्गै ढुङ्गा भएको चट्टानी थुम्के डाँडालाई ढुङ्गे बगैँचामा विकास गरिएको छ । यातायात र विशाल संरचना यातायात सुविधालाई आधारभूत र अनिवार्य पूर्वाधारका रूपमा लिइएको रहेछ । फलस्वरूप ठुला ठुला छ लेनदेखि दस लेनसम्मका राष्ट्रिय राजमार्ग बनाइएको छ । ठुला ठुला विशाल भौतिक संरचना, अग्ला अग्ला खम्बा भएका (तीन सय मिटरसम्म अग्ला) पुल, पुलमाथि पुल, घुमाउरा र आकर्षक पुल, सत्तरी तलासम्मका प्रत्येक बजार क्षेत्रमा दर्जनौँ घर, यत्रतत्र सुरुङ मार्ग निर्माण, आठ सय किमीमा ७५ प्रतिशत बाटो सुरुङ नै छ । गाउँ गाउँसम्म कृषि मार्ग पुगेको छ । अन्तरप्रादेशिक मार्ग दस लेनसम्मका रहेछन् । ठुला सहर जोड्ने छ लेनका राजमार्ग तीन–तीन वटासम्म बनेका रहेछन् । लाखौँ किमी बाटो पनि सफा र सुग्घर राखिएको छ । तीव्रगतिको रेल लाइन जताततै बिच्छ्याइएको छ । भव्य र विशाल रेलवे स्टेसन बनेका छन् । हामी घुमेका सबै ठाउँमा आठ लेनका समानान्तर राजमार्ग बनेको पनि देखियो; जुन प्रशस्त चौडा पनि छन् । सबै क्षेत्रमा यातायातको पहुँच पु¥याइएको रहेछ । गाउँगाउँमा दर्जनौँ तले भवनले पर्यटकलाई निम्तो दिएको देखियो । यातायात क्षेत्र विकासको मुख्य र पहिलो आधार हो भन्ने नीति नै बनाइएको रहेछ ।उद्योग-कारखाना विकास हामीले सानी यन्त्र उद्योग भ्रमण ग¥यौँ । यो ठुलो क्षेत्रमा पैmलिएको रहेछ । जसमा यन्त्रशाला र प्रदर्शन केन्द्र पनि थिए । यसले जेसिबी, डोजर, लोडर, ड्रिलर, क्रेन, टनेल मेसिन, अत्यन्त शक्तिशाली पम्प, मोटर, ट्याक्टर, एकै पटक धेरै गाडी ओसार्ने ठुला ट्रक बनाउँछ । निर्यात पनि गर्दो रहेछ । हजारौँ टन संवहन गर्न सक्ने विशालकाय मोटर बनाइँदो रहेछ । यस्ता ठुला उद्योग देशैभरि हजारौँको सङ्ख्यामा बनेका रहेछन् । यन्त्र उद्योग, इलेक्ट्रोनिक उद्योग, व्यावसायिक उद्योग, कृषि उद्योग, खाद्य उद्योग आदि स्थानीय विशेषता अनुरूप ठाउँठाउँमा समानुपातिक र सन्तुलित रूपमा खोलिएको छ । यो ‘सानी’ उद्योगमा साना हवाई इन्जिन पनि बनाइँदो रहेछ । कैयौं यन्त्र त स्वचालित मेसिनबाट बिनामानिस नै बनाइँदो रहेछ । सरकारी, प्राइभेट समूह, साझा कम्पनी, सरकार र जनताको साझेदारीमा उद्योग खोलिएको रहेछ । जसले विश्वभरि आफ्ना उत्पादन पुर्याएका छन् । समाजवादी आधुनिकीकरण र गरिबी उन्मूलनतेस्रो विश्वका नेपाल जस्ता मुलुकले असम्भव ठानेका काम चीनले सम्भव बनाएको छ । समाजवादको आधुनिक रूपले अर्थतन्त्रको समानुपातिक वितरण, सन्तुलित औद्योगिक विकास, कृषि क्षेत्रमा विकास र प्रचुर उत्पादन