इजरायल र हिजबुल्लाहद्वारा द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रस्तावको स्वीकार
अमेरिकी राष्ट्रपति जो बाइडेनले लेबनानी र इजरायलका प्रधानमन्त्रीसँग कुरा गरेको जनाउँदै उनीहरुले द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रस्तावलाई स्वीकार गरेको घेषणा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल एक्स मार्फत यस्तो जानकारी मुलक समाचार सम्प्रेषण गर्नु भएको हो ।
श्रीलङ्कामा प्रतिकूल मौसमका कारण ८२ हजारभन्दा बढी प्रभावित
श्रीलङ्कामा खराब मौसमका कारण ८२ हजारभन्दा बढी मानिस प्रभावित हुनुका साथै एक जनाको मृत्यु भएको एक अधिकारीले बुधबार बताएका छन् ।
युक्रेन सङ्कटको कूटनीतिक सम्झौता तत्काल असम्भव : रूसी विदेशमन्त्री
युद्धको स्थिति बढ्दै गएको उल्लेख गर्दै रूसी विदेश मन्त्री सर्गेई लावरोभले युक्रेन सङ्कटको कूटनीतिक समाधान तत्काल सम्भव नहुने बताउनु भएको छ ।
इन्डोनेसियामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २० पुग्यो
इन्डोनेसियाको सुमात्रा टापुका चार प्रान्तमा बाढी र पहिरोको प्रभावबाट ज्यान गुमाउनेको सङ्ख्या २० जना पुगेको जनाइएको छ ।
लेबनानसँगको युद्धविराम अस्वीकार गर्ने इजरायलसँग कुनै बहाना छैन : युरोपियन युनियन
फ्रान्स र अमेरिकाको मध्यस्थतामा प्रस्तावित लेबनानसँगको युद्धविराम अस्वीकार गर्ने इजरायलसँग कुनै बाहाना तथा कारण नभएको युरोपियन युनियनका विदेश नीति प्रमुख जोसेप बोरेलले मङ्गगलबार बताउनु भएको छ ।
विश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११२ वर्षको उमेरमा निधन
विश्वका सबैभन्दा वृद्ध व्यक्ति, बेलायती जोन टिनिसवुडको ११२ वर्षको उमेरमा उत्तरपश्चिम इङ्गल्यान्डको साउथपोर्टमा रहेको केयर होममा निधन भएको गिनिज वर्ल्ड रेकर्डले मङ्गलबार उहाँको परिवारलाई उदृत गर्दै बताएको छ ।
रुसले रातारात १८८ ड्रोन प्रक्षेपण गरेको युक्रेनको भनाइ
रुसले युक्रेनमा रातारात १८८ वटा ड्रोन प्रक्षेपण गरेको युक्रेनी सेनाले मङ्गलबार जनाएको छ। ड्रोन हमलाले युक्रेनी भवनहरू तथा “महत्त्वपूर्ण पूर्वाधारमा क्षति पुगेको सेनाले जनाएको छ।
पाकिस्तानमा भएकोे साम्प्रदायिक झडपमा ८८ जनाको मृत्यु
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा भएको साम्प्रदायिक झडपमा ज्यान गुमाउनेको सङ्ख्या बढेर ८८ जना पुगेको अस्पताल प्रशासनले जनाएको छ ।
सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्या : राष्ट्रसङ्घ
सन् २०२३ मा विश्वभर करिब ८५ हजार महिला तथा बालिकाको हत्या भएको राष्ट्रसङ्घले जनाएको छ । जसमा ६० प्रतिशत हत्या साथी तथा परिवारका सदस्यहरूद्वारा गरएिको उल्लेख गरिएको छ ।
उत्तरी क्षेत्रको बाढीले अफगानिस्तानको जीवन अस्तव्यस्त
अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा आएको बाढीले ठूलो धनजनको क्षति गरेको स्थानीय अधिकारीले बताएका छन्।
चीनले खाद्यान्नलाई खेर जान नदिने
चीनले सन् २०२७ को अन्त्यसम्ममा अझ सुदृढ दीर्घकालीन संयन्त्र स्थापना गर्ने लक्ष्यका साथ खाद्यान्नको क्षति र बर्बादी कम गर्न एक कार्य योजनाको घोषणा गरेको छ ।
विश्वमा हरेक १० मिनेटमा एक महिलाको मृत्यु हुने राष्ट्रसङ्घको भनाइ
सन् २०२३ मा विश्वमा हरेक १० मिनेटमा एक जना महिलाको साथी वा नातेदारबाट हत्या भएको संयुक्त राष्ट्रसङ्घीय निकायहरूद्वारा सार्वजनिक गरिएको छ ।
युक्रेनद्वारा रुसी तेल तथा ऊर्जा केन्द्रमा प्रहार
युक्रेनले सोमबार रुसी क्षेत्र कालुगाको इन्धन तथा ऊर्जा सुविधामा ड्रोन हमला गरेको युक्रेनी सैन्य गुप्तचरको स्रोतले जनाएको छ ।
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
उत्तरी अफगानिस्तानको बदख्सान प्रान्तको कोक्चा नदीमा यात्रुवाहक गाडी खसी दुर्घटनाग्रस्त हुँदा कम्तीमा छ जनाको मृत्यु भएको प्रान्तीय सूचना तथा संस्कृति विभागले विज्ञप्तिमार्फत जनाएको छ ।
लिथुआनियामा विमान दुर्घटना : एक जनाको मृत्यु
जर्मनीबाट लिथुआनियातर्फ उडेको डीएचएल कार्गो विमान सोमबार राजधानी भिल्नियसको विमानस्थल नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको अग्नि नियन्त्रकहरूले बताएका छन् ।
लेबनानमा भएको इजरायली हमलामा दर्जनौँको मृत्यु
लेबनानमा भएको इजरायली हमलममा दर्जनौं मानिसहरुको मृत्यु भएको जनाइएको छ । जसमा मध्ये बेरुतको बास्टा क्षेत्रको बहुमंजिला आवासीय भवनमा भएकोे हमलामा २९ जनाको मृत्यु भएको छ ।
इजरायलको जेलमा एघार हजारभन्दा बढी प्यालेस्टिनी
सन् २०२३ अक्टोबर ७ देखि इजरायलको जेलमा वेस्ट ब्याङ्क र जेरुसेलमका प्यालेस्टिनीहरूको सङ्ख्या बढेर एघार हजार आठ सयभन्दा बढी पुगेको छ । जसमा ४३५ जना महिला ७७५ बालबालिका र १३६ पत्रकारहरू रहेका छन् ।
मनिलामा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन
फिलिपिन्सको राजधानी मनिलाको एक आवासीय समुदायमा आइतबार भएको भीषण आगलागीमा परी कम्तीमा दुई हजार व्यक्ति घरविहीन भएका स्थानीय अधिकारीले बताएका छन्।
अस्ट्रेलिया सरकारले दुष्प्रचार र गलत सूचनासम्बन्धी प्रस्तावित विधेयक अघि नबढाउने
अस्ट्रेलिया सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई आफ्नो प्लेटफर्ममा दुष्प्रचार र गलत सूचनालाई नियमन गर्न बाध्य पार्ने प्रस्तावित कानुनहरू औपचारिक रूपमा खारेज गरेको छ ।
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तीन दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा कम्तीमा ८२ जनाको मृत्यु हुनुका साथै १५६ जना घाइते भएका एक स्थानीय अधिकारीले आइतबार बताएका छन् ।
जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु
जोर्डनको राजधानी अम्मानमा इजरायली दूतावास रहेको क्षेत्रमा आइतबार बिहान गोली चल्दा एक व्यक्तिको मृत्यु हुनुका साथै सुरक्षा सेवाका तीन सदस्य घाइते भएका छन् ।
कोप–२९ सम्मेलनः धनी देशले प्रतिवर्ष तीन सय अर्ब अमेरिकी डलर तिर्ने सहमति
दुई साता लामो वार्तापछि अन्तिम सम्झौतामा विकसित राष्ट्रहरूले सन् २०३५ सम्ममा विकासोन्मुख देशहरूलाई आफ्नो अर्थतन्त्रलाई हरित बनाउन र अझ खराब विपत्तिको सामना गर्न सहयोग गर्न प्रतिवर्ष कम्तीमा तीन सय अर्ब अमेरिकी डलर तिर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
नवीकरणीय ऊर्जामा जोड दिने टर्कीको घोषणा
टर्कीले नवीकरणीय उर्जामा जोड दिने बताएको छ । ऊर्जा फोरमको सञ्चालन गर्दै टर्कीले सो जानकारी गराएको हो ।
दक्षिणमा सेनाको उपस्थिति बलियो बनाउँछौँ : लेबनानी प्रधानमन्त्री
लेबनानका प्रधानमन्त्री नाजिब मिकातीले लेबनानी सेनाले दक्षिणमा आफ्नो सैन्य उपस्थितिलाई बलियो बनाउने तयारी गरिरहेको लेबनानी प्रधानमन्त्रीले बताउनुभएको छ ।