गर्दै ‘गरिबी उन्मूलन’ सफल पारिएको पाइयो । यातायातको विस्तारले त्यसमा सहयोग गरेको छ । सहरीकरण र वर्गीय असमानता हटाउने, अन्तर्राष्ट्रिय सम्बन्ध र मित्रता विस्तार, बिआरआई परियोजना, विश्व मानवता, शान्ति र पर्यावरणमा पनि पूरा ध्यान पु¥याइएको रहेछ । विश्व साम्राज्यवाद र विस्तारवादको विरोध, स्वाधीन स्वाभिमानी आत्मनिर्भर समृद्ध चीन निर्माण, सरकारको जनताप्रतिको उत्तरदायित्वको पालना, भ्रष्टाचारविरुद्ध अभियान एवं कडा दण्ड विधानको व्यवस्था गरिएको छ । प्रशासनिक पद्धतिमा व्यापक सुधार र राष्ट्रिय अनुशासन, सामाजिकीकरण, जनसेवामा जोड, मिश्रित अर्थव्यवस्था जस्ता विशेषता सामाजवादको आधुनिकीकरणका विशेषता रहेको पाइयो । जसबाट गरिब बस्तीहरूमा गरिबी निवारणका प्याकेज लिएर सरकार गाउँमा पुग्ने गर्छ । माछा खान दिनेभन्दा माछा मार्न सिकाउने नीति गरिबी उन्मूलनको दिगो आधार बनाइएको र अशक्त, कमजोर, अपाङ्ग, दीर्घरोगीलाई सरकारले जीविका–भत्ता प्रदान गरिरहेको छ । सबै जनताको आवास, खाद्यान्न, पोसाक, स्वास्थ्योपचार, कृषि उत्पादन, शिक्षामा समानता ल्याउन जोड दिइएको छ । शिक्षाचीनमा वैज्ञानिक प्राविधिक उपयोगी शिक्षाका साथै कृषि शिक्षालाई पनि उत्तिकै महìव दिइएको छ । प्रायोगिक र व्यावहारिक शिक्षामा जोड दिइएको छ । खोज, अनुसन्धान, आविष्कार, अन्वेषणमूलक शिक्षाका केन्द्र बनाइएको रहेछ । माओले अध्ययन गरेको प्राचीन पेकिङ विश्वविद्यालयलाई आधुनिक विश्वविद्यालयमा रूपान्तरण गरी सञ्चालन गरिएको छ भने शिक्षालाई सर्वसुलभ बनाइएको रहेछ । शिक्षाले मात्र गरिबी हटाई देशलाई आत्मनिर्भर बनाउन सक्छ भन्ने धारणा बनाइएको छ । शिक्षा र ज्ञानलाई गाउँगाउँसम्म पु¥याउन र जनतालाई सचेत र जागरुक बनाउन नै यसो गरिएको रहेछ । कृषि शिक्षा, प्रविधि शिक्षा, प्रयोगमूलक शिक्षा, व्यावहारिक शिक्षा, खोजमूलक शिक्षा, ऐतिहासिक शिक्षा, आधुनिक शिक्षालाई व्यापक विस्तार गरिएको छ । विद्यार्थी पढाइ सकेर निस्कँदा उसको हातमा सिप, दक्षता, क्षमता, विशेषज्ञता, प्राविधिक यन्त्र शिक्षाको योग्यता लिएर निस्किऊन् र स्वरोजगारी, स्वव्यवसाय गर्न सक्ने आत्मनिर्भर बनून् भन्नेमा जोड दिइएको छ । ‘शिक्षा सबैलाई’ भन्ने नारा बनाइएको छ । चीनले गरेका हरेक प्रयास व्यावहारिक देखिन्छन् । उनीहरूले जुन विधि र पद्धति अपनाएका छन्, ती अनुकरणीय छन् । खास गरी कृषि र उद्योगमा चीनसँग नेपालले सहकार्य गर्नुपर्ने आवश्यकता बोध हुन्छ । तसर्थ पनि चीनको आधुनिक पथ हाम्रा लागि अनुकरणीय छ ।